समाचार »

आउदी कप फुटबलको फाइनलमा घरेलु बायर्न म्युनिख र टोटेह्याम

प्रि–सिजन टूर अन्तर्गत जर्मनीमा जारी आउदी कप फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु वायर्न म्युनिख र बेलायती क्लब टोटेनह्याम फाइनल खेल्ने भएका छन् । बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरेनामा जारी प्रतियोगिताको उपाधिका लागि टोटनह्यामले बायर्नको सामना गर्नेछ । घरेलु बायर्नले टर्कीको फेनरबाचेलाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै फाइनल पुगेको हो । टर्कीको फेनरबाचेलाई पराजित गर्न…

ग्लोबल टी–२० क्रिकेटमा विनिपेगले टोरन्टोलाई हरायो

क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा विनिपेग हक्सले टोरन्टो नेशनल्सलाई तीन विकेटले पराजित गरेको छ । जारी लिगमा सोमपाल विनिपेग र सन्दीप टोरन्टोमा आबद्ध छन् । उनीहरु ति क्लबहरुको व्यवसायिक खेलाडीहरु हुन् । क्यानडामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो ।…

गण्डकी प्रदेशस्तरीय कराँते तयारी १२ तौल समूहमा प्रतिस्पर्धा

पोखरा । क्योकुशिन कान कराँते संघ कास्की शाखाले आयोजनामा भदौमा दोस्रो गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने भएको छ । पोखरा रंगशलामा भदौको १३ र १४ गते आयोजना गरिने प्रतियोगितामा गण्डकी प्रदेशका नेपाल क्योकुशिन बुदोकाई कराँते संघमा आवद्ध भएका खेलाडीले मात्र भाग लिन पाउने प्रतियोगिता संयोजक दिपकबहादुर गोदारले जानकारी दिए । १२…

भदौको दोस्रो हप्ता पोखरामा कराँतेको ग्राण्ड च्याम्पियनसीप

पोखरा । भदौको दोस्रो हप्ता पोखरामा कराँते ग्राण्ड च्याम्पियनसीप हुने भएको छ । नेपाल फुल कन्ट्याक्ट कराँते महासंंघको आयोजनामा भदौको १४ गते सर्वाधिक पुरुस्कार राशीको कराँते ग्राण्ड च्याम्पियनसीप हुने भएको हो । नेपालमै पहिलो पटक नेपाल फुलकन्टयाक्ट कराँतेको प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसीप हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । नेपाल फुल कन्टयाक्ट कराँते…

आयो तीजको गीत ‘रातो गलबन्दा’

पोखरा । तीजको गीत ‘रातो गलबन्दा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । करिष्माले यस वर्ष ‘रातो गलबन्दा’ लगायतको अन्य तीज गीतहरुमा फिचरिङ गरेकी छन् । करिष्माले फिचरिङ गरेको तीजको कोसेली ‘रातो गलबन्दा’ को हालैमात्र म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो । गायक महेन्द्र भण्डारी र गायिकाहरु निरु गुरुङ र तारा थापाले गीतमा स्वर दिएका छन्…

नयाँ तीजे गीतको कोसेली ‘रे पटम भरर’ सार्वजनिक

पोखरा । स्रष्टा लोकराज अधिकारीले यस वर्ष ‘रे पटम भरर’ बोलको नयाँ तीजे गीतको कोसेली प्रस्तुत गरेका छन् । आधुनिक र चलचित्र क्षेत्रमा सफल गीतकारको पहिचान बनाएका लोकराजले युट्युबमार्फत गीतको म्युजिक भिडियोलाई हालैमात्र सार्वजनिक गरेका हुन् । गीतमा लोकराजकै शब्द सिर्जना र लय संकलन छ । ऋतु कँडेलको स्वरमा सजिएको गीतमा गोविन्द मधुर आचार्यले संगीत…

लमजुङको बेसीसहरमा बिमा र माया सहित ६ कलाकारहरु सम्मानीत

पोखरा । लमजुङमा वरिष्ठ लोक गायिकाद्वय विमाकुमारी दुरा र माया गुरुङलाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ जिल्ला समितिको सातौं जिल्ला अधिवेशनको उदघाटनमा गायिकाद्वयलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा वरिष्ठ लोक गायिकाद्वय सहित आधादर्जन गायक÷गायिकालाई सम्मान गरिएको हो । लमजुङ घर भएका लोकगायिकाद्वय दुरा र गुरुङले गायनको क्षेत्रबाट…

कुवेत जान लागेका एएसबीसीका खेलाडी विदाई

पोखरा । कुवेतमा आयोजना हुने एएसबिसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरुलाई सोमबार विदाई गरिएको छ । च्याम्पियनसीपका लागि कुवेत जान लागेका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल र संघका अध्यक्ष राम अवाले लगायतले एक कार्यक्रमबीच विदाई गरेका हुन् । च्याम्पियनसीपमा नेपालका छिरिङ वाङ्गदी शेर्पाले समेत प्रतिस्पर्धा गर्ने भएका छन् । अगष्ट…

हिरोज तेक्वान्दो च्याम्पिययनसीपमा नेपाललाई ४ स्वर्ण

पोखरा । नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा चार स्वर्ण जितेका छन् । प्रतियोगितामा विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु सिवाकोटीले जनाएका छन् । सुप्रिया बजगाईं र पूजा कुँवरले फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन् । अरुण टमाटाले कास्यमा चित्त…

साउनको १६ गतेदेखि सागको कराते खेलाडी छनोट प्रतिस्पर्धाका खेलहरु

पोखरा । साउनको १६ गतेबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेको खेलाडी छनोटको प्रतिस्पर्धाका खेल हुने भएको छ । नेपालमा हुने साग गेमका लागि कराते खेलाडी छनोटको प्रतिस्पर्धाका खेलहरु नेपाल कराते महासंघले गर्ने भएको हो । कुमुतेको टिम इभेन्टतर्फ बन्द प्रशिक्षणमा सहभागी गराउन पुरुष तथा महिला खेलाडीको छनोट गर्न प्रतियोगिता आयोजना गर्न…