
स्याङजाको भलिबल टोली ‘ गण्डकी प्रदेशस्तरीय म्याग्दी कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। म्याग्दीको बेनीबजारस्थित खेल मैदानमा बुधबार सम्पन्न फाइनलमा घरेलु टोली म्याग्दीलाई ३–२ को प्रतिस्पर्धात्मक खेलमा हराउँदै स्याङजाले उपाधि जितेको हो। घरेलु म्याग्दीको युवा टोलीले पाहुना टोली स्याङजालाई पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट १९–२५ ले गुमायो। तेस्रो सेट झनै…
न्यु–डायमण्ड, नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। न्यु–डायमण्डले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई सोझो ३ सेटमा हराउँदै च्याम्पियन बनेको हो। हेटौंडामा बुधबार भएको फाइनल खेलमा न्यु–डायमण्डले एपीएफमाथि २५–१२, २५–२३ र २५–१८ को सोझो सेटमा जित निकाल्यो। च्याम्पियन बनेको न्यु–डायमण्डले उपाधिसहित नगद ५ लाख पुरस्कार जित्यो। उपविजेता बनेको एपीएफ क्लबले रनर–अफ ट्रफीसहित ३…
एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार दोस्रो खेल जितेको छ। आज (मंगलबार) भएको खेलमा नेपालले जापानलाई ९ विकेटले हरायो। जापानले दिएको ८१ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो। नेपालका लागि सिवान्स बजगाईँले अविजित ३८ रन बनाए। प्रसिद्ध जोशीले अविजित ३३ रन बनाए। जापानका केइसीइ कोबायशी डोगेटले…
एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ। मलेशियामा आज (आइतबार) भएको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हरायो। सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो। नेपालका प्रसिद्ध जैशीले सर्वाधिक ५५ रन बनाए। रौनक श्रीवास्तवले ४० रन जोडे। सिंगापुरका आकाश तेजाले ३ विकेट लिए। यसअघि,…
त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले हराएको छ। स्कटल्यान्डमा चलिरहेको श्रृंखला अन्तरर्गत नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्बाधिक ६५ रन बनाए। कुशल ११ औं अर्धशतक बनाउँदै नेपालबाट टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी बनेका छन्। यस्तै,…
स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ। मंगलबार भएकोे खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो। स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए। स्कटल्यान्डका माइकल लिस्क र सफियान सरिफले समान…
स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ। नेदरल्यान्ड्सले जीतका लागि दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। निक्कै प्रतिस्पर्धात्मक खेलमा पहिलो सुपर ओभरमा नेपालले १९ रन बनायो। जवाफमा नेदरल्यान्ड्सले पनि १९…
विभागीय शसस्त्र प्रहरी बलको एपीएफ क्लव पहिलो संस्करणको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको विभागीय फाइनल डर्बीमा नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ क्लब च्याम्पियन बनेको हो। एपीएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गर्यो। विजेता एपीएफले उपाधिसहित नगद…
आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल २ रनले पराजित भएको छ। स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ३२१ रनमा अलआउट बन्यो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रन बनाए। सोमपाल कामीले ६७ रन थपे। दीपेन्द्रसिंह ऐरीले ५६ रन जोडे। स्कटल्यान्डका म्याकेन्जी जोन्सले ३ विकेट लिए। यस्तै सफियान शरीफ…
नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि महिलातर्फ नेपालकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले जितेका छन्। प्रतियोगिताको महिलातर्फ सन्तोषीले १ घण्टा ३१ मिनेट ४३ सेकेन्डमा दुरी पार गरिन्। यस्तै, महिलातर्फ आर्मीकी निशा सार्की दोस्रो भइन्। सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारी तेस्रो भइन्। त्यस्तै, प्रतियोगितामा पुरुषतर्फ जुलियसले १ घण्टा १६ मिनेट ४८ सेकेन्डमा…