खेलकुद »

नेपाल सुपर लिग: पोखरा थन्डर्स प्ले–अफमा पुग्यो

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्स प्ले–अफमा पुगेको छ। बुटवल लुम्बिनी एफसीलाई हराएसँगै पोखरा थन्डर्स प्ले–अफमा पुगेको हो। लिग चरणको अन्तिम खेलमा जीत निकाल्दै पोखरा एनएसएलको प्ले–अफमा प्रवेश गरेको हो। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (मंगलबार) भएको खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो। पोखराले ६ खेलबाट ८ अंक जोडेको छ। पराजित बुटवल भने…

नेपाल सुपर लिग: धनगढी एफसी क्वालिफायरमा

धनगढी एफसी नेपाल सुपर लिगको क्वालिफायरमा प्रवेश गरेको छ। झापा एफसीलाई १–० ले पराजित गर्दैै धनगढी १ खेल बाँकी छँदै क्वालिफायरमा प्रवेश गरेको हो। प्रतियोगिताको लिगचरण अन्तर्गतको ५ खेलबाट धनगढी ११ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान ११ अंक नै भएको ललितपुर सिटी एफसी दोस्रो स्थानमा छ। अब क्वालिफायर १ मा धनगढी र ललितपुर खेल्ने…

नेपाल सुपर लिग: काठमाण्डौ रेजर्स एफसी तेस्रो स्थानमा

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाण्डौ रेजर्स एफसी तेस्रो स्थानमा उक्लिएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (सोमबार) भएको पहिलो खेलमा काठमाण्डौ एफसीले चितवनलाई हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको हो। प्रतिस्पर्धात्मक खेलमा काठमाण्डौले चितवनलाई २–० गोलले हरायो। काठमाण्डौको जीतमा बाकारी माने र अमाडोउ डियोपले गोल गरे। यो जीतसँगै काठमाण्डौ ६ खेलबाट ८ अंकसहित तालिकाको तेस्रो…

यु–१९ विश्वकप छनोट: नेपालको लगातार दोस्रो जीत

आइसीसी यु–१९ को विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जीतको नतिजा निकालेको छ। काठमाण्डौंको जोरपाटीस्थित माथिल्लो मूलपानी मैदानमा आज (सोमबार) भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हरायो। ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १४ ओभर ३ बलमै भेट्टायो। नेपालका निरजकुमार यादवले सर्वाधिक ४६ रन बनाए। त्यसैगरी, शाहिल पटेलले ४२ रन जोडे। ओमानका…

यु–१९ विश्वकप एशिया छनोट: नेपालको विजयी सुरुआत

आइसीसी यु–१९ को विश्वकप एशिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। काठमाण्डौंको जोरपाटीस्थित मूलपानी क्रिकेट मैदानमा आज (आइतबार) भएको खेलमा नेपालले युएईलाई डीएलएस मेथडका आधारमा ५ रनले हराएको हो। नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको अवस्थामा खेल खराब प्रकाशका कारण रोकिएको हो। त्यसपछि, खेल सुरू हुन…

४ देशीय टी–२० क्रिकेट श्रृंखला: फाइनलमा नेपाल कुवेतसँग पराजित

४ देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ। हङकङको मिसन रोड क्रिकेट मैदानमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा १७१ रन बनाउँदा सबै विकेट गुमायो। नेपालका बसिर अहमदले सर्वाधिक ८० रन बनाए। नन्दन यादवले ३७ रन जोडे। नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको…

नेपाल सुपर लिग: ललितपुर सिटी एफसी शीर्ष स्थानमा

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी शीर्ष स्थानमा उक्लिएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) भएको दोश्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई हराएपछि ललितपुर लिगको शीर्ष स्थानमा उक्लिएको हो। ललितपुरले बुटवललाई २–० गोलले हराएको हो। ललितपुरका लागि अनन्त तामाङ र सन्तोष कार्कीले १/१ गोल गरे। २३ औं मिनेटमा अनन्तले गोल गर्दै ललितपुरलाई सुरुआती…

नेपाल सुपर लिग: पोखरा थन्डर्स र झापा एफसीले बराबरी खेल्यो

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पोखरा थन्डर्स र झापा एफसीले बराबरी खेलेका छन्। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा पोखरा थन्डोर्स र  झापा एफसीले १–१ गोलको बराबरी खेल्दै समान १/१ अंक बाँडेका छन्। दुबै टोलीले दोस्रो हाफमा १–१ गोल गरेका हुन्। पोखराका लागि स्टेफेन समिर बिनोङले गोल गरे। झापाका लागि लाजार आर्सिकले गोल…

४ देशीय टी–२० क्रिकेट श्रृंखला: फाइनलमा नेपाल र कुवेत खेल्ने

४ देशीय टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन्। हङकङमा भइरहेको टी–२० श्रृंखलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज (शनिबार) नेपाल र घरेलु हङकङबीचको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे। नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो। लिग चरणको ३ खेलमा २ जीत र १ खेल नतिजाविहिन भएपछि नेपाल…

नेपाल सुपर लिग: धनगढी एफसी शीर्ष स्थानमा

नेपाल सुपर लिगमा काठमाडौंलाई हराउँदै धनगढी शीर्ष स्थानमा उक्लिएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) साँझ भएको काठमाडौं रेजर्सविरुद्धको खेलमा धनगढी एफसीले ३–१ को नतिजा निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो। धनगढीका लागि ३ वटै गोल अहमद हिजाजीको नाममा रह्यो। नेपाल सुपर लिगको तेस्रो संस्करणको पहिलो ह्याट्रिक धनगढी एफसीका स्ट्राइकर अहमद हिजाजीले आफ्नो नाममा…