समाचार »

स्याङ्जा गल्याङका पूर्वमेयर अधिकारीलाई एमालेले गर्‍यो कारबाही

स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई एमालेले अनुशासनको कारबाही गरेको छ। गएको पालिका चुनावमा आफ्नै पार्टीका उमेद्वारलाई अन्तर्घात गरेको आरोपमा अधिकारीलाई कारबाही गरेको हो। अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको एमाले स्याङ्जाले जनाएको छ। एमाले स्याङ्जाका अनुसार २ पटकसम्म सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई पार्टीले कारबाही…

हिमालय एअरलाइन्सले थाल्यो काठमाण्डौ–कुवेत उडान

हिमालय एअरलाइन्सले काठमाण्डौ–कुवेत उडान सुरु गरेको छ। हिमालय एअरलाइन्सले आफ्नो आठौँ गन्तव्यका रुपमा हिँजो (शुक्रबार)देखि काठमाण्डौ–कुवेत उडान थालेको हो। गए राति साढे १० बजे कुवेत उडेको जहाज आज (शनिबार) पुन: यात्रु बोकेर बिहान सवा ९ बजे काठमाण्डौ अवतरण गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य…

पोखराका कवि तेजनाथ घिमिरेको निधन

कवि तेजनाथ घिमिरेको निधन भएको छ । पोखराका कवि घिमिरेको शनिबार बिहान २ बजेर १२ मिनेटमा निधन भएको हो। पोखरा–३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए। घरमै अक्सिजन दिएर उपचार भइरहेकोमा आज (शनिबार) बिहान ८३ वर्षको उमेरमा उनको निधन भएको हो। स्व. घिमिरेका २ श्रीमती, ५ छोरा, २…

पोखरा महानगरका मेयर धनराजको शाहसिक कदम

पोखरा महानगरका नव निर्वाचित मेयर धनराज आचार्यले शाहसी काम गरेका छन्। अपारदर्शी ढंगले सार्वजनिक जग्गा निजी कम्पनी भाडा लगाउने पूर्व मेयर तथा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष मानबहादुर जिसीले कार्यकालको अन्तिम समयमा गरेको निर्णयलाई नयाँ मेयर आचार्यले खारेज गरेका छन्। पोखरा उपत्यका नगर विकास समितिको बैठकले सो सम्झौता खारेज गर्ने निर्णय गरेको शुक्रबार आयोजित…

२ लाख ५३ हजार रुपैयाँ सहित पोखराबाट ६ जुवाडे पक्राउ

पोखरामा २ लाख ५३ हजारसहित ६ जना जुवाडे पक्राउ परेका छन्। पोखरा महानगरपालिका–८ स्थित नबीन गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरु पक्राउ परेका हुन्। जुवा खालबाट २ लाख ५३ हजार नगदसहित २०८ पत्ती तास समेत प्रहरीले बरामद गरेको छ। पक्राउ पर्नेहरुमा मुस्ताङ जिल्ला थासाङ–३ घर भई पोखरा महानगरपालिका–८, न्यूरोड बस्ने वर्ष ३२ का नबीन गौचन,…

पोखरामा लागू औषधसहित परियार पक्राउ

कास्कीको पोखरामा लागू औषधसहित एक जना पक्राउ परेका छन्। पोखरा–३१ किमबेसीका २५ वर्षीय जीवन परियार करिब साँढे ३ किलो गाँजासहित पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले परियारलाई बिहीबार पौने ८ बजे पृथ्वी राजमार्गको पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। कास्की जिल्लामा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा…

पोखरा हेमजाका बाढी पीडितलाई राहत वितरण

पोखरा महानगरपालिका वडा न. २५ हेमजास्थित बाढी पीडितलाई शुक्रवार राहत वितरण गरिएको छ। क्षतिको किसिम हेरेर पीडितहरुलाई राहतस्वरूप नगद २५ र १५ हजार रुपैया गरी कूल २ लाख वितरण गरेको हो। गण्डकी प्रदेश आन्तरिक तथा मामीलामन्त्री दोवाटे विकले राहत वितरण गरेका हुन्। मन्त्री विकले राहत वितरण गर्दै राहत छिटो दिन सके पीडितलाई मल्हमको काम गर्ने…

पुष्पा भुसाल उपसभामुखमा निर्वाचित

नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम) संघीय संसद प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन्। शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित भएकी हुन्। उपसभामुखका लागि भएको मतदानमा भुसाल १४८ मतसहित विजयी भएका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपसभामुख पदका उम्मेदवार विद्या भट्टराईले ९३ मत पाएकी छन्। तटस्थ १…

वैदेशिक रोजगार बोर्डको नीति तथा कार्यक्रम स्वीकृत

वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ। श्रम मन्त्रालयमा बिहीबार बसेको बोर्डको ७४ औं नियमित बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं बोर्डका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बोर्डको कल्याणकारी कोषको स्रोत परिचालन हुनेगरी…

बजेटमाथि मुख्यमन्त्री पोखरेलको जवाफ

गण्डकी प्रदेश सरकारको बजेटमा आफन्त तथा परिवारलाई समेटेको विषयमा चर्को आलोचना भएपछि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले संसद्मा जवाफ दिएका छन् । मुख्यमन्त्री पोखरेलले सभामुखसँग विशेष समय मागेर ‘बजेट कुनै व्यक्ति र परिवारले दिएको दान उपदान नभएको’ प्रस्ट पारे। मुख्यमन्त्रीले ट्रस्ट वा प्रतिष्ठानका नाममा छुट्ट्याइएको बजेटलाई प्रदेशको प्राथमिकताका आधारमा खर्च गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी समेत…