
विश्वको २०८ देशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा १/१ जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को संक्रमण फैलिएको देशको संख्या २०८ पुगेको हो । यस्तै, दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोना भाइरस फैलिँदा संक्रमित हुनेको संख्या साढे १२ लाख नाघेको छ । हालसम्म १२…
पोखरा । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन पोखरा महानगरले कोरोना रोकथाम अभियान अन्तर्गत बिहीबार किटनाषक औषधी छर्कने कार्य शुरु गरेको छ । किटनाषक औषधी छर्कने कार्यको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरका विभिन्न ठाउँमा किटनाषक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको हो…
पोखरा । फ्रान्सेली दूतावासले पोखराबाट आफ्ना नागरिकको उद्धार गरेको छ । नेपाल घुम्न आएका आफ्ना पर्यटकहरुलाई विहिबार पोखराबाट विमान नै चार्टर्ड गरेर लगेको हो । नेपालका हिमाली जिल्ला र अन्नपूर्ण पदमार्गमा रहेका पर्यटकहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले उद्धार गरी पोखरा पठाएको थियो । त्यसबाहेक पोखरामा रहेका पर्यटकलाई समेत दूतावासले खवर गरेर एयरपोर्ट भेला हुन सूचना…
पोखरा । गायक दीपक बज्रचार्य र उनको ‘रिदम ब्यान्ड’ हाल क्वारेन्टाइनमा छन् । सरकारले देशभर लक–डाउनको घोषणा गरिरहँदा बज्राचार्यले भने फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाइरहेका छन् । यसैबीच, मनोरञ्जनसँगै उनले सामाजिक सञ्जालमार्फत कोरोनाबारे सचेत पनि गराइरहेका छन् । हालै बज्रचार्यले युट्युबमार्फत ‘लक–डाउन .., लक–डाउन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । जसमा उनले कोरोनाको संक्रमण…
पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न ६ रेष्टुरेण्ट खुलाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण सिर्जित लकडाउनपछि लेकसाइडका सबै रेष्टुरेण्टहरु बन्द भएपछि यहाँ भएका छिटफुट पर्यटक समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीसँगको छलफलपछि ति रेष्टुरेण्टहरु खुलाइने निर्णय भएको रेवान पोखराका अध्यक्ष…
पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले लकडाउनमा विरामी भएर अस्पतालनै लैजानुपर्ने अवस्था आए आफूलाई फोन गर्न वडावासीलाई आग्रह गरेका छन् । उनले आफूले निजी रुपमा प्रयोग गर्दै आएको बा ११ च ६०२१ नम्बरको कारसहित आफू वडावासीलाई विपतका बेलामा सहयोग गर्न तयार रहेको बताएका छन् । लकडाउनका कारण सवारी साधन नपाउँदा…
बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले आर्थिक सहयोग गरेका छन् । ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि १ मिलियन युरो सहयोग गरेका हुन् । ग्वार्डीओलाले मेडिकल सामाग्री खरिदका लागि उक्त रकम सहयोग गरेको समाचार छ । हाल इङ्लिस प्रिममियर लिग क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक ग्वार्डीओला बार्सिलोनास्थित आफ्नै घरमा बसेका छन् । पछिल्लो समय युरोप…
कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आर्थिक सहयोग गरेका छन् । अर्जेन्टिनी राष्ट्रिय टिमका समेत कप्तान मेस्सीले कोरोना भाइरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि १ मिलियन युरो सहयोग गरेका हुन् । मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनीक अस्पतालका लागि सो रकम सहयोग गरेको बताएका छन् । हाल, स्पेनमा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको छ…
पोखरा । आयोजक सहारा क्लबले पोखरामा शुरु १८ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नव निर्मित पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौंको ब्रिगेड ब्वाइजसँग दुई पटक पछि परेरपनि घरेलु सहाराले अन्तिममा जित निकाल्यो । त्रिदेव गुरुङको अन्तिम निर्णायक गोल मद्दतमा आयोजक सहाराले जित निकालेको थियो । त्रिदेवले सहाराका…
पोखरा । नेपालले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमै हार ब्यहोरेको छ । नेपाल थाइल्याण्डमा मलेसियासँग २२ रनले हार ब्यहोरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निधारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । अविनाष बोहोराले २ विकेट लिन सफल भए ।…