
गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिएको छ। प्रदेशको आन्तरिक मामिला मन्त्रालयअनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो। गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदासम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो। गण्डकी प्रदेशका सरकारी कार्यालय,…
आज आस्विन शुक्ल षष्ठी अर्थात दसैं नवरात्रको छैटौं दिन। आजको दिन ९ दुर्गामध्येकी एक कात्यायनी देवीको पूजा–आराधना गरिदैंछ। नवरात्रको छैटौँ दिन आज (शनिबार) दसैं घर वा पूजा कोठामा ९ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन्। जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ। प्रत्येक वर्ष आश्विन…
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजलाई पुर्नताजकी गर्न विभिन्न प्रकारका मौलिकतामा आधारित सामाजिक परम्परा र मान्यताहरू स्थापित भएको बताएका छन्। नेपालीहरूको महान् पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा महानगरद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सभ्यताले समृद्ध नेपाली समाजलाई थप ऊर्जावान् बनाउन यस्ता प्रकारका पर्वले महत्वपूर्ण भूमिका खेल्ने…
गण्डकीका सांसद आज (शुक्रबार)देखि विदा भएका छन्। प्रदेश संसद सचिवालयले कदरपत्र दिएर उनीहरुलाई विदाई गरेको हो। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबै सांसदलाई कदर पत्र हस्तान्तरण गरे। दसैंको शुभकामना आदान–प्रदानसहित उनीहरुलाई विदाइ कार्यक्रम राखिएको थियो। सांसदको विदाइ भएपनि उनीहरुको अवधीबारे अहिले मुद्धा विचाराधीन छ। यद्यपी, प्रदेश सांसदहरुलाई असोज १ गतेको कदरपत्र वितरण गरिएको हो। सांसदको अवधी…
निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरितका काम भए/नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ। आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरुको अनुगमन गर्ने उद्देश्य राखेर प्रेस अफिसको स्थापना गरेको हो। आज (शुक्रबार) निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रेस अफिसको उद्घाटन गरे। उनले प्रेस अफिसको उद्घाटन गर्दै अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न कामहरु…
पोखरा महानगरपालिका वडा–४ ले बजार अनुगमनलाई तीव्रता दिएको छ। वडा कार्यालयले वडाभित्रको गणेशटोल, रामकृष्ण टोल, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, गै¥हापाटन क्षेत्रमा बजार अनुगमन गरेको हो। वडाध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा गरिएको औषधि पसल, फ्रेस हाउस, खाद्यान्न पसल, होटल तथा रेष्टुरेन्टको अनुगमन गरिएको हो। चाडपर्वको अवसरमा कोही पनि नागरिक नठगिउन्, गुणस्तरीय सामग्री पाउनबाट बञ्चित नहुन् भन्ने लक्ष्यसहित बजार…
आज आस्विन शुक्ल पञ्चमी अर्थात दसैं नवरात्रको पाँचौ दिन। नवरात्रको पाँचौ दिन आज (शुक्रबार) भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजा–आराधना गरिँदैछ। स्कन्दकुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। स्कन्दमाताको यो रुपलाई मातृरुप मानिन्छ। स्कन्दमाताको वाहन सिंह हो। उनलाई भगवान…
पोखरा महानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ। पोखरा महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेको छ। पोखराका मुख्यबजारका पसलहरुमा अनुगमन गरेको हो। महानगर उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा अनुगमन गरिएको हो। अनुगमन अन्तर्गत पोखरा २६ र २७ का ५ वटा खाद्य पसलमा अनुगमन गरेको थियो। अनुगमनमा मुल्यसूची नभएको, पसल दर्ता र दर्ता…
पोखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिले आज (बिहीबार) भेडा च्यांग्राको अनुगमन गरेको छ । पोखराको याम्दीमा बेच्नका लागि मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट ल्याइएका भेडा र च्यांग्रा खानका लागि स्वस्थ र योग्य भए/नभएको परीक्षण गरिएको पोखरा महानगरका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिएका छन्। अनुगमनमा अस्वस्थ देखिएका भेडा, च्यांग्रा बिक्री नगर्न ब्यवसायीलाई…
७ वटै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरुको भेलाबाट पारित निश्कर्षसहितको प्रतिवेदन आज (बिहीबार) गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिएको छ। भदौ ५ र ६ गते पोखरामा भएको भेलाबाट पारित प्रदेशको विकास समीक्षा तथा भावी कार्यदिशा र प्रदेश नीति तथा योजना आयोगहरुको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने कानुनहरुको मस्यौदासहितको विवरण नीति तथा योजना…