समाचार »

पाहुना टोली कञ्चनजंघाको खप्तड गोल्ड कपमा विजयी शुरुवात

धनगढी । पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रतियोगिताको उद्घाटन खेलमा सर्लाहीको बाग्मती फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै कञ्चनजंघा क्लब अन्तिम ८ मा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा कञ्चनजंघाले बागमतीलाई ४–२ गोल अन्तरले हरायो…

आइटीएफ डेविस र फेड कप खेल्न टेनिस खेलाडी इन्डोनेसियातर्फ

पोखरा । इन्डोनेसियाको जाकार्तामा फेब्रुअरीको २२ देखि २९ तारिखसम्म संचालन हुने डेविस तथा फेड कपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका नेपाली लन टेनिस टोली । नेपाली लन टेनिसका ६ सदस्यीय टोली शुक्रबार इन्डोनेसियातर्फ लागेका हुन् । टोलीमा ३ पुरुष र ३ महिला खेलाडी छन् । पुरुष खेलाडीमा निहालजंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायस्थ छन्…

मध्यनेपाललाई लमजुङको पालिकास्तरीय लिग भलिबल उपाधि

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाले लमजुङमा सम्पन्न दोस्रो पालिकास्तरीय लिग भलिबलको उपाधि हात पारेको छ । जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम बेसीशहरमा सम्पन्न पालिकास्तरीय भलिबल प्रतियोगितामा मध्यनेपालले फाइनलमा राइनास नगरपालिकालाई जितेर उपाधि हात पारेको हो । फाइनलमा मध्यनेपालले राइनास नगरपालिकामाथि २५–१९, २३–२५, २५–२१ र २५–१८ ले जित्दै पालिकास्तरीय भलिबलको उपाधि जितेको हो । उपाधिसँगै मध्यनेपालले…

सृजना कप छात्रछात्रा भलिबलको फाइनल समिकरण पूरा

पोखरा । पोखरामा जारी सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको उपाधिका लागि शनिबार छात्रतर्फ राष्ट्रिय मावि र वाराही मावि तथा छात्रातर्फ तालवाराही मावि र जनप्रिय मावि फाइनल भिड्ने भएका छन् । शुक्रबार भएको खेलमा जित हात पार्दै उनीहरुले उपाधि भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त शनिबार…

राखेप सदस्य–सचिव सिलवालद्वारा पीएन क्याम्पस खेल मैदानको अवलोकन

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवालले पोखराको पीएन क्याम्पसस्थित खेल मैदानको अवलोकन गरेका छन् । गण्डकी प्रदेशमा हुने अबको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सदस्य–सचिव सिलवाल यतिखेर पोखरास्थित खेलकुदको भौतिक संरचना निर्माणका लागि संभावित जमिनको अध्ययन, अवलोकन र निरीक्षणमा ब्यस्त छन् । २०४० सालमा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, हक्की, टेनिसलगायतका…

पोखरामा थप खेलकुदका संरचनाहरु बन्दै : सदस्य सचिव सिलवाल

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले पोखरामा थप खेलकुदका संरचनाहरु निर्माण हुने बताएका छन् । पोखरामा सुटिङ रेञ्ज, हिटिङ स्वीमिङ पुल, क्रिकेट ग्राउण्ड र गल्फका संरचनाहरु निर्माण हुने सदस्य सचिव सिलवालको भनाई थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले गण्डकी प्रदेशमा आगामी…

विश्व फिफा वरीयतामा नेपाल उही १७० औं स्थानमै

पोखरा । फिफा वरीयतामा नेपाल उही स्थानमा यथावत रहेको छ । नयाँ वरियतामा नेपाल १७० औं स्थानमा छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हालैमात्र सार्वजनिक गरेको वरीयतामा नेपालले सुधार गर्न सकेको छैन । नेपाली राष्ट्रिय फुटबल टोलीको विश्व वरीयतामा उही १७० औं स्थानमै रहेको छ । अघिल्लो महिना १७० औं स्थानमा रहेको नेपाल यस…

विभागीय एपीएफ दिदीबहिनी भलिबलको फाइनलमा

पोखरा । विभागीय एपीएफ क्लब पर्वतमा जारी दिदीबहिनी कप भलिबलको फाइनलमा पुगेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा न्यू–डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । एपीएफले न्यू–डायमण्डमाथि २५–९, २५–१५ र २५–१८ को सेटमा पराजित ग¥यो । प्रतिभा चोटका कारण कोर्ट बाहिर छन् । अब एपीएफले फाइनलमा नेपाल…

सृजना कप भलिबलको छात्रतर्फ क्वाटर फाइनल र छात्रातर्फ सेमिफाइनल समिकरण पूरा

पोखरा । पोखरामा जारी सृजना कप सामुदायीक मावि छात्रछात्रा भलिवल प्रतियोगिता अन्तर्गत छात्रतर्फ क्वाटरफाइनल समिकरण पूरा भएको छ । त्यस्तै, प्रतियोगिताको छात्रातर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगिता अन्तर्गत विहीबार भएको छात्रातर्फको क्वाटरफाइनल खेलमा जनप्रकाश माविले…

खप्तड गोल्डकप भोलीदेखि

पोखरा । चौथो संस्करणको सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप प्रतियोगिता शुक्रबार (भोली) देखि शुरु हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले बिहिबार धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ। शुक्रबार (भोली) देखि आगामी २० गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती क्लब सिराहा र कञ्चनजंघा फुटबल क्लब इन्डियाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दुई…