समाचार »

महिला साफ च्याम्पियनसीप: पाकिस्तानमाथि ६–० गोल वर्षाउँदै बंगलादेश सेमिफाइनलमा

महिला साफ च्याम्पियनसीप फुटबलमा बंगलादेश सेमिफाइनलमा पुगेको छ। काठमाण्डौको दशरथ रंगशालामा आज (शनिबार) भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० गोलले हराएको हो। बंगलादेशको फराकिलो जितमा कप्तान सविना खातुनले ह्याट्रिक गोल गरिन्। यस्तै, मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले १/१ गोल गरे। सविना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छन्। बंगलादेशको लगातार यो दोस्रो…

डोटीमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उच्च रक्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ घांगलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकप्टरबाट उद्धार गरिएको हो। बिहीवार बेलुका मगरले सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृत शिशुलाई जन्म दिएकी थिइन्। उच्च रक्तश्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ कल साइनको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत…

आमाले झैँ आफ्नो जीवन पुरै सेवामा समर्पित गर्छु : राजा चाल्र्स

बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूपनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गरेका छन्। बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उनका जेठा छोरा चार्ल्स तृतीयले राजाको जिम्मेवारी पाएका हुन्। राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उनले आफू…

पोखरा उद्योग वाणिज्य संघद्वारा उद्यमीहरुलाई सम्मान

पोखरा उद्योग वाणिज्य संघले उद्यमीहरुलाई सम्मान गरेको छ। संघले महिला उद्यमी सम्मान–२०७९ बाट हिरा भट्टराईलाई सम्मान गरेको छ। संघको शुक्रबारदेखि शुरु ३४ औं महाधिवेशन उद्घाटन समारोहबीच उद्योग र वाणिज्य क्षेत्रमा योगदान गर्ने व्यवसायीहरुलाई सम्मान गरिएको हो। भट्टराई पद्मावती हस्तकला उद्योग, पद्मावती मिडिया प्रालि र न्यु भट्टराई किराना स्टोर्सको संचालक तथा रेडियो जननीको अध्यक्ष हुन्। सोही…

निर्वाचनको कार्यतालिका सार्वजनिक, असोज २३ गते मनोनयन

निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आज (शुक्रबार) स्वीकृत गरेको कार्यक्रमअनुसार दशैँलगत्तै उम्मेदवारको मनोनयन दर्ता सुरु हुने आयोगले जनाएको छ। असोज २३ उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २६ गते उमेद्वारहरुलाई चुनाव चिन्ह दिने कार्यक्रम तय भएको आयोगले जनाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार…

भुटानले साफ महिला च्याम्पियनसीपमा इतिहास रच्यो

भुटानले साफ महिला च्याम्पियनसीप फुटबलमा ऐतिहासिक इतिहास रचेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (शुक्रबार) भएको खेलमा श्रीलंकालाई ५–० ले पराजित गरेको हो। श्रीलंकाविरुद्ध पहिलो हाफमा १ गोल गरेको भुटानले दोस्रो हाफमा ४ गोल थपेको थियो। भुटानको जितमा डेखी लाजोमले २ गोल गरिन्। त्यस्तै, न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरिङ याङदेनले १/१ गोल गरे। श्रीलंकालाई हराउँदै…

साफ यु–१७: भारतलाई ३–१ ले हराउँदै नेपाल समूह विजेता

साफ यु–१७ च्याम्पियनसीप फुटबलमा नेपालले भारतलाई हराएको छ। श्रीलंकाको कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हरायो। नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले १/१ गोल गरे। भारतका लागि ड्यानी मेतीले गोल गरे। १–० ले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गर्दै जितको नतिजा निकालेको हो। यो जितसँगै समूह ’बी’…

माओवादीलाई नै पहिलो वामपन्थी शक्ति बनाउँछौं : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने दाबी गरेका छन्। उनले स्पष्ट पारे, ‘माओवादी केन्द्रलाई नै देशको पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको हो।’ अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको (शुक्रबार) पोखरामा उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै…

चितवनबाटै चुनाव लड्ने हो, जित पनि सुनिश्चित छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन्। प्रेस सेन्टर कास्कीले पोखरामा आज (शुक्रबार) बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू चितवनबाटै चुनाव लड्ने र जित पनि सुनिश्चित रहेको दाबी समेत गरे। उनले भने, ‘मलाई विभिन्न जिल्लाबाट अन्य पार्टीका साथीहरुले पनि आइदिनुपर्‍यो भन्नुभभएको छ। काँग्रेसका नेताले…

नेपालले बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउँदै

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालले ३ दिन शोक मनाउने भएको छ । मन्त्रिपरिषद्को आज (शुक्रवार) बसेको बैठकले बेलायती महारानीको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा ३ दिन शोक मनाउने निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले भदौ २५ देखि २७ गतेसम्म ३ दिन शोक मनाउने निर्णय गरेको हो। यस्तै, बैठकले ३ दिन…