
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताएका छन् । आज (शनिबार) दमौलीको बीपी स्मृति भवनमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त नगरे पनि पाँच वर्षसम्म गठबन्धन टुट्न दिन नहुने बताए । उनले सङ्गठन सुदृढीकरण गर्न सकेको…
नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन भएका गण्डकी प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ। शनिबार एमालेले चयन गरेका १० सांसदमा कास्की र बागलुङका नेताहरुको बर्चस्व छ। समानुपातिकमा खसआर्य महिलातर्फ यशोदा रिमाल (लजमुङ) र देवका पहाडी (कास्की) छन् भने खसआर्य पुरुषतर्फ कृष्णप्रसाद पाठक (बाग्लुङ) र प्रकाशबहादुर केसी (कास्की) छन्। त्यस्तै, आदिवासी जनजाति महिलातर्फ विनाकुमारी थापा (बाग्लुङ) र…
यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसीपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण पूरा भएको छ। एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। समूह ‘बी’ बाट युएई ९ अंकसाथ विजेता तथा दक्षिण कोरिया ७ अंकसाथ उपविजेताको हैसियतले सेमिफाइनलमा…
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन्। नेपालगञ्जमा भएको म्याराथनमा खड्काले निर्धारित दूरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्। म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमश: नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए। रावतले निर्धारित दूरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा…
यस संस्करणको फिफा फुटबलमा दावेदार मानिएको महारथी अर्जेन्टिनाले प्रतियोगिताको सेमीफाइनलमा स्थान बनाएको छ। रोमाञ्चक र नाटकीय खेलको टाइब्रेकरमा नेदरल्यान्ड्सलाई ४–३ गोलले स्तब्ध बनाउँदै अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो। लुसेल आइकोनिक स्टेडियममा शुक्रबार राति भएको निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा अर्जेन्टिनाले बाजी मार्यो। सुरुवाती २…
पेनाल्टी सुटआउट ब्राजिललाई ४–२ ले पराजित गर्दै शुक्रबार साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ। कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनेट, इन्जुरी समय र अतिरिक्त समयमा क्रोएसिया र ब्राजिल १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। जसमा ब्राजिलका रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाउँदा…
पत्रकार आरजू विष्ट ‘सल्यानी’ युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानीत भएका छन्। गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र संचालन गरेको यो पुरस्कारको राशी नगद २० हजार र ताम्रपत्र छ। प्रमुख अतिथ पोखराका मेयर धनराज आचार्य र युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलको शुक्रबार आयोजित एक कार्यक्रममा नगदसहित सम्मानपत्र, खादा, माला…
स्वतन्त्र स्तम्भकार एवं राजनीतिक विश्लेषक भूपनिधि पन्तका ‘आस्थाका आवाज’ पुस्तकको एक कार्यक्रमबीच पोखरामा विमोचन गरिएको छ। वरिष्ठ साहित्यकार सरुभक्त, पत्रकार कृष्णप्रसाद बास्तोला प्राडा विष्णुप्रसाद पौडेललगायतले आज (बिहीबार) पुस्तकको संयुक्त विमोचन गरेका हुन्। ‘आस्थाका आवाज’ पुस्तक जनआस्था साप्ताहिक पत्रिकामा वि.स. २०५२ देखि २०५८ सम्म पन्तले लेखेका नियमित स्तम्भका लेखहरुको संग्रहित पुस्तक हो। जनआस्था साप्ताहिकको अग्रपृष्ठमा नियमित…
पत्रकार यदुनाथ बञ्जारा सुनास पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानीत भएका छन्। शुशासनका लागि नागरिक समाज(सुनास ) कास्कीले ई स्व लेखबहादुर गुरुङद्वारा स्थापना गरेका अक्षयकोषबाट संचालित पुरस्कारबाट सम्मानीत भएका हुन्। यस वर्षको अंग्रेजी महिनाको ९ तारिकका दिन ( मंसीर २३) का दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका प्रमूख पार्वती शर्मा सुनास कास्कीका अधक्ष रवीन्द्रनाथ बास्तोलाले…
पोखरामा यही पुसको १३ गतेदेखि १७ गतेसम्म २४ औं संस्करणको सडक महोत्सव हुने भएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान, पोखरा)ले ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नारासहित सडक महोत्सव आयोजना गर्ने भएको हो। ‘पुसको १३ देखि १७ सम्म पोखराको लेकसाइडमा करिब ३ किलोमितर क्षेत्रमा महोत्सव हुदैछ, ५ दिनसम्म संचालन हुने मेलामा फिस्टेल, गेटदेखि खहरेचोक हुँदै…