
पोखराको नयाँ बजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ। आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलाको सबैजसो तयारी सकिएको हो। मंसीर १६ देखि २५ गतेसम्म आयोजना हुने मेलाको शुक्रबार गण्डकीका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नेछन्। मन्त्री थापा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत…
अमेरिकाले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। समूह ‘बी’ अन्तर्गत अल थुमामा रंगशालामा मंगलबार भएको समूह चरणको खेलमा इरानलाई १–० ले हराउँदै अमेरिका अन्तिम १६ को चरणमा प्रवेश गरेको हो। अमेरिकालाई जित दिलाउन ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे। समूह ‘बी’ बाट इंग्ल्यान्ड विजेताको रुपमा र अमेरिका उपविजेताको…
इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘बी’ अन्तर्गत मंगलबार भएको समूह चरणको निर्णायक खेलमा जित निकाल्दै समूह इंग्ल्यान्डले नकआउट चरणमा प्रवेश गरेको हो। कतारको अल अहमेद बिन अली रंगशालामा भएको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्डले २ र फिल…
सेनेगल कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलले स्तब्ध पार्दै नकआउट चरणमा प्रवेश गरेको हो। सेनेगलले जित्नै पर्ने खेलमा इक्वेडरलाई हराएको हो। खालिफा रंगशालामा भएको खेलमा सेनेगलललाई जिताउन इस्माएला सार र कालिडु कौलीबालीले गोल गरे। इक्वेडरका मोइसेस काइसेडोले गोल गरे। इस्माएला सारले…
नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। समूह ‘ए’ बाट जितसँगै नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो। आयोजक कतारको टोली एउटै खेल नजिती प्रतियोगिताबाट बाहिरिएको छ। अल बायट स्टेडिममा…
पोखरामा ७ औं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ। अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर मंसीरको २४ र २५ गते महोत्सव हुने भएको हो। राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ। दिवसको अवसर पार पारेर नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि बर्सेनी पर्वतीय महोत्सव मनाउन थालेको हो। दुई दिनसम्म हुने महोत्सवमा पर्वतीय…
सहारा क्लब पोखराले वर्षेनी संचालन गर्दै आएको आहा रारा गोल्डकप अवदेखि आहा रारा पोखरा गोल्डकप प्रतियोगिताको नामबाट संचालन हुने भएको छ। आयोजक सहारा क्लब र मुख्य प्रायोजक हिमश्री फुड्सले आज (मंगलबार) बिहान सम्झौतापत्रमा हस्ताक्षर गर्दै प्रतियोगिताको सो नामाकरण गरेको हो। आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालि र सहारा क्लब पोखराबीच मुख्य प्रायोजक गर्ने सम्झौता…
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ। प्रत्यक्षतर्फका उम्मेदवारले प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेछ। निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार–प्रसार, छापा…
विश्वकपको सफल टोली ब्राजिलले कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ। समूह ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १–० गोलले हरायो। लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेलअगावै अन्तिम १६ मा पुगेको हो। पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले हराएको थियो। ब्राजिलको जितमा…
पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ। समूह ‘एच’ अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा सोमबार राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो। लगातार दोस्रो जित निकालेको पोर्चुगल एक खेलअगावै नकआउट चरणमा पुगेको हो। यसअघि, पहिलो खेलमा पोर्चुगलले घानालाई ३–२ गोलले पराजित गरेको थियो। पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेसले दुवै गोल गरे। दुवै…