
पर्यटकीय सहर पोखरामा बिहीबार साइकल दौड र शनिबार ‘टुर दि पोखरा’ हुँदैछ। पोखरा महानगरपालिका कार्यालय मातहतको खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार ‘दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता’ को तयारी पूरा भएको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। जसमध्ये ३ विधामा हुने ५० किलोमिटर दूरीको साइकल दौडको तयारी गरिएको साइकल सिटी पोखराले…
अर्जेन्टिनालाई विश्वकप जिताएका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने। सर्वोत्कृष्ट खेलाडी बनेका मेस्सीले गोल्डेन बल जिते। फाइनलमा लियोनल मेस्सीले फ्रान्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे। उनले कतार विश्वकपमा जम्मा ७ गोल गरेका छन्। आफ्नो अन्तिम विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सी दोस्रो पटक विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले यसअघि सन् २०१४ को विश्वकप…
अर्जेन्टिना, तेस्रो पटक फिफा विश्वकप फुटबल च्याम्पियन बनेको छ। तेस्रो पटक विश्वकपको च्याम्पियन बनेसँगै उसले फिफा विश्वकप २०२२ को उपाधि उचालेको छ। एकपछि अर्को गोलको वर्षा भएको ‘थ्रिलर म्याच’को पेनाल्टी सुटआउटमा फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना नयाँ च्याम्पियन बनेको हो। ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप फुटबलको ट्रफी घर भित्राएको हो। यसअघि सन् १९८६ मा डिएगो म्याराडोनाको नेतृत्वमा…
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले ७ दिनको समय दिएर संसदमा रहेका २ वा २ भन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार आगामी १० गते बेलुका ५ बजेभित्र सरकार गठनको लागि बहुमत ल्याउन राष्ट्रपतिले समय दिएकी छन्। ‘प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा…
रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वाद्धमा पोखरादेखि धम्पुससम्मको एक दिवसीय हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पोखरामा क्रियाशील झण्डै २ दर्जन पत्रकारसहित आयोजक रेवान पोखराको टोली सहभागि थिए। टोलीले पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अष्ट्रेलियन वेस क्याम्प हुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरे। अंग्रेजी नयाँ वर्ष पारेर रेवान पोखराले हरेक…
पोखराको छिनेडाँडास्थित ल्याण्डफिल्ड साइडमा आज (आइतबार)देखि फोहोर फ्याँक्न रोक लगाइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको ल्याण्डफिल्ड बाधक बनेपछि फोहर फ्याँक्न रोक लगाइएको हो। पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापन गर्न विभिन्न वडाहरूमा अल्पकालीन व्यवस्था मिलाइएको जनाएको छ। पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार तत्कालका लागि क्षेत्रगत रुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको…
नेपाली काँग्रेसले संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सह–महामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको हो। समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली ‘स्नेही’ छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५४ अंकले ओरालो लागेको छ। नेप्से परिसूचक साताको पहिलो दिन आइतबार २७.५४ अंकले घटेर १८५५.६ विन्दुमा पुगेको छ। यस दिन नेप्सेमा १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। २५० कम्पनीको सेयर किनबेच भएको नेप्सेमा ३७ लाख ७८ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ। आइतबार सबैभन्दा धेरै इस्टन हाइड्रोपावरको सेयर…
तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जका अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफएम सम्मान तथा पुरस्कारका लागि सम्मानित व्यक्ति छनौट गरिएको छ। पहिलो पटक प्रदान गर्न लागिएको सम्मानमा पत्रकारितातर्फ अग्रज पत्रकार विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल छनौट भएका छन्। पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०/१०…
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा पार्टीबाट नवनिर्वाचित सदस्यहरुलाई बधाई दिए। सांसदहरुलाई बधाई दिदैँ प्रचण्डले ०७४ भन्दा खुम्चिनु गंभीर विषय भएको बताए। उनले अघिल्लो चुनावमा ३८ सिट भएको पार्टी ३२ सिटमा खुम्चिनु गंभीर विषय भएको स्वीकार गरे। स्थानीय निर्वाचनमा अघिल्लोभन्दा राम्रो नतिजा आएको बताए। प्रदेशसभामा ०७४ को हाराहारीमा नै भएको बताए। प्रतिनिधिसभामा संख्या…