Author Archive »

साफ महिला च्याम्पियनसीप: बंगलादेशलाई उपाधि, नेपाल फेरि उपविजेतामै सीमित

छैटौँ संस्करणको साफ महिला च्याम्पियनसीप २०२२ को उपाधि बंगलादेशले जितेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाललाई ३–१ ले हराउँदै बंगलादेशले उपाधि जित्यो। बंगलादेशको जितमा स्याम सुन्हारले खेलको १४ औँ र श्रीमोती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गोल गरिन्। नेपालका लागि अनिता बस्नेतले खेलको ७० औँ मिनेटमा सान्त्वना गोल गरिन्। साफ महिला च्याम्पियनशिपले यसपालि…

एमालेले समानुपातिक उमेदवारको भोलि टुंगो लगाउने

नेकपा एमालेले भोलि (आइतबार) समानुपातिक उमेदवारको टुंगो लगाउने बताएको छ। एमालेको आज (शनिबार) बसेको सचिवालय बैठकमा कुनै निचोड ननिस्केपछि भोली टुंगो लगाउने बताउँदै आजको बैठक सकिएको थियो। प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभाका २२० सदस्यको क्लस्टरअनुसार संख्याका बारेमा जानकारी गराइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्। उनका अनुसार उमेदवारको सूचीबारे छलफल गर्न आइतबार बिहान ११…

लौरो अभियान गण्डकीको उद्घोष : ‘पुरानाको विकल्प हामी’

लौरो अभियानले गण्डकी प्रदेशले उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको नेतृत्व पुरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताएका छन्। गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङ बाट राप्के गुरुङ, स्याङ्जा–१ बाट अधिवक्ता सोमबहादुर नेपाली, नवलपुर–१ बाट…

पोखराको चौरपाखा अब ‘उज्यालो गाउँ’ बन्दै

पोखरा १८ स्थित चौर पाखा गाउँको विकासका लागि वडा कार्यालय सकरात्मक रहेको त्यहाँका जनप्रतिनिधिले बताएका छन्। आज ( शनिवार) गाउँमा भएको भेलाबीच वडासदस्य नमराज सुवेदीले हिँजो चौरपाखाको विकासलाई उपेक्षा गरिएकोमा दु:ख व्यक्त गर्दै अव त्यस्तो नहुने प्रतिबद्धता जनाए । विकट गाउँको विकासका लागि संघीयता आएको उल्लेख गर्दै वडासदस्य सुवेदीले चौरपाखालाई उज्यालो गाउँ बनाउन वडाले सडक…

पत्रकारका लागि काउन्सिलको नि:शुल्क स्वास्थ्य शिविर

प्रेस काउन्सिल नेपालले पत्रकारहरूका लागि नि:शुल्क बृहत् स्वास्थ्य शिविर गर्ने भएको छ। काउन्सिलको ५३ औँ वार्षिकोत्सवको अवसर पारेर भोलि (आइतबार) सञ्चारग्रामस्थित काउन्सिलको प्रांगणमा शिविर सञ्चालन गर्न लागेको हो। बिहान ९:३० देखि अपराह्न ४ बजेसम्म शिविर संचालन हुने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। शिविरमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको स्वास्थ्य…

नवौं राष्ट्रिय खेलकुदको ट्रफी सुदूरपश्चिम पुग्यो

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा शनिबार प्रदर्शन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री गोविन्द बोहरा, सुदूरपश्चिम खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक सिंह, सुदूरपश्चिमका ९ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष, खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मी, रनिङ ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट, सदस्यहरु दीपक श्रेष्ठ, मिरा…

प्रेस काउन्सिलले झण्डै ४ दर्जन पत्रकारलाई सम्मान गर्दै

नेपाल प्रेस काउन्सिलले झण्डै ४ दर्जन पत्रकारहरुलाई पुरस्कारद्वारा सम्मान गर्दैछ। काउन्सिलको ५३ औं वार्षिकोत्सवमा पत्रकारिताको क्षेत्रमा योगदान गरेको व्यक्ति र संस्थामध्येबाट सम्मान गर्न लागेको हो। राष्ट्रपति विद्या भण्डारीले असोज ६ गते पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ। काउन्सिलको हिँजो (शुक्रबार) बसेको बैठकले पत्रकारहरुलाई पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। काउन्सिलले कास्कीका क्रियाशील पत्रकार श्यामनाथ…

महिला साफ च्याम्पियनसीप: भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनल पुग्यो

साफ महिला च्याम्पियनसीप अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ। प्रतियोगिता अन्तर्गत भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा समेत पुगेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई १–० गोलले हरायो। नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा विजयी गोल गरिन्। घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गर्न सफल बनिन्। भारतमाथि…

बागलुङमा तीव्र गतिमा फैलिदैँ डेंगु

बागलुङमा डेंगुको संक्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्लो एक महिनाको अवधिमा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय बागलुङकी निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भदौ महिनामा मात्रै २६ जनामा डेंगुको संक्रमण पुष्टि भएको जानकारी दिइन्। यो संख्या जनस्वास्थ्यको दृष्टिले जोखिमपूर्ण मानिन्छ। बागलुङमा असारदेखि डेंगु संक्रमण देखिन थालेको हो। असार र साउनमा ३/३…

२०७४ सालको समानुपातिकको बन्दसूची खारेज हुँदै

२०७४ सालको समानुपातिकको बन्दसूची खारेज हुँदैछ। २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि दलहरुले बुझाएको बन्दसूची भोलि (असोज १ गते) देखि खारेज हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले आज (शुक्रबार) विज्ञप्ति निकालेर अहिलेसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वत: खारेज हुने निर्णय भएको जानकारी दिएको छ। आउँदो मंसिर ४ गते…