
साविक विजेता भारतले यु–१९ साफ च्याम्पियनसीपको उपाधि रक्षा गरेको छ । भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा सोमबार भएको फाइनलमा भारतले बंगलादेशलाई टाइब्रेकरमा ४–३ गोलले हरायो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि, पेनाल्टी सुटआउटमा भारत भाग्यमानी ठहरियो। निर्धारित समयको खेलमा सुरुवाती अग्रता भारतले लिएको थियो। खेल सुरु भएको दोस्रो मिनेटमै सिंगमयुम शामीले गोल…
साफ यु–१९ च्याम्पियनसीपमा सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको अरुणञ्चलस्थित गोल्डेन जुब्ली स्टेडियममा आज भएको पहिलो सेमिफाइनलमा नेपाल २–१ गोलले पराजित हुँदै च्याम्पियसीपबाट बाहिरियो। यद्यपी, बंगलादेश भने च्याम्पियनसीपको फाइनलमा पुगेको छ। नेपाल–बंगलादेशले खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो। बंगलादेशको जीतमा कप्तान नज्मुल हुदा फैसल र अशिकुर रहमानले ७४ औँ गोल गरे। बंगलादेशले दोस्रो…
नेपाली महिला टोली आइसीसी टी–२० विश्वकप एशिया छनोटको ’सुपर–थ्री’ मा पुगेको छ। हङकङ र बहराइनबीच शुक्रबार भएको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल धेरै जीतका आधारमा ‘सुपर–थ्री’ मा प्रवेश गरेको हो। नेपालले ४ खेलबाट २ मा जीत, १ मा हार र १ मा नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो। हङकङले ४ खेलबाट…
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पत्रकारिताको विश्वसनीयता बढाउन स्वयं पत्रकारहरु क्रियाशील बन्नुपर्ने कुरामा जोड दिएका छन्। पत्रकार महासंघ कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले भने, ‘नेपालको लोकतन्त्र र गणत्रन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ। प्रविधिको विकाससंँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै छ। डिजिटल…
पत्रकारहरु दुर्गा अधिकारी र केशव पाठकलाई गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। पोखराका पुराना पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा उनका परिवारले स्थापना गरेको गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु अधिकारी र पाठक सम्मानीत भएका हुन्। नेपाल पत्रकार महासंघ कास्कीले स्वर्गीय भण्डारीका ७२ औँ जन्मजयन्तीको अबसर पारेर आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले…
पोखरामा शनिबारदेखि जेसिज सप्ताह सुरु हुँदैछ। पोखरा जेसिजको आयोजनामा जेठ ३ गते शनिबारदेखि जेठ ६ गते मंगलबारसम्म जेसिज सप्ताह हुँदैछ। नि:शुल्क स्वास्थ्य शिविर, निर्णय पुस्तिका (माइन्यूट) लेखन तथा वित्तीय साक्षरता तालिम र विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरेर जेसिज सप्ताह मनाउन लागेको विहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। जेसिज सप्ताहको पहिलो दिन माछापुच्छ्रे…
नेपालले आइसीसी महिला टी–२० विश्वकप छनोटको क्रिकेटमा बहराइनलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। नेपालले बहराइनलाई डीएलएस नियमका आधारमा ६ विकेटले हराएको हो। वर्षाले प्रभावित थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको नेपालले ५ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष भेट्टायो। नेपालकी कप्तान इन्दु बर्माले ७ बलमा नटआउट सर्वाधिक २४…
२० बुँदे घोषणापत्र जारी गर्दै लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट सकिएको छ। ‘लोकतन्त्र, मिडिया स्वतन्त्रता र जलवायु संकट’ सम्बन्धी विभिन्न ठोस प्रतिबद्धता र कार्यदिशासहित २० बुँदे घोषणापत्र जारी गर्दै ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ सकिएको हो। मुस्ताङको लोमान्थाङमा पुगेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) प्रतिनिधिसहित नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले २० बुँदे घोषणापत्र जारी गरेका हुन्। अध्यक्ष…
यु–१९ को साफ च्याम्पियनसीप प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ। यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको २ टोलीबीचको आज(मंगलबार) भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको हो। जीतसँगै भारत समूह विजेता बनेर सेमिफाइनल पुगेको छ। नेपाल उप विजेतामै सीमित बनेर सेमिफाइनलमा खेल्दैछ। भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा भारतलाई जीत दिलाउन रोहिन…
आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोट खेलमा नेपाल हङकङसँग पराजित भएको छ। नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो। थाइल्यान्डको एआईटी ग्राउन्टमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो। हङकङकी शनजीन शाहजादले नटआउट १५ रन बनाइन्। नेपालकी कविता कुँवरले २ विकेट लिइन्। यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको…