
घरेलु टिम गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ। मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधिसहित १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार हात पार्यो। गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए। लाइट प्रोटेस्टका कारण सोमबारको फाइनल…
पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको छ। सामुदायिक विकास समाजको आयोजनामा सोमबार सम्पन्न फाइनलमा न्यू डायमण्डलाई ३–१ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो। प्रतियोगितामा नेपाल पुलिसको महिला टिमका लागि यो लगातार दोश्रो उपाधि समेत् हो। पुलिसले उपाधिसँगै नगद १ लाख ५१ हजार १…
पोखराको लामाचौरमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ डायमण्ड र पुरुषतर्फ पुलिस क्लब शीर्षस्थानमा रहेका छन्। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आइतबार राउन्डरोविन लिग चरणको संपूर्ण खेल सम्पन्न हुने भनिएपनि सम्भव नहुँदा फाइनल तथा लिगका अन्य खेल भोली (सोमबार) हुनेछ। महिलातर्फ लिग चरण सम्पन्न हुने स्थिति भएपनि अन्तिम…
सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल चयन भएका छन्। क्लबको शनिबार पोखरामा सम्पन्न १३ औं अधिवेसनले आगामी २ वर्षका लागि बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। क्लबको बरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजीप्रसाद अधिकारी सचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु रानामगर सह–कोषाध्यक्षमा अशोक लालचल छन्। त्यसैगरी, क्लबको सदस्यहरुमा ज्योति केसी, चन्द्रावती गुरुङ,…
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा भएको भलिबल प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भएको छ। संस्थाको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको सन्दर्भमा भएको पुरुषतर्फको खेलमा गण्डकीले गल्कोट स्पोर्टस क्लवलाई ३–१ को सेटमा जित निकाल्यो। इन्द्र राज्यलक्ष्मी माविको…
पत्रकार उमेश पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सहारा क्लबको रजतजयन्तीको अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित एक कार्यक्रमबीच फोटो पत्रकार पुनलाई पुरस्कार प्रदान गरिएको हो। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले नगद, दोसल्ला र सम्मानपत्रबाट पत्रकार पुनलाई सम्मानीत गरे। पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ। पुन झण्डै एक दशकदेखि नागरिक दैनिक…
फोटो पत्रकार उमेश पुनलाई यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गरिने भएको छ। सहारा क्लवले हरेक बर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लवले जनाएको छ। प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते बसेको क्लवको बैठकबाट उक्त निर्णयलाई अनुमोदन गरेको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जनाएको…
सहारा क्लव पोखराले आफ्नो बार्षिकोत्सवको अवसरमा यस बर्ष पनि पोखरा बसपार्क क्षेत्रमा बृहत् सरसफाई गरेको छ। आज (विहीबार) भएको बृहत् सरसफाई कार्यक्रमबाट एक गाडी फोहोर संकलन गरिएको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले जनाएका छन्। पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य नन्दुराम गिरीले सफाईका सामाग्री कार्यक्रम संयोजक ज्योति के.सी. र क्लवका अध्यक्ष सुरजलगायतलाई…
पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रममा तीजको दर खर्च सहयोग गरिएको छ। नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमितिले सहयोग गरेको हो। महिलाहरुले १५ हजार रुपैयाँ मूल्य बराबरको खाद्यान्न (दाल, चामल, नुन, तेल, चाउचाउ) सहयोग हस्तान्तरण गरेका हुन्। वर्षेनी तीजको अवसर पारेर पोखरा फोटोग्राफर संघ महिला उपसमितिले केही…
पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ। शनिवारदेखि सोमबारसम्म लेकसाइडको कोमागानेपार्कमा आयोजना गरिएको महिला उद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीय उत्पादनको प्रवद्र्धन गरिएको थियो। पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषदलगायतका संघसंस्थाको सहयोगमा सम्पन्न भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रह्यो। पर्यटन महिला व्यवसायीहरुले पहिलो…