
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ६ दिनमात्रै बाँकी छ। राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदैं गर्दा फेन्सिङ संघ, कास्कीले गण्डकी प्रदेशको फेन्सिङ टिमका खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड सदस्य राजेशकुमार गुरुङ र संघका अध्यक्ष विजय शाईले शनिबार पोखरा रंगशालामा खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरेका हुन्। उनले करिब ३ लाख…
दुर्गापक्षको मुख्य दिन आज (बुधबार) बडादसैंमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदैछ। दसैँ घर वा पूजा कोठामा ९ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइँदैछ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएको…
आज (मंगलबार) आस्विन शुक्ल नवमी तिथि अर्थात महानवमी। आज नवरात्रको अन्तिम दिन अर्थात सिद्धदात्री देवीको पूजा आराधना गरिदैंछ। आजको दिन ९ दुर्गामध्ये सिद्धिदात्री देवीको पूजा–आराधना गरिदैंछ। नवरात्रको नवौं दिन आज (मंगलबार) दसैं घर तथा पूजा कोठामा ९ दुर्गामध्ये नवौं देवी सिद्धिदात्री देवीको पूजा–आराधना गरिदैंछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका ९ वटा स्वरुपहरु छन्। जसलाई नवरात्रभर हरेक…
आज आस्विन शुक्ल अष्टमी तिथि। आजको दिनलाई दसैं नवरात्रको महाअष्टमी तिथि पनि भनिन्छ। आजको दिन ९ दुर्गामध्ये महागौरी देवीको पूजा–आराधना गरिदैंछ। नवरात्रको आठौं दिन आज (सोमबार) दसैं घर तथा िपूजा कोठामा ९ दुर्गामध्ये आठौं देवी महागौरी भगवती दुर्गाको पूजा–आराधना गरिदैंछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका ९ वटा स्वरुपहरु छन्। जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा…
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन्। दसैंलगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आगामी मंसीर ४ गते हुन गइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु।’…
इन्डोनेसियाको फुटबल खेलका दौरान भागदौड मच्चिएको छ। भागदौड मच्चिँदा कम्तिमा १२७ जनाको मृत्यु भएको छ। हुलदंगा मच्चाउने समर्थकमाथि प्रहरीले टियर ग्यास प्रहार गरेपछि भागदौड मच्चिएको त्यहाँका अधिकारीहरूले बताएका छन्। पूर्व जाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदंगा सुरु भएको थियो। भिडियोमा अन्तिम सिट्टीलगत्तै समर्थकहरू मैदानमा प्रवेश गरेको देखिन्छ। त्यसलगत्तै प्रहरीले टियर ग्यास प्रहार गरेको…
आज आस्विन शुक्ल सप्तमी तिथि, अर्थात दसैं नवरात्रको सातौं दिन। नवरात्रको सातौँ दिन आज (आइतबार) दसैं घर वा पूजा कोठामा ९ दुर्गामध्येकी सातौँ कालरात्री देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैं घरमा फूलपाती पनि भित्राइँदैछ। फूलपाती अपराह्न भित्राउने वैदिक विधि छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ…
निर्वाचन आयोगले असोज २६ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ। आयोगले असोज २३ गतेदेखि २६ गतेसम्म मनोनयन दर्ता गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यक्रम तय गरेको छ। ‘सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा असोज २३ गतेदेखि २६ गतेसम्म उम्मेदवारको मनोनयन दर्ता संचालन हुनेछ। मनोनयन दर्ता असोज २३ गते र उम्मेदवारलाई निर्वाचन चिह्न…
रोहन गुरुङ र सृष्टि रेग्मीले लक्ष्मी आदर्श यूवा क्लव दोस्रो म्याराथन दौड जितेका छन्। पोखरा महानगरपालिका–२७ स्थित स्थानीय युवा क्लबले आयोजना गरेको दोस्रो संस्करणको म्याराथन दौडमा पुरुषतर्फ रोहन र महिलातर्फ सृष्टि विजयी बनेका हुन्। प्रतियोगितामा पुरुषतर्फ रोहनले कच्ची सडकको ४.३ कि.मी.को निर्धारित दूरी १५.४० मिनेटमा पार गर्दै पहिलो बने। त्यस्तै, अनिल गुरुङले १६.२७ मिनेटमा दूरी…
इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। जमजुङ प्रशासनले सार्वजनिक सूचना जारी गर्दै ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो। ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो। हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्तापछि फिर्ता हुनेछन्। हातहतियार…