खेलकुद »

मैत्रीपूर्ण फुटवलमा स्पेनको काथेरेन्यो क्लब विजयी

स्पेनको कारेरेन्यो फुटबल क्लब मैत्रीपूर्ण फुटबल खेलमा विजयी बनेको छ। पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपूर्ण फुटबल खेलमा घरेलु टोली गण्डकी–११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी बनेको हो। ‘शान्तिका लागि फुटबल‘ मूल नारासहित लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा मैत्रीपूर्ण खेल भएको हो। स्पेनको ‘बी’ डिभिजनको काथेरेन्यो क्लवले गण्डकी–११ लाई ३–० गोल अन्तरले पराजित गरी…

स्पेनिस काथेरेन्यो र गण्डकी–११ को मैत्रीपूर्ण फुटबल आज

स्पेनिस फुटबल टोली काथेरेन्यो र गण्डकी–११ को पोखरामा  (बुधबार) हुँदैछ। मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ। आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको ‘बी’ डिभिजनको काथेरेन्यो क्लव र गण्डकी–११ बीच आज (बुधबार) पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजनासहित संपूर्ण व्यवस्थापन मिलाएको छ। पोखरा रंगशालामा बुधबार दिउँसो २:३० बजेपछि हुने उक्त मैत्रिपूर्ण फुटवल प्रतियोगिताको अन्तिम तयारी पूरा…

आहा ! रारा पोखरा गोल्डकप फुटबलको तयारी पूरा

२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ। पोखरा रंगशालामा संचालन हुने प्रतियोगिता पुस १४ देखि २३ सम्म आयोजना हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा आयोजक सहारा क्लबसहित विभागीय साविक विजेता एपीएफ क्लब,…

काथेरेन्यो र गण्डकीको मैत्रीपूर्ण फुटबल खेल तयारी पूरा

स्पेनिस फुटबल टोली काथेरेन्यो र गण्डकी–११ को पोखरामा भोली (बुधबार) हुने मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ। आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको ‘बी’ डिभिजनको काथेरेन्यो क्लव र गण्डकी–११ बीच भोलि (बुधबार) पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको जनाएको हो। पोखरा रंगशालामा बुधबार दिउँसो २:३० बजे पछि हुने उक्त मैत्रिपूर्ण फुटवल प्रतियोगिताको…

पोखरा आइपुग्यो स्पेनिस फुटबल टोली काथेरेन्यो

स्पेनिस फुटबल टोली काथेरेन्यो मैत्रीपूर्ण फुटबल खेलका लागि आज (मंगलबार) पोखरा आइपुगेको छ। उक्त मैत्रिपूर्ण फुटवल खेल ‘शान्तिको लागि फुटबल’ भन्ने मूल नारासहित पोखरामा आयोजना हुन लागेको फुटबल प्रतियोगिताको लागि आज बिहान ५५ जनाको स्पेनिस जम्बो टोली पोखरा आइपुगेको हो। काथेरेन्यो टोली काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै पोखरा आई पुगेको हो। स्पेनिस फुटबल टोली काथेरेन्यो…

पोखरामा माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

पोखरामा आज (सोमबारदेखि) १९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु भएको छ। माछापुच्छ्रे बैंकको मुख्य प्रायोजन र कास्की जिल्ला टेनिस संघको आयोजनामा प्रतियोगिता भएको हो। पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको प्रतियोगिताको पहिलो दिन भेट्रान्सतर्फका ५१ प्रतिस्पर्धा सकिएको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिएका छन्। जसअनुसार प्रतियोगितामा ३५, ४५ र ५५ वर्षमाथि सिंगल्स…

पोखरामा राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुँदै

पोखरामा बुधबारदेखि प्रथम राष्ट्रिय खुला व्याडमिन्टन प्रतियोगिता हुँदैछ। प्रतियोगिताको १२ इभेण्टमा २५ जिल्लाका ३ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउँदैछन्। राष्ट्रिय प्रतियोगिताको लागि कास्की जिल्ला व्याडमिन्टन संघ अन्तिम तयारीमा जुटेको सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुशीलकुमार श्रेष्ठले जानकारी दिएका छन्। प्रतियोगितामा विभिन्न २५ जिल्लाका ३ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने संघका सचिव फणिन्द्र…

१९ औं संस्करणको माछापुच्छ्रे टेनिस पुसको ११ गतेबाट पोखरामा

कास्की जिल्ला टेनिस संघले ‘१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रानस टेनिस प्रतियोगिता २०७९’ तयारी सुरु गरेको छ। यही पुसको ११ गतेबाट १५ गतेसम्म पोखरा रंगशालाको टेनिस कोर्टमा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा प्रतियोगिता हुने भएको हो। माछापुच्छ्रे टेनिस प्रतियोगितामा अहिलेसम्मकै ठूलो सहभागिता रहने कास्की टेनिस संघका उपाध्यक्ष नविन चालिसेले जनाएका छन्। पोखरामा शुक्रबार आयोजित पत्रकार…

आहा ! रारा पोखरा गोल्ड कपको खेल तालिका सार्वजनिक

गण्डकी प्रदेशकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता–२०७९ को खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार उद्घाटन खेलमा आयोजक सहारा क्लवले धरान फुटवल क्लवसँग प्रतिस्पर्धा गर्ने भएको छ। यही पुसको १४ गतेदेखि पोखरा रंगशालामा संचालन हुने २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा र धरान फुटवल क्लवबीच उद्घाटन…

बागलुङदेखि पोखरा जोड्ने ‘टुर दी पोखरा’ सकियो

यस बर्षको ‘टुर दी पोखरा’ कार्यक्रम अन्तगत विहिबार ७२ किलोमिटर दूरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली गरिएको छ। ‘टुर दी पोखरा’ अन्तर्गत फ्रान्समा हुने ‘साइकल टुरकै’ झल्को दिनेगरी बिहीबार बागलुङदेखि पोखरासम्मको मन्दिर जोड्ने गरी उक्त कार्यक्रम गरिएको ‘टुर दी पोखरा’का संयोजक राजन गोङ्गजुले बताए। उक्त र्‍यालीमा १० बर्षीय लुकास भट्टराईदेखि ७३ बर्षका…