समाचार »

कोरोनाविरुद्धको लडाइँ जितेर घर फर्किदैँ गरेकी बागलुङकी बृद्धाले भनिन्, ‘मैले आत्मबल बढाएरै कोरोनालाई जितेँ’

पोखरा । कोरोना भाइरसविरुद्वको लडाईँ जितेर बागलुङकी एक बृद्धा १७ दिनपछि घर फर्किएकी छन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि रानामगरले फुल दिएर विदाई गरे । उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएको धौलागिरी…

पाँचौ राष्ट्रिय एनभीय भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगित

पोखरा । यही वैशाखको अन्तिममा आयोजना गर्ने तयारीमा रहेको पाँचौं राष्ट्रिय भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगित गरिएको छ । नेपाल भलिबल संघ एनभीएले शनिबार विज्ञप्ति जारी गर्दै अहिले फैलिएको (कोभिड–१९) को महामारीले गर्दा लिग अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो । लिग वैशाखको २५ देखि जेठको १ गतेसम्म हुने तय भएको थियो । एनभीएले…

कोरोनालाई जितेर २७ दिनपछि घर फर्किएकी युवती भन्छिन, ‘नआत्तिनुस, सजग भएर उपचार गर्दा निको हुन्छ’

पोखरा । कोरोना भाइरस (कोभिड १९) लाई जितेर काठमाण्डौकी १९ वर्षीया किशोरी घर फर्किएकी छिन् । घर फर्किँदै गर्दा उनले कोरोना भाइरसको संक्रमण हुँदा जसलाई पनि डर लाग्ने भएपनि नआत्तिन उनले आग्रह गरेकी छिन् । उनले भनेकी छिन, ‘रोग भन्नेबितिकै हामी सबै आत्तिन्छौँ । तर, नआत्तिनुस, सजग भएर उपचार गराइयो भने कोरोनाको संक्रमण निको हुन्छ…

चीनमा विश्वकै ठूलो एभरगार्ड फुटबल रंगशालाको निर्माण कार्य शुरु

चीनमा विश्वकै ठूलो एभरगार्ड फुटबल रंगशालाको निर्माण कार्य सुरु गरिएको छ । चिनियाँ सुपर लिग क्लब गोन्जाओ एभरगार्डले रंगशालाको निर्माण कार्य सुरु गरेको हो । चीनमा अहिले कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि गोन्जाओले आफ्नो घरेलु रंगाशालाको निर्माण कार्य शुरु गरेको हो । सन् २०२२ सम्म एभरगार्ड रंगशालाको निर्माण कार्यसक्ने लक्ष्य छ । कुल १…

नेपाल सरकारको संघीय संचित कोषमा राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड रुपैयाँ जम्मा

पोखरा । राष्ट्रपति कार्यालयले साँढे ९ करोड रुपैयाँ नेपाल सरकारको खातामा जम्मा गरेको छ । देशमा कोरोना भाइरसको कारण विषम परिस्थिति उत्पन्न भएको भन्दै राष्ट्रपति कार्यालयले आर्थिक वर्ष २०७६/०७७ को विभिन्न शीर्षकको बजेट कटौती गरेर ९ करोड ५० लाख रुपैयाँ सरकारको संघीय सञ्चित कोषमा जम्मा गरिएको जनाएको छ । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको…

सिजनको बाँकी प्रिमियर लिग फुटबल प्रतियोगिता सक्न इङ्लिस क्लबहरु सहमत

यस सिजनको इङ्लिश प्रिमियर लिग फुटबल प्रतियोगिता सक्न क्लबहरु सहमत भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको लिगका बाँकी खेलहरु सक्न क्लवहरु सहमत भएका हुन् । भिडियो कन्फरेन्समार्फत बसेको क्लबहरुको बैठकले सिजनको बाँकी खेलहरु सक्न सहमति जनाएका हुन् । कोरोनाको संक्रमण फैलन सक्ने भन्दै लिग अप्रिल ३० तारिखसम्म स्थगित गरिएको…

युएस ओपन टेनिस प्रतियोगिता निर्धारित समयमै हुने आयोजक अमेरिकी टेनिस संघको दावी

युएस ओपन टेनिसको आगामी प्रतियोगिताको आयोजना निर्धारित समयमै हुने प्रतियोगिताका आयोजकले विश्वास व्यक्त गरेका छन् । अमेरिकी टेनिस संघका प्रमुख कार्यकारी माइक डोसले सबै प्रकारको सम्भावना खुल्ला रहेको र प्रतियोगिताबारे अन्तिम निर्णय जुनमा लिइने बताए । तर, संघको लक्ष्य दर्शकसहितको प्रतियोगिता नै रहेको उनले स्पष्ट पारेका छन् । न्यूयोर्कको नेसनल टेनिस सेन्टर अहिले अल्पकालीन अस्पतालका…

ललितपुरको सातदोबाटोस्थित एन्फा एकेडेमी भवनलाई क्वारिन्टिन बनाइदैं

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा एकेडेमीको भवन क्वारिन्टिनका लागि प्रयोग गरिने भएको छ । ललितपुर महानगरपालिकाको आग्रहमा एन्फाले एकेडेमी भवन प्रयोगका लागि दिन लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको टोलीले बिहीबार एकेडेमीको निरीक्षण गरेका थिए । क्वारिन्टिनका लागि १४ कोठा प्रयोग हुने बताइएको छ । जसमा २० जनासम्मलाई…

महादेशीय क्लब फुटबलको च्याम्पियन्स लिग फाइनल अगस्टको अन्त्यमा गर्ने युइएफएको योजना

महादेशीय क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल युरोपेली फुटबल महासंघ (युइएफए)ले अगस्ट २९ मा गर्ने योजना बनाएको छ। कोरोना भाइरसको महामारीका कारण अप्रिल २३ मा स्थगित प्रतियोगितालाई युइएफएको कार्यसमिति वैठकले प्रतियोगिताका बाँकी खेलहरु कसरी र कहाँ गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । युइएफएले बनाएकामे योजनाअनुसार अगस्ट २९ मा टर्कीको इस्तानबुलमा च्याम्पियन्स…

सबै अन्तराष्ट्रिय फुटबल प्रतियोगिताहरु एक वर्षपछि सार्ने विश्व फुटबल महासंघ (फिफा) को तयारी

विश्व फुटबल महासंघ (फिफा) ले सबै खाले अन्तर्रा्ष्ट्रिय प्रतियोगिता एक वर्ष पछि सार्ने तयारीमा रहेको समाचार छ । यसै वर्षका लागि तय भएका केही ठूला अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरु कोरोना भाइरस महामारीका कारण ठप्प भएका फुटबल प्रतियोगितालाई अर्को वर्षका लागि सार्ने तयारीमा फिफा रहेको हो । विश्व फुटबल महासंघ (फिफा)ले आफूअन्तर्गत हुने सबै खाले अन्तराष्ट्रिय प्रतियोगिता पनि…