
केन्याविरुद्धको टी–२० शृंखलामा नेपाल विजयी बनेको छ। अन्तिम खेलमा ३१ रनको जित दर्ता गर्दै नेपालले शृंखलामा जित हासिल गरेको हो। पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृंखला जितेको हो। नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनायो। केन्याका लागि नेहेमिह…
यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफीलाई चन्द्रागिरीमा प्रदर्शन गरिएको छ। विश्वकप ट्रफीलाई आज (मंगलबार) विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा लगिने योजना भएपनि प्रतिकुल मौसमका कारण मंगलबार आधार शिविरमा भने लग्न सकेन। मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी योजना रहेको थियो। बुधबार बिहान भक्तपुर दरबार स्क्वायर…
एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर (करिव नौ लाख रुपियाँ) जरिवाना गरेको छ। गत असारमा कुवेतमा भएको एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नियमविपरित काम गरेको भन्दै एएफसीले नेपाललाई जरिवाना गरेको हो। एएफसीको अनुशासन तथा इथिक कमिटीले एसियन कप छनोट अन्तर्गत…
नेपाली क्रिकेट टिम आइसीसीको टी–२० वरीयतामा एक स्थान तल झरेको छ। आइसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान खस्किँदै १५ औँ स्थानमा झरेको हो। नेपाल वरीयता क्रममा तल झरेसँगै सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा सोझै छनोट हुने संभावना पनि निकै कमजोर बनेको छ। सो खेलमा १२ देश सोझै प्रतियोगिता छनोट…
नेपाल पत्रकार महासंघका पदाधिकारीहरुले आज (मंगलबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रतिनिधिसभाको कार्यकाल सकिन लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानूनको तर्जुमा हुन नसकेपछि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन महासंघ टोली बालुवाटार पुगेका हुन्। भेटमा महासंघका पदाधिकारीहरुले मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानूनहरु चालू अधिवेशनमा नै छिनोफानो गरिदिन महासंघले प्रधानमन्त्री देउवालाई आग्रह गरे। सञ्चारसम्बन्धी कानून नहुँदा विद्युतीय कारोबार ऐनलगायतका…
आज (मंगलबार) नेप्से परिसूचक २.३३ अंकले बढेको छ। तर, कारोबार रकम भने घटेको छ।v गत दिन (सोमबार) को कारोबार १ अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम २४ करोड ७१ लाख रुपैयाँले घटेको हो।v आज २२६ धितोपत्रको २९ लाख १४ हजार ५०५ कित्ता सेयर १ अर्ब १ करोडमा खरिद–बिक्री भएको छ। नेप्से…
आज (मंगलबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। तीजको दिन मंगलबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि, सोमबार छापावाल सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको…
आज भाद्र शुक्ल तृतीयाका दिन अर्थात हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज। आजको दिनबाट मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक…
हरितालिका तीज पर्वको अवसरमा तनहुँका ३ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले हरितालिका तीज पर्वको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। व्यास नगरपालिका तथा नगरपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र अन्य संघसंस्थामा भदौ ७ गतेको बैठकको निर्णयअनुसार…
नेप्से परिसूचकमा ३.७६ अंकले वृद्धि भएको छ। साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो। पछिल्लो समय निरन्तर रुपमा शेयर बजारमा उत्तारचढाव आइरहेको हो। आइतबार ३३ अंकले गिरावट आएको नेप्से सोमबार ३.७६ अंकले वृद्धि भएर १९९३.०२ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक…