
पोखरा । नेपालले वल्र्ड कप एसियन टुरको २०२० तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसीपको क्रसकन्ट्री विधाको टिम इभेण्टतर्फ उपाधि जितेको छ । क्रस कन्ट्रीको टिम इभेन्टतर्फ ४७.८ किलोमिटरको दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको हो । अन्य टिमलाई पछि पार्दै १७ अंक सहित नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।…
पोखरा । सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको विकासको लागि गण्डकी प्रदेश सरकार लागिरहेको बताएकी छन् । पोखरा नदीपुरस्थित पुन यूनाइटेड क्लवले महाशिवरात्रीको अवसरमा आयोजना गरेको महिला, पुरुष तथा प्रौढ भलिवल प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि मन्त्री पुनले खेलको विकासको लागि प्रदेश सरकारले नीतिगत रुपमै अगाडी वढाउने तयारीमा रहेको बताएकी हुन् । मन्त्री पुनले भनिन्,…
पर्वत । विभागीय टिम एपीएफले चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । विभागीय डर्बीमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ लगातार प्रतियोगिताको च्याम्पियन बनेको हो । यस संस्करणको जितसँगै साविक विजेता एपीएफले उपाधि समेत रक्षा गरेको छ । पर्वतको बेनीमा भएको प्रतियोगिताको पहिलो सेट २५–१५ ले गुमाएपछि खेलमा उत्कृष्ट पुनरामगन…
पोखरा । नवलपुरले पोखरामा सम्पन्न पोखरा पल्टन गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली कास्कीको ‘ए’ टिमलाई ४८ रनले पराजित गरेपछि नवलपुरले लिगमा शीर्षस्थान कायम गर्दै उपाधि जितेको हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागी ५ टिमबीचको सुुपर लिगमा नवलपुरले अपराजित…
पोखरा । राष्ट्रिय मावि र जनप्रिय माविले पोखरामा सम्पन्न सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिताको उपाधि उचालेका छन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ राष्ट्रिय माविले वाराही माविलाई पराजित गर्दै तथा छात्रातर्फ जनप्रिय माविले ताल वाराही माविलाई पराजित गर्दै उपाधि…
पोखरा । यस संस्करणदेखि आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । पोखरामा फागुनको २२ गतेदेखि शुरु १८ औं संस्करणको प्रतियोगिताको विजेताले १० लाख, १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउने सहारा क्लब पोखराले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । गत संस्करणसम्म विजेताको ८ लाख १ हजार…
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले पोखरामा थप खेलकुदका संरचनाहरु निर्माण हुने बताएका छन् । पोखरामा सुटिङ रेञ्ज, हिटिङ स्वीमिङ पुल, क्रिकेट ग्राउण्ड र गल्फका संरचनाहरु निर्माण हुने सदस्य सचिव सिलवालको भनाई थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले गण्डकी प्रदेशमा आगामी…
पोखरा । मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो । आर्मीले दिएको आत्मघाती गोलले नै मच्छिन्द्रलाई लिग च्याम्पियन बनायो । बराबरी खेलेपनि लिग च्याम्पियन बन्ने अवस्थामा रहेको आर्मीले ३३…
पोखरा । नेपालकी प्रेरणा कोइराला र भारतका अमन दहिया विश्व वरीयता जुनियर यु–१८ सर्किट–२ टेनिसका च्याम्पियन बनेका छन् । अन्तराष्ट्रिय टेनिस फेडेरेसन (आइटीएफ)को विश्व वरीयताका लागि पोखरामा भएको खेलमा महिलाको एकलतर्फ प्रेरणा कोइराला च्याम्पियन बनेकी हुन् । पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रेरणाले नेपालकै अर्की खेलाडी अभिलाषा बिष्टलाई ६–२, ७–६ (४) र ६–१ ले…
पोखरा । जापानीज धावक ताकानाशी योशिकीले १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन जितेका छन् । भुतपूर्र्व खेलाडी मञ्च पोखराले आयोजना गरेको यस संस्करणको म्याराथनमा ताकानाशीले ४२ दशमलव १९५ कि.मी.को निर्धारित दूरीलाई २ घन्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै म्याराथन जितेका हुन् । त्यस्तै, एपीएफका किरणसिंह बोगटी यस म्याराथनमा दोस्रो बने । हालैमात्र नेपालमै…