
आसन्न नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा हुने ३६ वटै खेलको खेलस्थल तय भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पोखरामा खेलकुदमा प्रतिस्पर्धा हुने तय भएका सबै खेलहरुको खेलस्थल सार्वजनिक गरेको हो। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’, राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव टंकलाल घिसिङ, राखेप पदाधिकारी तथा खेल संयोजकहरुले पोखरामा खेलभेन्यूको सार्वजनिक गरेका हुन्। राखेपकाअनुसार…
भारतले महिला साफ च्याम्पियनसीपमा पहिलो हार खेपेको छ। यता, बंगलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौं संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराएको हो। त्रिपुरेश्वरस्थित दशरथ बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले २ गोल गरिन्। यस्तै, श्रीमोती सरकारले १ गोल गरिन्।…
छैटौं संस्करणको महिला साफ च्याम्पियनसीप फुटबलमा पाकिस्तानले पहिलो जित निकालेको छ। मंगलबार भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले हराएको हो। पाकिस्तानको यो पहिलो जित हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले १/१ गोल गरे। खेलको ३९ औं मिनेटमा रामिनले गोल…
स्पिनर सुसन भारीले ह्याट्रिक गरेको खेलमा त्रिभुवन आर्मी क्लबले मंगलबार नवौँ राष्ट्रिय खेलकुदको क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९ विकेटले हराएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल १९ ओभरमा छोट्याइएको थियो। टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १९ ओभरमा ९ विकेट गुमाएर ८५ रन बनाएको थियो। ८६ रनको लक्ष्य आर्मीले १०.३ ओभरमा १ विकेट…
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलबार नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको हो। मुलपानी क्रिकेट मैदान वर्षाको कारण एपीएफ र सुदूरपश्चिमबीचको खेल टस समेत नभई रद्द हुँदा समूह ‘बी’ बाट एनआरएनए र सुदूरपश्चिम अन्तिम ४ मा…
नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित टियु मैदानमा मंगलबार कर्णालीले मधेश प्रदेशलाई ३ रनले हराएको हो। कर्णालीले दिएको १ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो। मधेसका लागि हरिशंकर शाहले ४८ रन बनाए। रोहन विकले १०…
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीको आइसीसी बलिङ र ब्याटिङतर्फको वरीयता यथावत रहेको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले अपडेट गरेको नयाँ वरीयतामा रुबिना बलिङतर्फ ९० औं र ब्याटिङतर्फ ९४ औं स्थानमा यथावत छिन्। नेपालका पूर्व उपकप्तान सीता रानामगर समेत बलिङ र ब्याटिङको वरीयतामा यथावत छिन्। बलिङमा ८९ औं र ब्याटिङतर्फ उनी ६४ औं…
नेपाल टी–२० अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयताअनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो। नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा छ। अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो। नयाँ वरीयतामा भारत शीर्ष स्थानमा छ। इंग्ल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ। यस्तै, पाकिस्तान…
बहराइनमा जारी एएफसी यु–२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। सोमबार राति भएको खेलमा कतारसँग ३–१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो। शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बलियो कतारविरुद्ध नेपालले पहिलो हाफमै २ गोल खाएको थियो। खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई…
नेपाली राष्ट्रिय यु–१७ फुटबल टोलीले फाइनलमा आफ्नो स्थान पक्का बनाएको छ। गएराती सम्पन्न खेलमा घरेलु टोली श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। खेल सुरु भएदेखि नै नेपालले श्रीलंकालाई दबाबमा राख्दै पहिलो हाफमा ४–० गोलको अग्रता लिएको थियो। कप्तान प्रशान्त लक्ष्यमले पहिलो हाफको २१ औं मिनेटमा पाएको पेनाल्टी प्रहारलाई गोल गर्दै नेपाललाई…