खेलकुद »

ललितपुर सिटी एफसी, दोस्रो पटक नेपाल सुपर लिगको च्याम्पियन

ललितपुर सिटी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको च्याम्पियन बनेको छ। काठमाण्डौंको दशरथ रंगशालामा आज (शनिबार) भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले लगातार एनएसएलको उपाधि उठायो। यस सिजनको सुपर लिगमा ललितपुरले अपराजित रहँदै उपाधि जित्न सफल बन्यो। उपाधि विजेता ललितपुरले उपाधिसहित ८० लाख रुपैयाँ पुरस्कार…

विभागीय डर्बीमा एपीएफ क्लब लुम्बिनी कपको च्याम्पियन

विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। अर्को विभागीय नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि उचाल्यो। इञ्जुरी समयमा गीता रानाको हेडर गोल नै एपीएफलाई बिजयी बनाउन सफल भयो। ८ टोली सहभागी प्रतियोगिताको विजेता एपीएफले ५…

पोखरा थन्डर्स, पहिलो पटक नेपाल सुपर लिग फुटबल फाइनलमा

नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि पोखरा र ललितपुरले फाइनल खेल्ने भएका छन्। काठमाण्डौंको त्रिपुरेश्वरस्थित आज (बुधबार) भएको दोस्रो क्वालिफायर खेलमा पोखरा थन्डर्स एफसीले धनगढी एफसीलाई हराउँदै ललितपुरसँगको भेट पक्का गरेको हो। ललितपुरले यसअघि नै पहिलो एलिमिनेटर खेलमा धनगढी एफसीलाई हराउँदै फाइनल पुगिसकेको छ। पोखराले पहिलो एलिमिनेटर खेलमा चितवन एफसीलाई ३–० फरक गोल अन्तरमा…

पोखरा थन्डर्स एफसी नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा पुग्यो

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल को दोस्रो क्वालिफायनरमा स्थान बनाएको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (शनिबार) साँझ भएको खेलमा पोखराले एफसी चितवनलाई ३–० ले स्तब्ध बनायो। यो जीतसँगै पोखरा थन्डर्स एफसीले दोस्रो क्वालिफायरमा स्थान बनायो। आजको जितसँगै पोखराले लिग चरणको पहिलो खेलमा चितवनसँग व्यहोरेको हारको बदला समेत लिन सफल बनेको छ। पहिलो हाफ…

ललितपुर सिटी एफसी नेपाल सुपर लिगको फाइनलमा पुग्यो

ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको फाइनलमा स्थान बनाएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो। योसँगै ललितपुर लगातार दोस्रो पटक एनएसएलको फाइनलमा प्रवेश गरेको हो। अघिल्लो सिजन फाइनलमा धनगढीलाई नै हराउँदै ललितपुर च्याम्पियन बनेको थियो। ललितपुरलाई जीत दिलाउन केरभेन्स बेलफोर्ट र…

वर्षाका कारण नेपालको यु–१९ विश्वकप खेल्ने सपना समाप्त

आइसीसी यु–१९ विश्वकप एशिया छनौटको चौथो तथा अन्तिम खेल रद्द हुँदा नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको छ। काठमाण्डौंको जोरपाटीस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा आज (शनिबार) विहान हुने तय भएको घरेलु टोली नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल रद्द भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो। यससँगै, अफगानिस्तानले विश्वकपमा स्थान बनाएको छ। वर्षाका कारण खेल…

गण्डकी हिरोज, केपी ओली टी–२० क्रिकेटको च्याम्पियन

गण्डकी हिरोज, दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लबस्तरीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। भदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सीइसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी हिरोज च्याम्पियन बनेको हो। च्याम्पियन गण्डकीले १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।…

नेपाल सुपर लिग: चितवन एफसीले पनि प्ले–अफमा स्थान बनायो

नेपाल सुपर लिगको तेस्रो संस्करणमा चितवन एफसी पनि प्लेअफमा स्थान बनाएको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको लिगको अन्तिम खेलमा धनगढी एफसीमाथि ३–१ को जीत निकाल्दै चितवनले प्ले–अफमा स्थानमा बनाएको हो। एफसी चितवन पहिलो पटक प्ले–अफमा पुगेको हो। यसअघिका दुवै संस्करणमा चितवन समूह चरणबाटै बाहिरिएको थियो। यो जीतपछि १० अंकसहित चितवन तेस्रो हुँदै प्ले–अफमा पुगेको…

नेपाल सुपर लिग: झापा एफसी प्रतियोगिताबाट बाहिरियो

झापा एफसी, नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताअन्तर्गत ललितपुर सिटी एफसीसँग बराबरी खेलेसँगै झापा बाहिरिएको हो। काठमाण्डौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा झापा र ललितपुरको टोलिले १–१ को खेल बराबरीमा सकिएको थियो। यस खेलसँगै ६ खेलबाट १२ अंक जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ। जीतविहीन बनेको झापाले समान खेलबाट ५ अंकका…

यु–१९ विश्वकप छनोट: नेपालको लगातार तेस्रो जीत

आइसीसी यु–१९ को विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो जीत निकालेको छ। काठमाण्डौंको जोरपाटीस्थित तल्लो मूलपानी मैदानमा आज (बुधबार) भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो। हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर १२ ओभर ३ बलमै भेट्टायो। नेपालका शाहिल पटेलले सर्वाधिक ४२ रन बनाए। कप्तान नरेन भट्टले ३९ रन थपे। निरजकुमार यादवले…