खेलकुद »

पीएम कप एनभीए भलिबल: पुरुषतर्फ गण्डकीको लगातार दोस्रो जीत

घरेलु गण्डकी प्रदेशले नवौं संसकरणको पीएम कप एनभीए लिग भलिबलमा पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको छ। गण्डकीले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको आफ्नो दोस्रो खेलमा घरेलु गण्डकीले आर्मीमाथि २५–१९, २५–१७ र २५–१८ को जीत निकाल्यो। २ खेलबाट गण्डकीले ५ अंक बटुलेको छ। गण्डकीले…

पीएम कप एनभीए भलिबल: पुरुषतर्फ पुलिसको लगातार दोस्रो जित

विभागीय नेपाल पुलिस क्लबले नवौं संस्करणको पीएम कप एनभीए लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ। पुलिसले कोशी प्रदेशलाई सोझो सेटमा हरायो। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा पुलिसले कोशीलाई कुनैपनि अवसर नै दिएन। पुलिस २५–१२, २५–२९ र २५–१५ ले विजयी बन्यो। विहीबार पुलिसले मणि मुकुन्दलाई पनि सोझो सेटमै हराएको थियो। लगातार दोस्रो…

पीएम कप एनभीए भलिबल: महिलातर्फ विभागीय पुलिसको शानदार जीत

साबिक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एनभीए भलिबल लिगको महिलातर्फ आफ्नो पहिलो खेलमा शानदार जित दर्ता गरेको छ। पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको महिलातर्फको दोस्रो खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। विभागीय टोली पुलिसले खेल २५–१९, २५–१८,२५–१८ ले आफ्नो पक्षमा पार्‍यो। जीतसँगै पुलिसले ३ अंक जोड्यो। पराजित एभरेस्टको…

पीएम कप एनभीए भलिबल: न्यु डायमन्ड स्पोर्ट्सको शानदार जीत

न्यु डायमन्ड स्पोर्ट्स क्लबले प्रधानमन्त्री कप एनभीए लिगको महिलातर्फ शानदार सुरुआत गरेको छ। पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको पहिलो खेलमा न्यु डायमन्डले कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई ३–० सोझो सेटमा हरायो। एकतर्फी खेलमा न्यु डायमन्डले २५–१३, २५–१०, २५–१० ले आफ्नो पक्षमा पार्‍यो। जीतसँगै न्यु डायमन्ड स्पोर्ट्सले महत्वपूर्ण ३ अंक जोड्यो। कर्णलीको भने यो लगातार…

पीएम कप एनभीए भलिबल: पुरुषतर्फ मणिमुकुन्दमाथि पुलिसको जीत

नेपाल पुलिस क्लबले नवौं संस्करणको पीएम कप एनभीए भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले जीत हात पारेको छ। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा ३ भारतीय खेलाडी सम्मिलित मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको हो। पुलिसले मणिमुकुन्दमाथि २९–२७, २५–२० र २६–२४ को जीत आफ्नो पक्षमा पार्‍यो। यसैगरी, पुरुषतर्फ टिप टप…

पीएम कप एनभीए भलिबल: पुरुषतर्फ हेल्प नेपालको शानदार जीत

साविक विजेता टिप टप हेल्प नेपालले नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा सानदार विजयी सुरुवात गरेको छ। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको पुरुषतर्फको तेस्रो खेलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गर्‍यो। पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ हेल्प नेपाल ३०–२८ ले बाजी मार्न सफल भयो।…

पीएम कप एनभीए भलिबल: पुरुषतर्फ गण्डकीको पनि विजयी सुरुवात

घरेलु गण्डकी प्रदेशले नवौं संस्करणको प्रधानमन्त्री कप भलिबल लिगको पुरुषतर्फ विजयी सुरुवात गरेको छ। पाकिस्तानी खेलाडी सहभागी गण्डकीले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशमाथि ३–१ को सेटले जीत निकाल्यो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको आफ्नो पहिलो खेलमा गण्डकीले कोशीलाई २५–१५, २५–२१, २५–२२ र २५–२० ले हरायो। त्यसअघि, विहीबार नै भएको पुरुषतर्फको पहिलो खेलमा विभागीय एपीएफले सूदूरपश्चिम…

पीएम कप एनभीए भलिबल: पुरुषतर्फ पनि विभागीय एपीएफको विजयी सुरुवात

विभागीय सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबले नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फ विजयी सुरुवात गरेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा विहीबार सुरु भएको भलिबल लिग अन्तर्गत पुरुषतर्फको पहिलो खेलमा जीत निकालेको हो। लिग अन्तर्गत विहीबार पुरुषतर्फको पहिलो खेलमा विभागीय एपीएफले सूदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो। एकतर्फी जीत निकाल्ने क्रममा विभागीय एपीएफ…

पीएम कप एनभीए भलिबल सुरु, महिलातर्फ एपीएफको विजयी सुरुवात

नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा विभागीय सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा विहीबार सुरु भएको भलिबल लिगमा कर्णाली प्रदेशमाथि ३–० को सेटमा जीत निकाल्दै नेपाल एपीएफ क्लबले पहिलो खेलबाट विजयी यात्रा सुरुवात गरेको हो। एपीएफले कर्णालीमाथि २५–१०,२५–१०, २५–१५ को सहज जीत निकाल्यो। अब महिलातर्फको दोस्रो…

पीएम कप एनभीए भलिबल: महिलातर्फ विभागीय आर्मीमाथि एभरेष्टको जीत

एभरेष्ट भलिबल क्लबले पोखरामा आज सुरु भएको नवौं संस्करणको पीएम कप एनभीए भलिबल लिगमा विजयी सुरुवात गरेको छ। एभरेष्टले आफ्नो पहिलो खेलमा विभागीय सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको हो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा पहिलो सेट २२–२५ ले गुमाएको एभरेष्टले त्यसपछि विभागीय आर्मीमाथि लगातार २५–१९, २५–१७,२५–१३ ले सेट आफ्नो पक्षमा पार्‍यो। राष्ट्रिय टोलीकी…