खेलकुद »

दर्शकको मन जिते खेलाडी सधैँ बाँचि रहन्छ – मुख्यमन्त्री

पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ। प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे। छोटो मन्तव्यमा उनले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गरे।  उनले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए। ‘तपाईंहरु सबैले जित्नुहोस्,’ उनले भने, ‘पुरस्कार जित्ने एक…

मनाङ मर्स्याङ्दी फुटबल क्लब मकवानपुर गोल्ड कप च्याम्पियन

मनाङ मस्र्याङ्दी क्लब पाँचौँ स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। हेटौँडा उपमहानगरपालिका–४ को पिप्ले क्याम्प रंगशालामा बुधवार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलले हराउँदै मनाङ च्याम्पियन बनेको हो। मनाङलाई उपाधि जिताउन रोशन रानामगरले गोल गरे। निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा…

केन्याका स्टेफन दोस्रो पटक पोखरा म्याराथन च्याम्पियन

केन्याका धावक स्टेफन कोसगेईले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा दोस्रो पटक च्याम्पियन बनेका छन्। उनले आज (शनिबार) विहान पोखरामा भएको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको च्याम्पियन बनेसँगै दोस्रो पटक उपाधि हात पारेका हुन्। उनले १६ औं संस्करणमा पनि पहिलो सहभागिता जनाउँदै पहिलो पटक उपाधि उचालेका थिए। सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको उपाधि…

पोखरा महिला हाफ म्याराथनको उपाधिमा राजपुराको ह्याट्रिक

विभागीय नेपाल पुलिसकी राजपुरा पछाईले पोखरामा भएको १७ औं संस्करणको महिला हाफ म्याराथनको उपाधि जितेकी छिन्। महिलातर्फको हाफ म्याराथनको उपाधि उचाल्दै राजपुराले योसँगै पोखरामा ह्याट्रिकसमेत गरिन्। महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने राजपुरा पहिलो धाविका समेत बनिन्। राजपुराले २१ किमीको निर्धारित दूरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन्। गत वर्षको उनको समय १ घण्टा…

पोखरा म्याराथन: लमजुङका बस्नेत गण्डकी प्रदेश च्याम्पियन

लमजुङका रामजी बस्नेतले १७ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि जितेका छन्। रामजीले आज (शनिबार) विहान पोखरामा भएको म्याराथनमा गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धाको उपाधि जितेका हुन्। उनले २ घण्टा ४१ मिनेट ३२ सेकेण्डको समयमा पूरा गरे। उपाधिसँगै बस्नेतले नगद ५० हजार राशी हात पारे। गोखराका निरज भट्ट क्षत्री दोस्रो बन्दै नगद ३० हजार पुरस्कार पाए। उनले…

आशाले जितिन् १० किलोमिटर महिलातर्फको पोखरा म्याराथन

विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) की आशा रावतले १० किलोमिटर महिला तर्फको पोखरा म्याराथन जितेकी छिन्। पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिलातर्फको इभेण्टको उपाधि सशस्त्र प्रहरी बलकी आशाले जित्दै नगद ३० हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पारिन्। आशाले निर्धारित दूरी ५० मिनेट १२.३ सेकेण्डमा पूरा गर्दै उपाधि आफनो नाममा लेखाइन्। नेपाल पुलिसकी धाविका बृष्मा कुमालले…

सञ्जयले जिते १० किलोमिटर पुरुषको पोखरा म्याराथन

नेपाली सेनाका सञ्जय श्रेष्ठले पोखरा म्याराथनको १० मिलोमिटर पुरुषतर्फको दौड जितेका छन्। कास्कीमा सुरु भएको १७ औं अन्तर्राष्ट्रिय पोखरा म्याराथनको १० मिलोमिटर पुरुषतर्फ सञ्जय श्रेष्ठ विजयी भएकी हुन् । श्रेष्ठले ३६ मिनेट २९.९ सेकेण्डको समय लगाउँदै उपाधि आफनो नाममा बनाए। उनले ३० हजार नगद पुरस्कार जिते। त्यस्तै, नेपाली सेनाकै धावक सुवास कार्की दोस्रो बन्दै नगद…

नारायणीले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको ५ किमिको छात्रा दौड जितिन्

छोरेपाटन माविकी नारायणी भण्डारीले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको ५ किमिको छात्रा दौड जितेकी छिन्। ५ किलोमिटर छात्रातर्फको दौडमा नारायणी प्रथम भएकी हुन्। त्यसैगरी, इन्द्र राज्यलक्ष्मी माविकी आइतीमाया घले दोश्रो बनिन्। इन्द्र राज्यलक्ष्मी माविकै मेनुका अधिकारी तेश्रो भइन्। बागलुङको श्री रेसा नुनथला माविका बादल कार्कीले छात्रतर्फको ५ किलोमिटर दौड जिते। छोरेपाटन माविका तेन्जोन रोका दोश्रो भए।…

१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको झलक (फोटोफिचर)

१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको छ। नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा आज (शनिबार) विहान ६ बजे १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको हो। म्याराथनको विभिन्न ८ विधामा ८ हजार बढिको सहभागिता छ। यस वर्षको खुल्ला म्यारथनमा १५० जना धावकहरु छन्। महिलातर्फको हाफ म्याराथनमा ३५ जना बढिको सहभागिता…

पोखरा म्याराथनलाई पर्यटन व्यवसायीको साथ

फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सघाउने पोखराका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन्। आयोजक नेपाल भूतपूर्व (भूपू) खेलाडी मञ्चले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले विगतका बर्षहरूमा जस्तै यस बर्षपनि सघाउने बताएका हुन्। नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले म्याराथन पोखराको ब्राण्ड भएको र खेल पर्यटनसँग जोडिएको बताए।…