खेलकुद »

नेपालले मैत्रीपूर्ण फुटबल खेलमा घरेलु हङकङसँग गोलरहित बराबरी खेल्यो

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा घरेलु टोली हङकङसँग उसकै घरेलु मेदानमा गोलरहित बराबरी खेलेको छ। सो कोन पोमा रहेको हङकङ रंगशालामा विहीबार बेलुका भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो। नेपालले हङकङसँग ३७ वर्षपछि खेलेको हो। यसअघि, नेपालले सन् १९८८ मा काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा खेलेको थियो। त्यो खेल पनि बराबरीमा…

पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै

पोखरामा पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ। नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा यही जेठको २७ देखि ३१ गतेसम्म पोखरामा भलिबल प्रतियोगिता हुन लागेको बुधबार पत्रकार सम्मेलनमा एकेडेमीले जनाएको छ। ०७५ सालमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यो खेलको विकासमा थप योगदान गर्न प्रतियोगिता सुरु गर्न लागिएको कोइरालाले बताए। प्रतियोगितामा…

विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो

आइसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ। स्कटल्यान्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो। नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका आरिफ शेखले सर्वाधिक ७८ रन बनाए । खेलमा अर्धसतक बनाएका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए।…

सेनाका तिलकबहादुर सुनुवार र सुनमाया बुढाले जिते अन्नपूर्ण म्याराथन

तिलकबहादुर सुनुवार र सुनमाया बुढाले पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन जितेका छन्। पुरुषतर्फ तिलक र महिलातर्फ सुनमायाले म्याराथन जितेका हुन्। विभागीय नेपाली सेनाका प्यूठ तिलकले ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै च्याम्पियन बने। म्याराथन च्याम्पियन बनेका तिलकले १ लाख ५० हजार पुरस्कार जिते। त्यस्तै, पुरुषतर्फ विभागीय नेपाली सेनाकै सुवेदार होमलाल श्रेष्ठले ४ घण्टा…

कुशल पुर्जाले जिते अन्नपूर्ण ‘ट्रेल रेस’ को उपाधि

म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले अन्नपूर्ण ‘ट्रेल रेस’ को उपाधि जितेका छन्। अन्नपूर्ण हिमाल आरोहणको ७५ औं वार्षिकोत्सवका अवसरमा मंगलबार म्याग्दीमा आयोजना गरिएको अन्नपूर्ण ‘ट्रेल रेस’ मा कुशल पहिलो बने। ४ हजार ९१ मिटर उचाईको अन्नपूर्ण आधार शिविरदेखि अन्नपूर्ण–४ नारच्याङ गाउँसम्म मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा ३६ किलोमिटरको दूरी कुशलले २ घण्टा ४७…

नेपाल दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा पनि थाइल्यान्डसँग पराजित

नेपालले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा लगातार दोस्रो हार व्यहोरेको छ। नेपाल, थाइल्यान्डसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पनि २–० ले पराजित भएको छ। थाइल्यान्डको थम्मासत रंगशालामा सोमबारसम्पन्न खेलमा घरेलु टिमलाई जीत दिलाउन चात्चावन रोथ्डोङ र जिरापोनले मोगंकोल्डेले १/१ गोल गरे। नेपालले दुवै गोल दोस्रो हाफमा व्यहोरेको हो। खेलको ६० औँ मिनेटमा चात्चावनले फ्रीकिक गोलमा थाइल्यान्डलाई अग्रता मिल्यो।…

नेपाल अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग पराजित

नेपालको महिला राष्ट्रिय फुटबल टोली पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ। थाइल्यान्डको क्लोज डोरमा शुक्रबार भएको खेलमा थाइल्यान्डसँग १–० गोलअन्तरले नेपाल पराजित भयो। पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरीमा रोक्न सफल बन्यो। खेलको दोस्रो हाफमा भने थाइल्यान्डले नेपाललाई १ गोल हानेको हो। एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय…

हेल्प नेपाल पुरुषतर्फ पाँचौं पटक पीएम कप एनभीए भलिबल च्याम्पियन

साविक विजेता टिप टप हेल्प नेपाल एनभीए भलिबल लिगको पाँचौ पटक च्याम्पियन बनेको छ। हेल्प नेपालले नवौं संस्करणको पीएम कप एनभीए लिगको पुरुषतर्फको उपाधिसमेत रक्षा गरेको छ। हेल्प नेपालको यो पाँचौं एनभीए लिग उपाधि हो। हेल्प नेपालले एनभीए भलिबलको उपाधिसहित सर्वाधिक पुरस्कार राशि नगद ८ लाख जित्यो। उपविजेत ाबनेको गण्डकीले नगद ४ लाख पुरस्कार जित्यो।…

नेपाल पुलिस क्लब महिलातर्फ पीएम कप एनभीए भलिबल च्याम्पियन

साबिक विजेता विभागीय नेपाल पुलिस क्लबले महिलातर्फ नवौं संस्करणको भलिबल लिगमा च्याम्पियन बनेको छ। पुलिस क्लबले लगातार पीएम कप एनभीए भलिबल लिगको उपाधि रक्षासमेत गरेको छ। पुलिसले फाइनलमा टिपटप न्यु–डायमण्ड युथ स्पोर्ट्सलाई फाइनलमा ३–१ को सेटमा हराउँदै उपाधि रक्षा गर्‍यो। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा विहीबार भएको फाइनलमा पुलिसले न्यु–डायमण्डलाई २५–२०, २२–२५, २८–२६ र २५–१४…

पीएम कप एनभीए भलिबल: पुरुषतर्फ मणि मुकुन्दको पहिलो जीत

पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लबले नवौं संस्करणको पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पहिलो जीत निकालेको छ। पोखरा रंगशालाको कभर्ड हलमा शुक्रबार भएको अन्तिम खेलमा मणिमुकुन्दले विभागीय सशस्त्र प्रहरी बलको टोली नेपाल एपीएफ क्लबलाई ३–१ सेटमा हराएको हो। प्रतिस्पर्धात्मक खेलमा मणि मुकुन्दले विभागीय एपीएफमाथि २८–२६, १६–२५, २५–२१ र २५–२० कठिन जीत निकाल्यो। जारी लिगमा…