Author Archive »

नवौँ राष्ट्रिय खेलकुद : कराँते प्रतिस्पर्धा पर्वतमा

गण्डकी प्रदेशमा आयोजना हुन लागेको आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको कराँते खेलको प्रतिस्पर्धा पर्वत जिल्लामा हुने भएको छ। जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन कार्यक्रम गरेर कराँतेको प्रतिस्पर्धाबारे जानकारी गराएको हो। ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा सात प्रदेशका ७ प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ३ विभागीय…

दसैँ अगाडि नै श्रमजीवीहरुलाई बाँकी बक्यौतासहितका सुविधा देउ: पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले दसैँअगावै श्रमजीवी संचारकर्मीले पाउनुपर्ने बाँकी बक्यौतासहित सबै सुविधा उपलब्ध गराउन सम्बन्धित संचारगृहसँग आग्रह गरेको छ। विभिन्न संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारलाई विभिन्न संचारगृहले निष्कासन गर्ने, दबावपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्य हाल पनि जारी रहेको भन्दै महासंघले गंभीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार विज्ञप्ति…

कास्कीको मादीबाट खानेपानीको पाइप चोरी गर्ने ४ जना पक्राउ

कास्कीको मादी गाउँपालिकाबाट खानेपानीको पाइप चोरी गर्ने ४ जना पक्राउ परेका छन्। उनीहरुलाई कास्कीको मादी गाउँपालिका–काउरेडाँडास्थित सडक छेउको थाकखोला खानेपानी संस्थानको पाइपहरु चोरी गरेको अभियोगमा पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मादी–७ थाकका ३५ वर्षीय रमेश गुरुङ, सोही ठाउँ बस्ने २६ वर्षीय निरज तामाङ र हाल पोखरा–१० बस्दै आएका ३४ वर्षीय खरजंग गुरुङ…

पोखराको बुद्धचोकबाट २ लाख बढी नगदसहित ९ जना जुवाडे पक्राउ

पोखरा–१० बुद्धचोकबाट शनिबार ९ जना जुवाडे पक्राउ परेका छन्। उनीहरुलाई बुद्धचोकस्थित कुमार कार्कीले संचालन गरेको ‘यु एण्ड मी’ रेस्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा २ लाख भन्दा बढी नगदसहित प्रहरीले पक्राउ गरेको हो। त्यस्तै, पोखरा–१३ शान्तिमार्ग बस्ने ४५ वर्षीय ओमबहादुर नेपाली, स्याङ्जा बिरुवा–२ घर भई हाल पोखरा–१४ चाउथे बस्ने ४९ वर्षीय खोमबहादुर थापा, मकवानपुर हेटौडा उपमहानगरपालिका–१८ घर…

माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसीप: नेपाललाई थप २ स्वर्ण

‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जी–२ र्‍याकिङ जुनियर तेक्वान्दो क्योरोगीतर्फ नेपालले २ स्वर्ण पदक हात पार्न सफल भएको छ। पोखरामा जारी प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा नेपालले ६३ केजी मुनि र ६८ केजी मुनिको तौल समुहमा स्वर्ण पदक हात पार्न सफल भएको हो। ६३ केजी मुनि तौल समुहको खेलमा नेपालका रुपेश तामाङले स्वर्ण…

नागेश्वर र राममायाले जिते ’प्लस टू रन’को उपाधि

प्लस टू फाइभ के रनको उपाधि नेपाल पुलिस क्लबका नागेश्वर अहिर र गंगा मावि जुम्लाकी राममाया बुढाले जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि जितेका हुन्। पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दुरी १५ मिनेट १५.१ सकेन्डमा पूरा गरेर उपाधी जितेका हुन्। पुलिसकै सन्तोषनाथ योगी १५…

पोखरामा फुलकन्ट्याक्ट करातेको रेफ्री सेमिनार सकियो

पोखरामा फुल कन्ट्याक्ट करातेका रेफ्रीहरुका लागि आयोजना गरिएको राष्ट्रिय सेमिनार सम्पन्न भएको छ। नेपाल फुलकन्ट्याक्ट कराते फेडरेसनको आयोजनामा भएको सोमिनारमा गण्डकी र लुम्बिनी प्रदेशसँगै धादिङ, ओखलढुंगालगायतका जिल्लाका गरी ३२ जना रेफ्रीहरुको सहभागिता थियो। खेलका अन्तराष्ट्रिय रेफ्रीहरु विष्णुकान्त अर्याल, शालिग्राम कुँवर र विकास महर्जनले खेलका नयाँ नियमसँगै भएका अन्य नियमहरुको रिभिजन गरेसँगै नयाँ रेफ्रीहरुलाई कसरी निर्णायकको…

युनाइटेड क्लव पोखराको अध्यक्षमा पुन: राजु श्रेष्ठ

युनाइटेड क्लव पोखराको अध्यक्षमा पुन: राजु श्रेष्ठ निर्वाचित भएका छन। युनाइटेड क्लव पोखराको १३ औ साधारणसभा तथा छैठौ अधिवेशनले पुन: राजु श्रेष्ठको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ। श्रेष्ठ दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन। शनिवार सम्पन्न क्लवको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्वितीय उपाध्यक्ष शान्ताबहादुर थापा, महासचिवमा दिनेश सुनार,…

राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी टुर प्रदेश नं. १ को विराटनगरमा पुगेको छ। विराटनगरस्थित सहिद रंगशालामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरे। नवौँ संस्करण गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कात्तिकसम्म सञ्चालन हुँदैछ। त्यसअघि, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलोपटक ट्रफी टुर आयोजना गरेको हो। प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेले ३५ खेलमा…

कास्कीमा बृहत यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्वन्धी तालिम सुरु

कास्कीमा बृहत यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्वन्धी तालिम सुरु भएको छ। नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित तालिम कास्कीको लुम्लेमा ३ दिनसम्म चल्नेछ। युवा वर्गका लागि आवश्यक यौन तथा प्रजनन् स्वास्थ्यसम्वन्धी ज्ञान दिने तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक क्षेत्रमा वकालत गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना…