Author Archive »

पोखरा महानगरले भन्यो, ‘आवास क्षेत्रबाट ५०० मिटर बाहिर कवाडी संकलन केन्द्र सार’

पोखरा महानगरभित्र संचालमा रहेका कवाडी संकलन केन्द्रहरुलाई आवास क्षेत्रबाट ५०० मिटरबाहिर सार्न भनिएको छ। पोखरा महानगरपालिकाले आज (शुक्रबार) एक सूचना जारी गर्दै आवास क्षेत्रबाट ५०० मिटर बाहिर कवाडी संकलन केन्द्र सार्न ३५ दिने सूचना जारी गरेको हो। कवाडी संकलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको भन्दै महानगरले आवास क्षेत्रबाट ५०० मिटर बाहिर कवाडी संकलन केन्द्र राख्न…

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक

यही असोजको २८ गतेदेखि गण्डकी प्रदेशमा हुने आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि तयार पारिएको ट्रफी सार्वजनिक गरेका हुन्। ट्रफी सार्वजनिकपछि प्रधानमन्त्री देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकारको सहयोग रहने बताए। ‘खेलकुदले…

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले भोलि शनिवार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रवार) बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन्। यसअघि, राजनीतिक दलहरूबीच संसद्को कार्यकालबारे विवाद थियो। सरकारले आउँदो चुनावबाट गठन हुने संसद्को पहिलो बैठक बस्नु अघिसम्म यो संसद्को कार्यकाल कायम हुने…

जनसम्मतकर्मी शाहीलाई ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’ प्रदान

यस जनसम्मत डट कमका सम्पादक नारायण शाही ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट’ सम्मानित भएका छन्। सहारा क्लबले आफ्नो २४ औं वाषिर्कोत्सवका अवसरमा ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९’बाट शाहीलाई सम्मान गरेको हो। २०६४ सालदेखि पोखरामा रहेर सकृय पत्रकारिता गरिरहेका पत्रकार शाहीलाई पोखरा महागरपालिकाका मेयर धनाराज आचार्यले सम्मान गरे। पुरस्कार राशी २० हजार ५ सय ५५…

नवौँ राष्ट्रिय खेलकुदका ३६ वटै खेलभेन्यूको तय

आसन्न नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा हुने ३६ वटै खेलको खेलस्थल तय भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पोखरामा खेलकुदमा प्रतिस्पर्धा हुने तय भएका सबै खेलहरुको खेलस्थल सार्वजनिक गरेको हो। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’, राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव टंकलाल घिसिङ, राखेप पदाधिकारी तथा खेल संयोजकहरुले पोखरामा खेलभेन्यूको सार्वजनिक गरेका हुन्। राखेपकाअनुसार…

महिला साफ च्याम्पियनसीप: भारतको पहिलो हार

भारतले महिला साफ च्याम्पियनसीपमा पहिलो हार खेपेको छ। यता, बंगलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौं संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराएको हो। त्रिपुरेश्वरस्थित दशरथ बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले २ गोल गरिन्। यस्तै, श्रीमोती सरकारले १ गोल गरिन्।…

महिला साफ च्याम्पियनसीपः पाकिस्तानले माल्दिभ्सलाई ७ गोल वर्षायो

छैटौं संस्करणको महिला साफ च्याम्पियनसीप फुटबलमा पाकिस्तानले पहिलो जित निकालेको छ। मंगलबार भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले हराएको हो। पाकिस्तानको यो पहिलो जित हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले १/१ गोल गरे। खेलको ३९ औं मिनेटमा रामिनले गोल…

नवौँ राष्ट्रिय खेलकुद: सुसनको ह्याट्रिकमा आर्मीको जित

स्पिनर सुसन भारीले ह्याट्रिक गरेको खेलमा त्रिभुवन आर्मी क्लबले मंगलबार नवौँ राष्ट्रिय खेलकुदको क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९ विकेटले हराएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल १९ ओभरमा छोट्याइएको थियो। टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १९ ओभरमा ९ विकेट गुमाएर ८५ रन बनाएको थियो। ८६ रनको लक्ष्य आर्मीले १०.३ ओभरमा १ विकेट…

एनआरएनए र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलबार नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको हो। मुलपानी क्रिकेट मैदान वर्षाको कारण एपीएफ र सुदूरपश्चिमबीचको खेल टस समेत नभई रद्द हुँदा समूह ‘बी’ बाट एनआरएनए र सुदूरपश्चिम अन्तिम ४ मा…

नवौं राष्ट्रिय खेलकुद: कर्णाली प्रदेशको पहिलो जित

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित टियु मैदानमा मंगलबार कर्णालीले मधेश प्रदेशलाई ३ रनले हराएको हो। कर्णालीले दिएको १ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो। मधेसका लागि हरिशंकर शाहले ४८ रन बनाए। रोहन विकले १०…