Author Archive »

पोखरा आइपुग्यो नवौं राष्ट्रिय खेलकुद ट्रफी

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ अब, ४ दिनमात्र बाँकी छ। राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल बनाउन प्रचार–प्रसारका लागि प्रतियोगिताको ट्रफी टुर गराइँदैछ। प्रतियोगितामा सहभागी ७ वटै प्रदेशमध्ये ६ प्रदेश र ३ विभागीय मुख्यालय हुँदै अन्तिममा आयोजक प्रदेश गण्डकीको राजधानी पोखरामा ट्रफी आइपुगेको छ।ट्रफीलाई आज (सोमबार) पोखरामा सार्वजनिक र महानगर परिक्रमा अर्थात ट्रफी…

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच चुनावी प्रतिस्पर्धा

मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्ता गठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराएका छन्। संघतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो। माओवादी केन्द्रका महासचिव गुरुङलाई गठबन्धनले अघि सारेको हो। प्रदेश सभातर्फ प्रदेश ‘क’ मा काँग्रेसका जिल्ला सभापति…

प्रचण्डले गोरखा–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराए

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा–२ बाट आगामी मंसीर ४ गते हुन गइरहेको आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। अध्यक्ष प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेको डा. बाबुराम भट्टराईको सो निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका हुन्। प्रचण्ड आइतबार भट्टराई र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर गोरखा पुगेका थिए। उनले…

कास्कीको ३ वटै क्षेत्रमा गठबन्धन र एमालेका तर्फबाट उम्मेदवारी दर्ता

कास्कीमा गठबन्धन र एमालेकातर्फबाट ३ वटै क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। कास्कीको निर्वाचन क्षेत्र नं १ बाट गठबन्धनका तर्फबाट नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले उम्मेदवारी दर्ता गराएका छन्। सोही निर्वाचन क्षेत्रको प्रदेशसभा क्षेत्र ‘क’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका दीपक कोइराला र प्रदेशसभा क्षेत्र ‘ख’ का लागि गठबन्धन तर्फबाट काँग्रेसका दीपक गुरुङ (माइला) ले…

नवौं राष्ट्रिय खेलकुदः भोलीदेखि ह्याण्डबल खेल सुरु हुँदै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोली (सोमबार) बाट ह्याण्डबलका खेलहरु सुरु सुरु हुने भएको छ। पुरुषतर्फ गण्डकी प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल हुनेछ। उद्घाटन खेल विहान ८ बजे हुँदैछ। राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति र नेपाल ह्याण्डबल संघले जारी गरेको खेल तालिकाअनुसार सोमबार बिहान ८ बजे हुने खेलमा गण्डकी र मधेश भिड्ने भएका हुन्।…

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बागमतीको सहज जित

नवौं राष्ट्रिय खेलकद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज (आइतबार) भएको खेलमा बागमतीले सूदूरपश्चिम प्रदेशमाथि ८ विकेटले सहज जित हात पारेको हो। सूदूरपश्चिम प्रदेशले दिएको ७२ रनको लक्ष्य बागमतीले १३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्न सफल बन्यो। बागमतीको जितमा कन्चन श्रेष्ठले २५…

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा मधेशको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा आइतबार सुरु उदटन खेलमा मधेशले घरेलु गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो। मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटियो। गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक…

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेट आजदेखि सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आज (आइतबार) देखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयूक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा पोखरा महानगर प्रमुख आचार्यले बलिङ र राखेप सदस्य सचिव घिसिङले ब्याटिङ गरी प्रतियोगिताको उद्घाटन गरे।घरेलु गण्डकी प्रदेश…

कोजाग्रत पूर्णिमा, आज दशैंको समापन गरिदैं

आज आश्विन शुक्ल पूर्णिमाका दिन। अर्थात, दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ। प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन…

पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को तयारी

पोखरा उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेलाको तयारी थालेको छ। संघले आउँदो मंसीरको १६ देखि २५ गतेसम्म ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को घोषणा गरिसकेको छ। स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरण, उद्यमशीलता विकास र नवप्रवर्तन तथा नयाँ उत्पादनबारे जानकारी गराउने उद्देश्यले मेला आयोजना हुन लागेको हो। कोभिड–१९ का कारण २ संस्करणको मेला स्थगित भएकाले यसपटकको…