
११ औं संस्करणको पोखरा महोत्सव २०७९ भब्यताका साथ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक समेत तोकेको छ। युनाइटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने पोखरा महोत्सवलाई सभ्य र भव्यढंगले सम्पन्न गर्न युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा विभिन्न ३७ वटा उपसमिति गठन गरी संयोजक तोकेको…
स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी बनेका छन्। शनिबार राति अबेर सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्मा अर्याललाई गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली धनराजले ५ हजार, ६२७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। अन्तिम नतिजा अनुसार गुरुङले ३१ हजार ४६६ मत ल्याउँदा…
स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेस उम्मेदवार महेश भट्टराई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठलाई १ हजार ७८६ मतान्तरले हराउँदै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टराई विजयी भएका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार भट्टराईले १८ हजार ७८८ मत प्राप्त गरे। त्यस्तै, निकटतम प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले…
विश्व फुटबल महारथी अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ। शनिबार राति भएको नकआउट चरणको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई हराउँदै क्वार्टरफाइनल चरणमा स्थान बनाएको हो। कप्तान लियोनल मेसीले कीर्तिमान बनाएको खेलमा शनिबार अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको हो। कतारको अहमेद अलि बिन रंगशालामा शनिबार राति भएको खेलमा लियोनल…
लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो सातादेखि १८ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ। पहिलो चरणको तयारीबारे जानकारी दिने उद्देश्यले आज (शनिवार) आयोजित पत्रकार सम्मेलनमा संघले पुस ७ देखि १८ गतेसम्म पोखरा २७ को तालचोकमा १८ औं संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराएको हो। कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्रधर आत्रेयले…
कतारमा जारी २२ औं फिफा विश्वकपको अन्तिम १६ को समिकरण पूरा भएको छ। शुक्रबार राति समूह चरणको अन्तिम खेल सकिएसँगै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको हो। अब, अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्डले सेनेगल, अर्जेन्टिनाले अष्ट्रेलिया र पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी, क्रोएसियाले जापान, स्पेनले मोरोक्को, ब्राजिलले दक्षिण…
आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र घरेलु टोली नामिबियाबीचको पहिलो खेल नतिजाविहीन सकिएको छ। वर्षाका कारण पहिलो खेल बीचमै रोकिएको हो। यससँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। नेपालले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नामबियाले ४ बल खेल्दा वर्षा भएपछि खेल रोकिएको थियो। युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा शुक्रबार टस…
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो संभावना बोकेको औंल्याएका छन्। गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई सम्बोधन गर्दै रानामगरले यस्तो बताएका हुन्। यस्तै, अन्तर्गत आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालीन फौजको झल्को दिनेगरी परेड आरम्भ गरिने जानकारी पनि उनले दिए। यस्तो परेड साँझअघि हरेक दिन संचालन…
गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिम सकिएको छ। तालिममा सहभागी सबैलाई हालैमात्र प्रमाणपत्र वितरण गरिएको छ। होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीलगायतका अतिथिले तालिमका ४० सहभागीलाई प्रमाणपत्र वितरण गरे। होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित तालिमलाई युएनडीपी…
स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेपाली काँग्रेसका भोजराज अर्याल विजयी भएका छन्। अर्यालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहनप्रसा रेग्मीलाई २ हजार ७३० मतान्तरले हराउँदै विजयी बनेका हुन्। मत गणनाको पछिल्लो नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका अर्यालले १५ हजार १६१ मत प्राप्त गरे भने रेग्मीले १२ हजार ४३१ मत…