Author Archive »

इन्जीनियर अमलेश कुमार घुस लिदालिदै दमौलीबाट रंगेहात पक्राउ

इन्जीनियर अमलेश कुमार घुस लिदालिदै तनहँको दमौलीबाट रंगेहात पक्राउ परेका छन्। स्याङ्जास्थित कार्यालयबाट जागिर छुटेर पनि घुस लिन सप्तरीस्थित घरबाट तनहुँ सदरमुकाम दमौली आइपुगेका इन्जिनियर अमलेशकुमार ७५ हजार रुपियाँ घुस लिंदालिंदै पक्राउ परेका हुन्। शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका करार कर्मचारीको म्याद नथप्ने निर्णय भएसँगै स्वत: अवकाश पाएका सप्तरीको बोदेबसाइन नगरपालिका निवासी हुन्। स्याङ्जास्थित…

अन्नपुर्ण केबलकार पुरानो टुँडिखेल तीजमेलाका उप प्रायोजक

अन्नपूर्ण केबलकार पोखराको पुरानो टुँडिखेल तीज मेलाको उपप्रायोजक बन्ने भएको छ। इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउँदो १० देखि १६ भदौसम्म चल्नेछ्। पोखरा १८ सेदीस्थित केबलकारको कार्यालयमा आयोजित एक कार्यक्रममा आयोजक केन्द्रका तर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र तीजमेलाका आर्थिक संकलन उपसमितिका संयोजक बालकृष्ण…

४ सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९५ हजार ९ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला ४ सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ छ। यसको मूल्य अघिल्लो (बिहीबार) दिन प्रतितोला ९५ हजार…

६ भदौमा नेपाल–बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुँदै

नेपाल र बेलायतबीच आउँदो ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीका अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबीच भदौ ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो। श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार पारिसकेको छ। बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र…

पोखरामा यस वर्ष पनि ताया:मचा नृत्य प्रतियोगिता हुँदै

पोखरामा यस वर्ष पनि ताया:मचा नृत्य प्रतियोगिता हुने भएको छ। नेवा: खल कास्कीको आह्वान तथा मोहरिया–सिंहनाथ टोल ताया:मचा समिति पोखराले ताय:मचा नाचको आयोजना गर्न लागेको हो। यही भदौ ४ गते शनिबार पोखराको प्रसिद्ध विन्ध्यबासिनी मन्दिर प्राङ्गणमा रहेको विन्ध्यबासिनी पार्कमा प्रतियोगिता हुने आयोजकले जनाएको छ। प्रतियोगितामा २३ समूहले भाग लिने आयोजक मोहरिया–सिंहनाथ टोल ताया:मचा समितिका अध्यक्ष…

निर्वाचनका लागि ८४ दल दर्ता

आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन् । सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मंसीर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ताको अवधिको अन्तिम दिन हिँजो (मंगलबार, साउन ३१ गतेसम्म) ती दलले दर्ताका लागि निवेदन दिएका हुन्।…

राष्ट्रपति भण्डारी पोखराको ट्होटे पर्वमा सरिक

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा आयोजित तमु जातिको ट्होटे पर्वमा सरिक भइन्। तमु महिलाले लगाउने घलेक पहिरिएकी राष्ट्रपति भण्डारी ट्होटे पर्वकी आकर्षणकी केन्द्र बनेकी थिइन्। ट्होटे पर्व विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समाजबाट सबैखाले कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपनलाई अन्त्य गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘यस्तो राम्रो परम्परा र चलनलाई अब हामीले भूत, रोगव्याधी र…

गुणस्तरीय शिक्षा आवश्यक : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्या भण्डारीले विद्यालयहरुको गुणस्तर कायम राख्न जरुरी रहेको बताएकी छन्। पोखरा महानगरपालिका वडा नम्बर–१६ विन्ध्यबासिनी माध्यमिक विद्यालयको नव निर्मित भवनको समुद्घाटन तथा हीरक जयन्ती समापन समारोह कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै यस्तो बताएकी हुन्। राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको सामुहिक प्रयास आवश्यक पर्ने…

भारतबाट तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो, नेपालमा भने घटेन

भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ। यसअघि, साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो ।…

नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा प्राविधिक जनशक्ति आवश्यक

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले केही प्राविधिक जनशक्तिहरु पदपूर्ति गर्ने भएको छ। परिषदले चालु आर्थिक बर्षको स्वीकृत बार्षिक कार्यक्रम अनुसार विभिन्न अनुसन्धान परियोजनाहरु संचालन गर्न केही प्राविधिक जनशक्तिहरु पदपूर्ति गर्ने भएको हो। परिषदले ती प्राविधिक जनशक्तिले फिल्डमा गई काम गर्न पर्ने स्पष्ट पारेको छ। स्वास्थ्य विषयमा कम्तीमा स्नातक गरेका व्यक्तिले यसका लागि दरखास्त दिन सक्ने जनाएको…