
सामाजिक सञ्जाल टिकटकले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर छलफल गर्न आग्रह गरेको छ। टिकटक प्रतिबन्धका सन्दर्भमा छलफल गर्न आग्रह गरेको हो। टिकटकले पत्रमा स्वनियमनका मान्यताअनुसार अघि बढ्ने प्रस्ट पारेको बताइएको छ। मन्त्रालयको अनुसार टिकटकले पत्रमार्फत आफ्नो टोली नेपालमा रहेको जनाउँदै छलफलमार्फत अघि बढ्न आग्रह गरेको हो। यसबारेमा सरकारले भने कुनै निर्णय गरेको छैन।…
सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटहरु ‘हेर्न नभ्याइने’मा परेका छन्। सर्वोच्चले १४ रिटमाथि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषय छलफल गर्न मंगलबार दुवै पक्षलाई बोलाएको थियो। न्यायाधीशहरु सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको सर्वोच्च प्रशासनले जनाएको छ। न्यायाधीश विनोद शर्माको इजलासले मंसीर…
प्रेस काउन्सिल नेपालले दर्ता र सूचीकरण नभई अफवाहपूर्ण सामग्री संप्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री संप्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल)…
विश्वकप फुटबलको एसियन छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २–० को हार खेपेको हो । पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा २ गोलको आत्मसाथ गर्यो । यमनको जितमा कप्तान ओमार अब्दुल्लाह अल धानीले दुबै गोल गरेर टोलीका लागि जित निकाले। खेलको ७१ औं मिनेटमा कप्तान ओमार…
सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइले कारण देखाउ आदेश जारी गरेको हो। टिकटक प्रतिवन्धको निर्णयविरुद्ध छुट्टाछुट्टै १३ वटा रिट निवेदन दर्ता भएका थिए। १२ वटा रिट…
भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको छ। भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौँ पटक विश्व कप उपाधि जितेको हो। भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पहिलो ३ विकेट ४७ रनमा गुमाए पनि ट्राभिस हेड र…
४ देशीय महिला टी–२० क्रिकेट शृंखलामा नेपालले जापानलाई ६७ रनले हराएको छ। हङकङमा आज (शनिबार) बिहान भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जापानलाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो। जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट बन्यो। नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा संगीता राईले ३ र पूजा महतोले २ विकेट लिइन्।…
टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भए को छ। अधिवक्ता दिनेश त्रिपाठीले कात्तिक २७ गतको मन्त्रिपरिषद बैठकले गरेको नेपालमा टिकटक बन्द गर्ने निर्णय बदर गराइँ पाउँ भन्दै रिट दायर गरेका हुन्। ‘नेपाल सरकारद्वारा टिकटकलाई प्रतिबन्धित गर्ने निर्णय बदर गरि पाउँ भनि मैले सर्वोच्च अदालतमा दर्ताका लागि रिट पेस गरेको छु’ त्रिपाठीले…
टिकटकले नेपालमा यसलाई प्रतिवन्ध गर्नुको खास कारण मागेको छ । कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिवन्ध लगाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले छोटो भिडियो प्लेटफर्म टिकटकलाई पत्र लेख्दै नेपालमा यसलाई प्रतिवन्ध गर्न आग्रह गरेको थियो। यता प्राधिकरणले मन्त्रिपरिषदको निर्णय भएको भोलीपल्टै नेपालमा संचालित आइएसपीहरुलाई पत्र…
सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई नेपालमा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ। मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ।…