
पोखरा महानगरपालिकाभित्र मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी तालिम सुरु गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले मुद्दा, मामिलामा जान पर्ने अवस्था आउन नदिनेगरी स्थानीय तहमा विवाद समाधान गर्न सके नागरिकलाई सहज हुने औंल्याए। उनले मेलमिलापकर्ताको कानूनी व्यवस्था भएको जनाउँदै मेलमिलापकर्ताले मध्यस्थकर्ताको भूमिका खेलेर विवाद समाधानमा भूमिका खेल्नुपर्नेमा…
प्रतिनिधि सभाका २७० सांसदले सपथ लिएका छन्। बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित समारोहमा नवनिर्वाचित सांसदहरुले सपथ लिएका हुन्। सांसदहरुले ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट सपथ लिएका हुन्। जबराले भने बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए। सपथ ग्रहणमा ४ सांसद अनुपस्थिति भएको संसद् सचिवालयले जनाएको छ। संसद सचिवालयका अनुसार उनीहरुको सपथ पछि हुने…
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा चयन गरेको छ। बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले ‘प्रचण्ड’लाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो। त्यसअघि, पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो। दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन भएका छन्। उक्त पार्टीले राष्ट्रिय सभा…
पोखराको तालचोकमा विहिबारदेखि १८ औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास संबृद्धि’ भन्ने नारासहित सुरु भएको महोत्सव यही पुष १८ गतेसम्म चल्नेछ। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुुरुङले महोत्सवको उद्घाटन गरे। कार्यक्रममा बोल्दै उनले हस्तकलालगायत स्थानीय उत्पादनलाई मेला र महोत्सवमा बिशेष जोड दिनुपर्ने औंल्याए। गुरुङले विविध कारणले हाल नेपालको…
पोखराको लेकसाइडस्थित वाराहीघाटमा सुरु लिटरेचर फेस्टिभलमा पहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग ’घरबाट स्कुलसम्म’ शीर्षकमा छलफल गरिएको छ। फिस्टेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले गरेको छलफलमा बालबालिकाको विकासक्रममा अपनाउनुपर्ने संवेदनशीलतालगायत विविध पक्षबारे अन्तरक्रिया गरिएको छ। एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था रहेको डा. दाहालको…
पोखरामा १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ। पोखराको लेकसाइडस्थित बाराहीघाटमा सुरु भएको फेस्टिभलमा करिब २ सय वक्ता र हजारौंको संख्यामा सहभागीहरु रहनेछन्। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेस्टिभलको उद्घाटन गरे। आचार्यले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिए। सधैँ साथ दिन तयार रहेको उनको प्रतिबद्धता थियो। आचार्यले भने, ‘पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर…
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ। विमानस्थलमा आज (बिहीबार) यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो। एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २:१५ बजे पुरानो विमानस्थलबाट उडान गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २:२७ मा अवतरण भएको जानकारी गराएका छन्। ‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका…
अनिल गुरुङको कप्तानीमा गण्डकी–११ ले स्पेनको फुटबल टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। गण्डकी–११ ले स्पेनसँग पुस १३ गते पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको हो। गण्डकी ११ फुटबल टीमको लागि अनिल गुरुङको कप्तानीमा दिप कार्की, राजाबाबु मगर, मानबहादुर तामाङ, आशिष गुरुङ, रन्दीप पौडेल, जीवन गुरुङ, सुमित श्रेष्ठ, सरोज योन्जन, बिसन गुरुङ, जया गुरुङ, कमलबहादुर थापा,…
पोखरामा पुसको २७ गतेदेखि सुरु हुने ११ औं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ। स्थानीय युनाइटेड क्लवको आयोजनामा २७ गतेदेखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको तयारी तीब्र पारिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। स्थापनाकालदेखि युनाइटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन…
हिक्मत वि.क., लक्ष्मी मगर र नयन मानन्धरले दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि हिक्मत विकले जितेका छन्। हिक्मतले निर्धारित ५० किलोमिटर दूरी ३ घण्टा १२ मिनेटमा पूरा गरी उपाधि जिते। ४० वर्षमुनिको पुरुषतर्फ ३ घण्टा २८ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै सन्दीप सुन्दौली द्वितीय भए। त्यसैगरी, ३ घण्टा ४८ मिनेटमा निर्धारित…