
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन्। व्यास नगरपालिका–६ खहरेमा मिलिजुली युवा क्लबले तमु ल्होसारको अवसरमा आयोजना गरेको सांस्कृतिक तथा खुला भलिबल प्रतियोगिताको आज (शुक्रबार) उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन्। सम्पन्नताको बाटोमा जानका लागि राजनीतिक स्थिरता, सुशासन, द्रूत विकास आवश्यकता भएको उनको भनाई छ। ‘देशमा स्थायित्व,…
कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। कवि शिरोमणिकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज (शुक्रबार) जन्मजयन्ती मनाइएको हो। कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठानलगायतका संघसंस्थाद्वारा आयोजित लेखनाथको १३९ औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति थियो। कवि शिरोमणि लेखनाथको जन्म…
पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले क्वार्टरफाइनलमा स्थान बनाएको छ। नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड आरा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा शुक्रबार भएको खेलमा पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम ८ मा पुगेको हो। आहा ! रारा पोखरा…
धरान फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले हराउँदै धरानले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे। उनले खेलको सुरुवाती चौथो मिनेटमा फ्रीकिकमार्फत गोल गरे। डीएरिया नजिक सहाराका भागवत चौधरीले प्रकाश…
महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित उनको उपचारका क्रममा ब्राजिलको साओ पाओलोस्थित अस्पतालमा निधन भएको हो। उनी पहिलेदेखि नै मिर्गौलाको समस्याबाट पीडित थिए। २१ वर्षको खेल जीवनमा विपक्षीसँगको घम्साघम्सीका क्रममा उनले सन् १९७० को दशकमा एउटा मिर्गौला गुमाए। सन् २०२१ मा पेलेको आन्द्रामा रहेको ट्यूमरको शल्यक्रिया गरिएको…
गण्डकी प्रदेश सभाका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरुलाई आज (बिहीबार) गण्डकी प्रदेशको सभामा शपथ खुवाएका हुन्। ज्येष्ठ सदस्य बस्यालले हिँजो (बुधबार) प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। ६९ जना सांसदमध्ये ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा शपथ लिएका छन्।…
स्पेनको कारेरेन्यो फुटबल क्लब मैत्रीपूर्ण फुटबल खेलमा विजयी बनेको छ। पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपूर्ण फुटबल खेलमा घरेलु टोली गण्डकी–११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी बनेको हो। ‘शान्तिका लागि फुटबल‘ मूल नारासहित लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा मैत्रीपूर्ण खेल भएको हो। स्पेनको ‘बी’ डिभिजनको काथेरेन्यो क्लवले गण्डकी–११ लाई ३–० गोल अन्तरले पराजित गरी…
पोखरामा यस वर्षको सडक महोत्सव आज (बुधबार) देखि सुरु भएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) को आयोजनामा २४ औं पोखरा सडक महोत्सव बुधबारदेखि सुरु भएको हो। पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले सडक महोत्सवको उद्घाटन गरेका हुन्। आचार्यले कार्यक्रममा बोल्दै छिट्टै पोखरालाई पर्यटकको राजधानी घोषणाका लागि संघीय तथा प्रदेश सरकारले पहल गर्ने बताए। जसमा…
स्पेनिस फुटबल टोली काथेरेन्यो र गण्डकी–११ को पोखरामा (बुधबार) हुँदैछ। मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ। आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको ‘बी’ डिभिजनको काथेरेन्यो क्लव र गण्डकी–११ बीच आज (बुधबार) पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजनासहित संपूर्ण व्यवस्थापन मिलाएको छ। पोखरा रंगशालामा बुधबार दिउँसो २:३० बजेपछि हुने उक्त मैत्रिपूर्ण फुटवल प्रतियोगिताको अन्तिम तयारी पूरा…
२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ। पोखरा रंगशालामा संचालन हुने प्रतियोगिता पुस १४ देखि २३ सम्म आयोजना हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा आयोजक सहारा क्लबसहित विभागीय साविक विजेता एपीएफ क्लब,…