
कस्केली अधिकृत समाज, कास्कीले विजयादशमी, दिपावली तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदन–प्रदान गरेको छ। सोही अवसरमा शुभकामना आदान–प्रदान साथै मृगौला तथा मुटु रोगसम्बन्धी सचेतना कार्यक्रम समेत गरेको छ। राष्ट्रिय चाडहरूका अवसरमा शुभकामनासँगै स्वास्थ्यप्रति सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताए। कार्यक्रममा बरिष्ठ युरोलोजिष्ट डा.प्रकाश क्षेत्रीले प्रत्येक व्यक्ति आफ्नो…
एशियन फोरमको टिम विल्डिङको शनिबार पोखरामा कार्यशाला गोष्ठी गरिएको छ। एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम)को आयोजनामा दक्षिण कोरियामा रहेका हाना नानुम फाउन्डेसन र वी फ्रेन्डस संस्थाको सहयोगमा टिम विल्डिङ कार्यशाला गोष्ठी भएको हो। कार्यक्रममा स्वदेश फिर्ता भई विभिन्न पेशा व्यवसायमा आवद्ध, कृषि बिज्ञ, पर्यटन बिज्ञ, निति तथा कानुनबिज्ञ, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु…
पोखरामा तेक्वान्दो खेलको सुविधासम्पन्न प्रशिक्षण भवन निर्माण हुने भएको छ। एक दशक अघिदेखिको निरन्तरको प्रयासपछि पोखरा रंगशलााभित्र बन्ने भवनको आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरे। भवन शिलान्याससँगै एक दशकअघिको निर्माणको सपना पूरा हुने भएको हो। प्रशिक्षण भवन निर्माणका लागि तेक्वान्दोसँग सम्बन्धित खेल पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले लामो समयदेखी प्रयास गर्दै…
गुट्सी डच स्टार एनेमिक भान भ्लेउटेनले शनिबार महिला विश्व साइक्लिङ रोड रेसको उपाधि जितिन्। साइक्लिङका क्रममा आफ्नो कुहिनो भाँचिएको भएपनि उनले सो उपाधि जितेकी हुन्। सिड्नीको दक्षिणी भागमा रहेको वोलोङगोङ वरपरको जारि वर्षाबीच पनि १६४.३ किलोमिटर (१०२ माइल) को दौडपछि बेल्जियमका लोट्टे कोपेकीको चुनौतीलाई ३९ वर्षीया टूर डे फ्रान्स च्याम्पियनले एक सेकेण्डमा रोकेकी हुन्। इटालीकी…
मुस्ताङकै पुरानो खेलकुद प्रतियोगिता थाक च्याम्पियनसीपको पुरुष भलिबलतर्फ धौलागिरी युवा क्लब कोवाङ र महिला भलिबलतर्फ नीलगिरी युवा क्लब टुकुचे च्याम्पियन बनेका छन् । शनिवार सम्पन्न फाइनलबाट कोवाङ र टुकुचे पुरुष तथा महिला भलिबल च्याम्पियन बनेका हुन्। धौलागिरी युवा क्लब कोवाङले (३–०)को सोझो सेटमा अन्नपूर्ण युवा क्लब ताक्लुङलाई पराजित गरेको हो। यस्तै, महिलातर्फ अन्नपूर्ण युवा क्लब…
पोखरा महानगर खेलकुद विकास समितिले बडा दसैंको अवसरमा पर्सि (सोमबार) दौड प्रतियोगिता आयोजना गर्दैछ। पोखरा महानगरले असोज १० गते दौड प्रतियोगिता आयोजना गर्न लागेको समितिका सदस्य सचिव सुभास खड्काले जनाएका हुन्। प्रतियोगिताअन्तर्गत १० कि.मि. महिला तथा पुरुष दौड र ५ कि.मि. छात्र/छात्रा दौंड आयोजना गरिएको सदस्य सचिव खड्काले बताए। पोखरा रंगशालाबाट सुरु हुने दौड प्रतियोगितामा…
सुजन क्षत्री र पुष्पा गुरुङले स्याङ्जाको वालिङमा भएको ‘लियो मिनि म्याराथन’को उपाधि जितेका छन्। स्याङ्जाको वालिङमा आज (शनिवार) भएको मिनि म्याराथन प्रतियोगितामा पुरुषतर्फ स्याङ्जाका सुजन क्षेत्री पहिलो हुँदै ३० हजार पुरस्कार जितेका छन्। त्यस्तै, दाङका मनोज रोकामगर दोस्रो हुँदै २० हजार र स्याङ्जाका गीरप्रसाद गुरुङ तेस्रो हुँदै १० हजार र पाल्पाका गिरमान श्रेष्ठ चौथो हुँदै…
सर्वसाधारणले यस पटकको दशैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन्। दशैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो। केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिएका छन्। धरहरा वरिपरि पूर्वाधार निर्माणका काम भइरहेका…
पोखराको बगरस्थित टुँडिखेलमा दशैं मेला हुने भएको छ। सताब्दीभन्दा पहिलेदेखि नै पोखरा टुँडिखेलमा हुँदै आएको ऐतिहासिक दसैं मेला यसपटक पनि हुने भएको हो। परम्परागत सामाग्री, रासन, लत्ताकपडादेखि च्यांग्रासम्म एकै थलोमा किनबेच गर्न पाउने गरी फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको हो। ‘मुस्ताङदेखि च्यांग्राहरु टुँडिखेल आइपुग्थे। पोखरा र आसपासका बस्तीहरुबाट परम्परागत सामाग्री र उत्पादन…
२५ औं राष्ट्रिय खुल्ला पौडी प्रतियोगितामा प्रदेश १ का बिकास कुमालले दोश्रो दिन आज (शुक्रबार) थप २ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्। नेपाल पौडी संघले आयोजना गरेको सुरु प्रतियोगितामा कुमालले हिँजो पहिलो दिन (विहीबार) को खेलमा पनि २ स्वर्ण जितेका थिए। गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राखेर आयोजना गरिएको…