
नेपाली सेनाका बशन्त थारु र एपीएफकी सोनी गुरुङले राष्ट्रियतर्फको ट्राइथलन प्रतिस्पर्धामा स्वर्ण पदक हात पारेका छन्। थारुले १ घन्टा ३ मिनट २ सेकेन्डमा दूरी पूरा गरे भने सोनीले १ घन्टा ११ मिनट १७ सेकेन्डमा दूरी पूरा गरिन्। पुरुषतर्फको स्पर्धामा दोस्रो स्थानमा आउन सफल दिपेश चौधरीले १ घन्टा ५ मिनट ६ सेकेन्ड र तेश्रो स्थानमा रहेका…
भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसीपको स्वर्ण पदक जितेका छन्। आदर्शले ५९ मिनट १० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेका हुन्। यस्तै, पहिलो संस्करणकी बिजेता प्रज्ञाले १ घण्टा ६ मिनट २२ सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितेकी हुन्। उनले आफ्नो समयमा अघिल्लो संस्करणमा भन्दा ३ मिनटले सुधार गरेकी हुन्।…
जापानका गेन्टा युचिदा र काजाकिस्तानकी इकातेरिना सावालिना एशिया कप ट्राइयाथलन च्याम्पियन बनेका छन्। पोखरामा आज (शनिबार) सम्पन्न एशिया कप ट्राइयाथलन तथा दक्षिण एशिया च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फ जापानका गेन्टाले उपाधि जित्न सफल भएका हुन्। त्यस्तै, महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिना च्याम्पियन बनिन्। नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ च्याम्पियन बनेका गेन्टाले ७५० मिटर पौडी, २० किमी…
नेपाल ट्राइयथलन संघको आयोजनामा २०२३ एशियन ट्राइयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप आज (शनिबार) पोखरामा हुँदैछ। ट्राईयाथलनका लागि पर्याय जस्तै बनेको नेपालको रमणीय र पर्यटकीय नगरी पोरखामा ट्राइयाथलन र दुवाथलन गरी २ विधा ७५० मिटर पौडी, २० कि.मी. साइक्लिङ र ५ कि.मी. दौडको ट्राइयाथलन र ५ कि.मी. दौड, २० कि.मी. साइक्लिङ र २.५ कि.मी. दौडको…
नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ। नेपालले लाओसलाई २–१ ले गोल अन्तरले पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको सुरुवातमै १–० गोलले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको हो। खेलको १७ औं मिनेटमा लाओसका विङ्गर साङिभलेले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए। त्यस लगत्तै…
तीन महिनामा ७ पटक मन्त्रीमण्डल पनर्गठन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज (शुक्रबार) ३ महिनामै सातौं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। पहिलो चरणमा काँग्रेसबाट ४ जना मन्त्री बनेका छन्। आन्तरिक विवादका कारण काँग्रेसले…
ट्रयाक खुलेको भण्डै १५ वर्ष पछि गोरखाको पन्थडिही–कटहरे–हर्मी–साहिलिटार सडकको स्तरोन्नती सुरु भएको छ। गोरखा र लमजुङ जिल्ला जोड्ने सडकले दुवै जिल्लाको सामाजिक आर्थिक रुपान्तरण हुने अपेक्षा गरिएको छ। पालुङटार नगरपालिका–१ खोप्लाङस्थित पन्थडिहिबाट लमजुङ साइलिटार सम्मको २० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो। स्तरोन्तीको जिम्मा पाएको वुड हिल/लामा जेभीले गत फागुन ११ गते सो ठेक्का सम्झौता…
आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ। निर्वाचन आयोगले आज (शुक्रवार) उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको हो। आयोगका अनुसार उपचुनावका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ का लागि २६ वटा राजनीतिक दल दर्ता भएका…
पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि २२ सदस्यीय नेपाली महिला टोलीको अन्तिम नाम सार्वजनिक गरिएको छ। नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज (शुक्रबार) नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्। छनोट हुने नेपाली टोलीको गोलकीपरमा कप्तान एन्जिलासहित…
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आज (शुक्रबार)देखि शुरु भएको छ। देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ परिक्षा संचालन भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। देशभरका ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका ५ लाख…