
नेपाली काँग्रेस कास्कीले पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाहीको लागि सिफारिस गर्ने भएको छ। नेपाली काँग्रेस कास्कीको आज (बिहीबार) बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकमा पधादिकारी एबं सदस्यहरुले पार्टीभित्र अन्तरघात बढेकोप्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए। बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्यसमितिसमक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो। अन्तरघात गर्नेको…
कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ बाट अष्ट्रेलिया पनि उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। अल जानुब स्टेडियममा बुधबार राति नै भएको खेलमा डेनमार्कलाई १–० ले हराउँदै अष्ट्रेलियाले नकआउट चरणमा स्थान बनाएको हो। खेलको ६० औं मिनेटमा अष्ट्रेलियाका लागि म्याथ्यु लेकीले गोल गरेका हुन्। फिफा विश्वकप फुटबलको इतिहासमा अष्ट्रेलियाले १६ वर्षपछि नकआउटमा…
साविक विजेता फ्रान्सले पनि जारी विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। समूह ‘डी’ बाट फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। समूहमा फ्रान्स र अष्ट्रेलियाले समान ६/६ अंक जोड्यो। गोल संख्याको आधारमा फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता बन्यो। लगातार सुरुवाती २ खेल जितेर नकआउट चरणमा पुगेको फ्रान्सले समूहको अन्तिम खेलमा…
कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह ‘सी’ मै रहेको पोल्याण्ड पनि अन्तिम खेलमा अर्जेन्टिनासँग हारेर पनि उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ। समूहको ३ खेलमा ४ अंक जोडेको पोल्याण्ड गोलसंख्याको आधारमा कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो। यस समूहबाट मेक्सिको र साउदी अरेयिबा प्रतियोगिताबाट बाहिरिएको छ। कतारको लुसाइल रंगशालामा बुधबार नै राति…
अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । समूह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाएको हो। स्टेडिए ९७४ रंगशालामा बुधबार राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलले हरायो। अर्जेन्टिनाको जितमा म्याक एलेक्सिस एलिस्टर र जुलियन अल्भारेजले गोल गरे। खेलको ४६ औं मिनेटमा एलिस्टरले गोल…
पत्रकार यदुनाथ बञ्जाराले पत्रकार बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार पाउँदैछन्। भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार बञ्जारालाई दिने निर्णय गरिएको हो। ईञ्जीनियर स्वर्गिय लेखबहादुर गुरुङकोअक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ। हरेक वर्ष प्रदान गर्दै आएको सुसाशन पत्रकारिता पुरस्कार…
पोखराको नयाँ बजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ। आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलाको सबैजसो तयारी सकिएको हो। मंसीर १६ देखि २५ गतेसम्म आयोजना हुने मेलाको शुक्रबार गण्डकीका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नेछन्। मन्त्री थापा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत…
अमेरिकाले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। समूह ‘बी’ अन्तर्गत अल थुमामा रंगशालामा मंगलबार भएको समूह चरणको खेलमा इरानलाई १–० ले हराउँदै अमेरिका अन्तिम १६ को चरणमा प्रवेश गरेको हो। अमेरिकालाई जित दिलाउन ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे। समूह ‘बी’ बाट इंग्ल्यान्ड विजेताको रुपमा र अमेरिका उपविजेताको…
इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘बी’ अन्तर्गत मंगलबार भएको समूह चरणको निर्णायक खेलमा जित निकाल्दै समूह इंग्ल्यान्डले नकआउट चरणमा प्रवेश गरेको हो। कतारको अल अहमेद बिन अली रंगशालामा भएको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्डले २ र फिल…
सेनेगल कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलले स्तब्ध पार्दै नकआउट चरणमा प्रवेश गरेको हो। सेनेगलले जित्नै पर्ने खेलमा इक्वेडरलाई हराएको हो। खालिफा रंगशालामा भएको खेलमा सेनेगलललाई जिताउन इस्माएला सार र कालिडु कौलीबालीले गोल गरे। इक्वेडरका मोइसेस काइसेडोले गोल गरे। इस्माएला सारले…