समाचार »

सफल पोखरा म्याराथनमा ७३ वर्षीय टंक श्रेष्ठ समेत दौडने

पोखरा । सफल पोखरा म्याराथनमा ७३ वर्षीय टंकबहादुर श्रेष्ठ समेत दौडने भएका छन् । फागुनको ३ गते हुने पोखरा म्याराथन अन्तर्गत १० कि.मीं दूरीको म्याराथनमा दौडने श्रेष्ठले बताए । गोरखाको बोर्लाङ स्थायी घर भई हाल पोखरा–७ घारीपाटनमा बसोबास गर्दै आएका श्रेष्ठ गत वर्षको सफल पोखरा म्याराथनमा समेत दौडिएका थिए । गत वर्ष पनि श्रेष्ठले १०…

एक दिवसीय क्रिकेट : नेपालको जितमा कुशलको कीर्तिमानी अर्धशतकीय योगदान

पोखरा । अमेरिकासँगको आइसीसी विश्वकप एक दिवसीय लिग–२ मा नेपालका कुश मल्लले अर्धशतकीय रन बनाएका छन् । नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य प्रस्तुत गर्दा कुशलले अर्धशतकीय ५० रनको योगदान दिए । उनले ५१ बलमा अर्धशतक रन बनाएका हुन् । कुशलले आफूलाई एक दिवसीय क्रिकेटमा अर्धशतीय रन बनाउने कान्छा खेलाडीको रेकर्ड समेत बनाएका छन् । घरेलु…

फागुन ७ मा खेलकुद पत्रकार मञ्च गण्डकीको साधारणसभा

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको १४ औं बैठक शनिबार पोखरामा सम्पन्न भएको छ । मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले प्रथम वार्षिक साधारणसभा आगामी फागुन ७ मा पत्रकार महासंघ कास्कीको सभाहलमा गर्ने निर्णय गरेको छ । सो अवसरमा चौथो पोखरा स्पोर्टस् अवार्डको आय–व्यय समेत सार्वजनिक गर्ने कार्यक्रम छ । यस्तै, मञ्चले खेल…

पोखरामा भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता

पोखरा । पोखरा मा भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता शुरु भएको छ । माछापुच्छ्रे क्रिकेट क्लबको आयोजना र वाइन किङको मुख्य प्रायोजनमा भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले सहभागी टिमका कप्तानहरुलाई जर्सी हस्तान्तरण र ब्याटिङ गरेर…

देवीस्थानको भीम माविलाई मालिका रनिङ शिल्ड

म्याग्दी । गत बर्षको विजेता भीम मावि देवीस्थानले यस बर्षको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि जितेको छ । मालिका गाउँपालिकाको आयोजनामा दरबाङमा भएको प्रतियोगितामा १३ स्वर्ण, ४ रजत र ४ काँस्य पदक जित्दै भीम माविले दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पार्न सफल भएको हो । यस संस्करणको रनिङ शिल्डमा विजेता बनेसँगै भीम माविले…

एपीएफ र नेपाल पुलिसलाई उत्कृष्ट भलिबल टिमको एनभीए अवार्ड

पोखरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लब महिलातर्फ र नेपाल पुलिस क्लबले पुरुषतर्फ २०७५ वर्षको उत्कृष्ट भलिबल टिमको सम्मान पाएको छ । नेपाल भलिबल संघले शनिबार तेश्रो एनभीए अवार्ड कार्यक्रमको आयोजना गरी एपीएफ र नेपाल पुलिसको टिमलाई नगद १ लाख सहित सम्मान गरेको हो । नेपाल भलिबल संघद्वारा सम्वन्धन प्राप्त प्रतियोगिताहरुमा एपीएफले महिलातर्फ १० मा…

कास्की मोडर्नाज्डका रोशन घर्तीमगर बने, हिसान कास्की लोकनृत्य आइडल

पोखरा । कास्की मोडर्नाइज्ड एकेडेमीका रोशन घर्तीमगर प्रथम हिसान कास्की आइडल बनेका छन् । यसको साथै रोशनले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीले आयोजना गरेको दोस्रो हिसान कास्की लोकनृत्य प्रतियोगिताको उपाधि जितेका छन् । उपाधिसँगै रोशनले २० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे । प्रतियोगितामा न्यू लाइट सेकेन्डरी स्कुलकी अन्जना गुरुङ फस्ट रनर–अप…

पोखरा म्याराथनमा वडा ५ ले समेत सक्रिय सहयोग र सहभागिता जनाउँदै

पोखरा । पोखरा म्याराथनलाई सफल बनाउन पोखरा महानगरपालिका वडा नं ५ ले पूर्र्ण रुपमा सहयोग र सक्रिय सहभागिता जनाउने भएको छ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुनको ३ गते आयोजना हुने १४ औं संस्करणको म्याराथनलाई सफल पार्न सक्रिय सहभागिता र सहयोग रहने वडाले प्रतिबद्धता जनाएको छ । पोखरा म्याराथनलाई सफल पार्न सक्रिय सहभागिताका लागि उक्त…

पोखरामा आइटीएफ जुनियर यु–१८ सर्किट–१ को टेनिस तयारी

पोखरा । पोखरामा आइटीएफ जुनियर यु–१८ सर्किट–१ प्रतियोगिता हुने भएको छ । ईन्टरनेशनल टेनिस फेडरेशन (आइटीएफ) को संयोजन र कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा भोली (शनिबार)देखि प्रतियोगिता हुने भएको हो । यद्यपी, प्रतियोगिताको औपचारिक उद्घाटन भने सोमबार हुनेछ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा महिलातर्फ ३२ र…

गण्डकी र प्रदेश ५ राष्ट्रिय हक्की प्रतियोगिताको फाइनलमा

पोखरा । गण्डकी प्रदेश र प्रदेश ५ विराटनगरमा जारी दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहीबार भएको सेमिफाइनलमा दुबै टिमले खेल जित्दै फाइनलमा स्थान बनाएका हुन् । उपाधि जितका लागि शुक्रबार गण्डकी प्रदेश र प्रदेश ५ बीच फाइनल…