
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ। विमानस्थलमा आज (बिहीबार) यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो। एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २:१५ बजे पुरानो विमानस्थलबाट उडान गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २:२७ मा अवतरण भएको जानकारी गराएका छन्। ‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका…
अनिल गुरुङको कप्तानीमा गण्डकी–११ ले स्पेनको फुटबल टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। गण्डकी–११ ले स्पेनसँग पुस १३ गते पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको हो। गण्डकी ११ फुटबल टीमको लागि अनिल गुरुङको कप्तानीमा दिप कार्की, राजाबाबु मगर, मानबहादुर तामाङ, आशिष गुरुङ, रन्दीप पौडेल, जीवन गुरुङ, सुमित श्रेष्ठ, सरोज योन्जन, बिसन गुरुङ, जया गुरुङ, कमलबहादुर थापा,…
पोखरामा पुसको २७ गतेदेखि सुरु हुने ११ औं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ। स्थानीय युनाइटेड क्लवको आयोजनामा २७ गतेदेखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको तयारी तीब्र पारिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। स्थापनाकालदेखि युनाइटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन…
हिक्मत वि.क., लक्ष्मी मगर र नयन मानन्धरले दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि हिक्मत विकले जितेका छन्। हिक्मतले निर्धारित ५० किलोमिटर दूरी ३ घण्टा १२ मिनेटमा पूरा गरी उपाधि जिते। ४० वर्षमुनिको पुरुषतर्फ ३ घण्टा २८ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै सन्दीप सुन्दौली द्वितीय भए। त्यसैगरी, ३ घण्टा ४८ मिनेटमा निर्धारित…
शेरबहादुर देउवा ५ औं पटक नेपाली काँग्रेस संसदीय दलको नेता निर्वाचित भएका छन्। बुधबार बिहान भएको काँग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापतिसमेत रहेका देउवा निर्वाचित भएका हुन्। उनले महामन्त्री गगनकुमार थापालाई ३९ मतले पराजित गरेका हुन्। ८९ सदस्यीय काँग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५…
२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा १० टिमको टुंगो लागेको छ। प्रतियोगितामा आयोजक सहारा क्लब पोखरा विभागीय नेपाल सेनाको त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब, नेपाल प्रहरी फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, अमेरिकाको बिवाइएस्सी, धरान फुटबल क्लबको टुंगो लागेको हो। क्लबले यसअघि…
एसियाली खाडी मुलुक कतारले सफलतापूर्वक आयोजना गरेको विश्वकप फुटबल सकिएपनि विश्वकप विजेता अर्जेन्टिना र कप्तान मेस्सीको चर्चा भने अझै सेलाएको छैन। विश्वकप फुटबलको इतिहासमा ३६ वर्षपछि अर्जेन्टिनाले उपाधिलाई घर भित्राएको छ। टोलीका कप्तान लियोनेल मेस्सी र उनका टिमले देशलाई विश्वकप जस्तो प्रतिष्ठित उपाधि दिलाएका छन्। उपाधि जितेसँगै लियोनेल मेस्सी सर्वकालीन महान फुटबलर बनेकमा छन्। सर्वकालीन…
१८ औं संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु हुँदैछ। लेखनाथस्थित डाँडाकोनाकमा आयोजना गरिएको महोत्सव १८ गतेसम्म चल्नेछ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ मूल नारा दिएर लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघको संयुक्त आयोजना हुन लागेको महोत्सवको तयारी पूरा भएको छ। स्टल निर्माणसँगै सजावटको काम भइरहेको छ। महोत्सवमा २३७ स्टल रहनेछन्।…
समूह ‘जी’ को अन्तिम खेलमा सर्वियामाथि ३–२ को विजय हासिल गर्दै स्विट्जरल्यान्डले शुक्रबार राति कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेको छ। सर्वियासँग पराजित भएको भए स्विट्जरल्यान्ड प्रतियोगिताबाट बाहिरिने थियो। बराबरी खेलेको भएपनि क्यामरुन र ब्राजिलको नतिजा कुर्नुपर्ने थियो। रोमाञ्चक सो खेलको पहिलो हाफमै ४ गोल भएको थियो। स्विट्जरल्यान्डले जर्दान साकिरीको गोलबाट २० औँ मिनेटमा…
१८ औं लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा आज (सोमबार) १८ कविहरुले १८ कविता वाचन गरेका छन्। कवि सिरोमणी लेखनाथ पौडेलमा समर्पित गरेर उनीद्वारा रचना गरिएका १८ कविता १८ जना कविहरुले वाचन गरेका हुन्। कार्यक्रममा कवि शिरोमणि पौडेलले रचना गरेका कवितामध्ये कविहरु ऋषिकेश बरालले ‘ऋतुविचार’, तारानाथ पराजुलीले ‘पूर्बस्मृति’, डा. इश्वरमणि अधिकारीले ‘चरीको बिलाप’, जीवनसागर भण्डारीले ‘गौँथलीको चिरीबीरी’, अमृता…