Author Archive »

आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु

आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन्। आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन्। सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको…

छोटो समय, अत्यन्त महत्वपूर्ण : उपसभामुख भुसाल

उपसभामुख पुष्पा भुसाल (गौतम)ले छोटो समय भएपनि आफ्ना लागि अत्यन्त महत्वपूर्ण रहेको बताएकी छन्। आइतबार सिंहदरबारमा उपसभामुखको पदबहाली गर्दै भुसालले भनिन्, ‘उपसभामुख भएसँगै जिम्मेवारी बढेको महसुस गरेको छु। संविधानले उपसभामुखको पदबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारबाही अगाडि बढाउने छु।’ भुसालले सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खेल्ने उल्लेख गरिन्। छोटो समय महत्वपूर्ण रहेको उल्लेख…

उपसभामुख भुसालले गरिन् पद तथा गोपनीयताको शपथ ग्रहण

उपसभामुख पुष्पा भुसाल (गौतम)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। आइतबार राष्ट्रपति भवन शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाबाट उपसभामुख भुसालले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख सापकोटाले प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख गौतमलाई प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा…

नेपालमै उत्कृष्ट, गण्डकी प्रदेशमै नं १ विन्ध्यवासिनी मावि

पोखराको बाटुलचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय कार्यसम्पादन मूल्यांकनमा नेपालमै उत्कृष्ट ५ भित्र परेको छ। साथै, गण्डकीमै विन्ध्यवासिनी एकमात्र परेकोमा बाँकी ४ सामुदायिक मावि अन्य प्रदेशका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सर्वेक्षणमा पोखरा–१६ स्थित विन्ध्यवासिनी नेपालमै उत्कृष्ट ५ विद्यालयभित्र परेको हो ।  आर्थिक वर्ष २०७३/०७४ देखि चालु आव २०७८/०७९ सम्म ५…

सामाजिक बिकास कार्यालय गोरखाको प्रगति ७० प्रतिशत

सामाजिक बिकास कार्यालय गोरखाले आर्थिक वर्ष २०७८/७९ मा ७० प्रतिशत प्रगति हासिल गरेको छ। कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा कार्यालय प्रमुख दीपेन्द्र परियारले चालु वर्ष  पुँजीगततर्फ ८२ र चालुतर्फ ४७ प्रतिशत प्रगति भएको जनाए। २०७८ असोजमा गोरखामा सामाजिक बिकास कार्यालय स्थापना भएको हो। उक्त कार्यालयले चालु वर्ष ३६ वटा योजनामध्ये ३४ वटा पूरा गरेको…

एक वर्षमा ६ लाख २८ हजार नेपालीहरु विदेशिए

चालु आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । कोरोना संक्रमणपछि केही घटेको वैदेशिक रोजगारीको क्षेत्र अहिले लयमा फर्किएको हो। कोभिड–१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिएको…

सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलीकोप्टरमार्फत उद्धार

स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीया सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलीकोप्टरमार्फत अस्पताल लगिएको छ। जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राति शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च बेहोर्ने गरि शनिबार हेलीकोप्टरमार्फत काठ्माण्डौ लगिएको हो। समयभन्दा पहिल्यै ३० हप्तामै…

स्याङ्जा गल्याङका पूर्वमेयर अधिकारीलाई एमालेले गर्‍यो कारबाही

स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई एमालेले अनुशासनको कारबाही गरेको छ। गएको पालिका चुनावमा आफ्नै पार्टीका उमेद्वारलाई अन्तर्घात गरेको आरोपमा अधिकारीलाई कारबाही गरेको हो। अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको एमाले स्याङ्जाले जनाएको छ। एमाले स्याङ्जाका अनुसार २ पटकसम्म सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई पार्टीले कारबाही…

हिमालय एअरलाइन्सले थाल्यो काठमाण्डौ–कुवेत उडान

हिमालय एअरलाइन्सले काठमाण्डौ–कुवेत उडान सुरु गरेको छ। हिमालय एअरलाइन्सले आफ्नो आठौँ गन्तव्यका रुपमा हिँजो (शुक्रबार)देखि काठमाण्डौ–कुवेत उडान थालेको हो। गए राति साढे १० बजे कुवेत उडेको जहाज आज (शनिबार) पुन: यात्रु बोकेर बिहान सवा ९ बजे काठमाण्डौ अवतरण गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य…

पोखराका कवि तेजनाथ घिमिरेको निधन

कवि तेजनाथ घिमिरेको निधन भएको छ । पोखराका कवि घिमिरेको शनिबार बिहान २ बजेर १२ मिनेटमा निधन भएको हो। पोखरा–३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए। घरमै अक्सिजन दिएर उपचार भइरहेकोमा आज (शनिबार) बिहान ८३ वर्षको उमेरमा उनको निधन भएको हो। स्व. घिमिरेका २ श्रीमती, ५ छोरा, २…