
मन्दाकिनी हाइड्रोपावर सर्वसाधारणका लागि आज साधारण शेयर (आइपीओ) निष्कासन गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ निष्कासन गर्न लागेको हो। निष्कासन गर्न लागेको कुल आइपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख…
नयाँ आर्थिक वर्ष २०७९/०८० बाट इन्टरनेटको शुल्क घटेको छ। आर्थिक विधेयकमार्फत दूरसंचार सेवा शुल्क १३ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै नयाँ आर्थिक वर्षको सुरूवातबाट सेवा प्रदायकहरूको महसुल दर पनि सामान्य घटेको हो। अन्य शुल्क भने यथावत राखिएको आर्थिक ऐनमा उल्लेख छ। इन्टरनेट सेवा प्रदायकहरूले एकले अर्काको नेटवर्क प्रयोग गरेको अवस्थामा भने इन्टरकनेक्सन चार्ज र…
सर्वोच्च अदालतले केही महिनापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदान गर्नबाट नरोक्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई अस्थायी मतदाता नामावलीको व्यवस्था गरी निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो। निशान्त पोखरेललगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै…
आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन्। आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन्। सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको…
उपसभामुख पुष्पा भुसाल (गौतम)ले छोटो समय भएपनि आफ्ना लागि अत्यन्त महत्वपूर्ण रहेको बताएकी छन्। आइतबार सिंहदरबारमा उपसभामुखको पदबहाली गर्दै भुसालले भनिन्, ‘उपसभामुख भएसँगै जिम्मेवारी बढेको महसुस गरेको छु। संविधानले उपसभामुखको पदबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारबाही अगाडि बढाउने छु।’ भुसालले सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खेल्ने उल्लेख गरिन्। छोटो समय महत्वपूर्ण रहेको उल्लेख…
उपसभामुख पुष्पा भुसाल (गौतम)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। आइतबार राष्ट्रपति भवन शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाबाट उपसभामुख भुसालले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख सापकोटाले प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख गौतमलाई प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा…
पोखराको बाटुलचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय कार्यसम्पादन मूल्यांकनमा नेपालमै उत्कृष्ट ५ भित्र परेको छ। साथै, गण्डकीमै विन्ध्यवासिनी एकमात्र परेकोमा बाँकी ४ सामुदायिक मावि अन्य प्रदेशका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सर्वेक्षणमा पोखरा–१६ स्थित विन्ध्यवासिनी नेपालमै उत्कृष्ट ५ विद्यालयभित्र परेको हो । आर्थिक वर्ष २०७३/०७४ देखि चालु आव २०७८/०७९ सम्म ५…
सामाजिक बिकास कार्यालय गोरखाले आर्थिक वर्ष २०७८/७९ मा ७० प्रतिशत प्रगति हासिल गरेको छ। कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा कार्यालय प्रमुख दीपेन्द्र परियारले चालु वर्ष पुँजीगततर्फ ८२ र चालुतर्फ ४७ प्रतिशत प्रगति भएको जनाए। २०७८ असोजमा गोरखामा सामाजिक बिकास कार्यालय स्थापना भएको हो। उक्त कार्यालयले चालु वर्ष ३६ वटा योजनामध्ये ३४ वटा पूरा गरेको…
चालु आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । कोरोना संक्रमणपछि केही घटेको वैदेशिक रोजगारीको क्षेत्र अहिले लयमा फर्किएको हो। कोभिड–१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिएको…
स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीया सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलीकोप्टरमार्फत अस्पताल लगिएको छ। जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राति शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च बेहोर्ने गरि शनिबार हेलीकोप्टरमार्फत काठ्माण्डौ लगिएको हो। समयभन्दा पहिल्यै ३० हप्तामै…