खेलकुद »

मोन्टी देशाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

भारतीय प्रशिक्षक मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) को मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। क्यानले सोमबार एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रुपमा देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देशाईलाई सार्वजनिक…

पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु

धनुषाको नकटाझिजमा पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आज (सोमबार)बाट सुरु भएको छ। जिल्लाको मिथिला नगरपालिका र नेपाल हक्की संघले प्रतियोगिताको संयुक्त आयोजना गरेको हो। हिमालय युवा क्लबको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई २–० गोलले हरायो। अर्को खेलमा नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलले हरायो। तेस्रो खेलमा…

फागुन १ देखि मुख्यमन्त्री कप भलिबल प्रतियोगिता

पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता संचालन हुने भएको हो। प्रदेश खेलकुद परिषदको शुक्रबार भएको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको…

पोखरा–२३ लाई अन्तर वडा भलिबलको दोहरो उपाधि

पोखराको वडा नं २३ ले अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोहरो उपाधि जितेको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फ पहिलो हुँदै दोहरो उपाधि जितेको हो। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै…

पोखरामा फागुन १६ देखि सृजना कप भलिवल प्रतियोगिता हुँदै

पाँचौं संस्करणको सृजना कप भलिवल प्रतियोगिता २०७९ आउँदो फागुन १६ देखि पोखरामा हुँदैछ। पोखराको सृजना विकास केन्द्र र कास्की जिल्ला भलिवल संघको आयोजनामा सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आउँदो फागुन १६ गतेदेखि १९ गतेसम्म हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। प्रतियोगितामा विजेता हुने छात्र तथा छात्रा…

पोखरामा अन्तराष्ट्रिय स्तरको आइस हक्की ट्रेनिङ सेन्टर र क्रिकेट मैदान बनाउने मन्त्री गुरुङको प्रतिबद्धता

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले पोखरामा अन्तर्राष्ट्रियस्तरको हाइस हक्की ट्रेनिङ सेन्टर र क्रिकेट मैदान बनाउन बिशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्कीलगायतका विभिन्न खेल संघसंस्थाहरुले मंगलबार पोखरामा संयुक्त आयोजना गरेको मन्त्री गुरुङको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो प्रतिबद्धता…

२२ बैशाखमा सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड

सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार हुने भएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको १९ औं बैठकबाट अवार्ड कार्यक्रम आगामी बैशाख २२ गते गर्ने निर्णय गरी तयारीसमेत थालनी गरिएको मञ्चका महासचिव राजाराम पौडेलले बताएका छन्। स्पोर्ट्स अवार्ड कार्यक्रमका मिति तोकिएपछि प्रतिक्रिया दिँदै मञ्चका अध्यक्ष दीनानाथ बरालले अवार्ड…

घरेलु गण्डकी र एपीएफ टाइगर कप भलिबल च्याम्पियन

घरेलु गण्डकी र विभागीय सशस्त्र प्रहरी बलको एपीएफले तेस्रो संस्करणको टाइगर कप भलिबल च्याम्पियन बनेका छन्। पुरुषतर्फको उपाधि घरेलु गण्डकी प्रदेश र महिलातर्फको उपाधि विभागीय सशस्त्र प्रहरी बल एपीएफ क्लबले जित्दै च्याम्पियन बनेका हुन्। योसँगै गण्डकीले दोस्रो पटक टाइगर कप भलिबलको उपाधि उचालेको हो। पहिलो संस्करणमा पनि गण्डकीले उपाधि उचालेको थियो। गण्डकीले सशस्त्रको एपीएफ क्लबलाई…

कालिका मावि प्रथम कुलपति रनिङ शिल्ड फुटबल च्याम्पियन

पोखराको कालिका माध्यामिक विद्यालय प्रथम कुलपति रनिङ शिल्ड च्याम्पियन बनेको छ। गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि जित्दै कालिका माध्यमिक विद्यालय च्याम्पियन बनेको हो। पोखरा रंगशालामा आज (शुक्रबार) भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले हराउँदै कालिकाले उपाधि जितेको हो। कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले…

टाइगर कप भलिबल: पुरुषतर्फ गण्डकी र एपीएफ फाइनलमा

पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र विभागीय सशस्त्र प्रहरी बलकामे एपीएफ क्लब उपाधिका लागि भिड्ने भएका छन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा भइरहेको ‘तेश्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता’ मा दुबै टिमले फाइनलमा स्थान…