Author Archive »

साबा महिला बास्केटबलमा नेपाल फेरि पनि उपविजेता

नेपालले साबा महिला बास्केटबल च्याम्पियनसीपमा उपविजेतामै चित्त बुझाएको छ। माल्दिभ्ससँग भएको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला २ खेलमा भुटान र श्रीलंकालाई हराएको थियो। तर, च्याम्पियनसीपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा हिँजो माल्दिभ्सलाई ७२–५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्यो। यसअघि, सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो भएको थियो।…

दसैं नवरात्रको चौथो दिन, आज कुश्माण्डा देवीको पूजा गरिदै

आज आस्विन शुक्ल चतुर्थी अर्थात दसैं नवरात्रको चौथो दिन। नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा ९ दुर्गामध्येकी चौथो कुश्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुश्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी ३ तापलाई कुश्मा भनिन्छ। नवदुर्गामध्येकी…

नवौं राष्ट्रिय खेलकुद: अनुसन्धान उपसमितिको संयोजकमा पराजुली

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित अनुसन्धान उपसमितिको संयोजकमा हरिप्रसाद पराजुलीलाई मनोनयन गरिएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गठित विभिन्न १४ उपसमितिमध्ये अनुसन्धान उपसमितिको संयोजक पद भने रिक्त थियो। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पराजुलीलाई संयोजकको जिम्मेवारी दिएको हो। नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत रहेका पराजुली पूर्व अन्तर्राष्ट्रिय…

नवौं राष्ट्रिय खेलकुद : प्रचार–प्रसारमा पोखरा महानगर अग्रसर बन्दै

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन पोखरा महानगरपालिकाले सघाउने भएको छ। खेलकुद परिषद गण्डकी प्रदेशले प्रतियोगिताका सम्बन्धमा आयोजना गरेका अन्तरक्रिया तथा छलफल कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले यस्तो बताएका हुन्। उनले पोखरा खेलकुदमय भएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचार–प्रसारका विषयमा सरोकारवालासँग बसेर दसैंलगत्तै यसलाई शुरु गर्ने बताए। उनले भने, ‘पोखरा खेलकुदमय बनेको छ…

नवौं राष्ट्रिय खेलकुदः १६ दिन मात्रै बाँकी, तयारी तीब्र

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता काउन्ट डाउनमा अब १६ दिनमात्र बाँकी छ। असोजको २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रतियोगितालाई हाल तिब्रता दिएको छ। प्रतियोगितालाई सम्पन्न गर्न गठित विभिन्न १४ वटा उपसमितिहरुले आफ्नो जिम्मेवारीलाई तिब्रता दिएका छन्। ७ वटै प्रदेश, ३…

साबा च्याम्पियनसीप: नेपालको पहिलो जित

माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसीपमा नेपालले पहिलो जित दर्ता निकालेको छ। मालेस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ५५–४७ ले पराजित गर्दै पहिलो जित हात पारेको हो। पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध ५१–४७ को पराजय भोगेको नेपालले दोस्रो खेलमा पुनरागमन गरेको हो। च्याम्पियनसीपमा नेपालसँगै माल्दिभ्स, श्रीलंका र भुटानको सहभागिता छ। नेपालले…

पोखरा महानगरले बजार अनुगमनलाई तीब्रता दियो

पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ। नेपालीहरुको महान चाडपर्व दसैं, तिहार र छठ नजिकिँदै गर्दा बजार अनुगमन तिव्र पारेको हो। पोखरा महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेको छ। पोखराका मुख्यजारका पसलहरुमा अनुगमन गरिएको महानगर उपप्रमुख एवं उपभोक्ता हित संरक्षणमा संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिएकी छन्। बजार अनुगमन अन्तर्गत पोखरा २५…

आज दसैं नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिदैं

आज असोजको शुक्ल प्रतिपदाको तेस्रो दिन अर्थात चन्द्रघण्टा देवीको पूजा आराधना गरिदैंछ। घटस्थापनासँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्पराअनुसार आज चन्द्रघण्टाको पूजा आराधना गर्ने प्रचलन छ। हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्दछन्। घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको तेस्रो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै छ। घटस्थापनाको दिन राखेको जमरालाई…

मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि नेपाल ३–१ ले विजयी

नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने। उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो। बंगलादेशका सजाद होसेनले १ गोल फर्काए। नेपालले खेलको १८ औं मिनेटमा अन्जनको गोलबाट सुरुआती बनाएको थियो। विमल घर्तिमगरको फ्री–किकमा अन्जनले…

कर्णाली पुग्यो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी

गण्डकी प्रदेशको पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को ट्रफी कर्णाली पुगेको छ। प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश राजधानी वीरेन्द्रनगरमा ट्रफी अनावरण गरेका हुन्। राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री असोज १ गतेबाट ओलम्पियन दीपक विष्टको संयोजकत्वमा ७ प्रदेश र ३ विभागीय टिममा…