
चौथो धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि अरहान्त केशर सिम्हा र कृष्णा थापाले जितेका छन्। फाइनलमा अरहान्तले अमृत थापामगर र कृष्णाले विपना ब्लोनलाई हराउँदै उपाधि जितेका हुन्। पुरुष ओपनमा अरहान्तले अमृतलाई ३–० को सेटमा हराए। उनले ११–४, ११–७, ११–६ को जित निकाले। उपाधिसहित अरहान्त २५ हजार रुपैयाँ र उपविजेता अमृतले १५ हजार रुपैयाँ पाए।…
चीनले आइतबार लगातार चौथो दिन ताइवान वरपरको हवाई र समुद्रमा सैन्य अभ्यास जारी राखेको छ। चीनको जनमुक्ति सेनाले उक्त अभ्यास आफ्नो लामो दुरीको हवाई र जमिनमा आधारित परीक्षणमा केन्द्रीत रहेको बताएको छ। आइतबारपछि पनि तालिमलाई निरन्तरता दिने कि नदिन्ने भन्नेबारे भने चीनले स्पष्ट पारेको छैन। ताइवानले टापु र मुख्य भूमि चीनलाई छुट्याउने ताइवानको वरिपरि संचालित…
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आज (आइतबार) देखि राजनीतिक दल दर्ता सुरु हुँदैछ। निर्वाचन आयोगले मंसीर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने सुरु गरेको हो। आयोगले आजदेखि ३१ गतेभित्र दल दर्ता गर्ने जनाएको छ। दलहरुले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता गर्नेछन्। दल दर्ताको…
माल्दिभ्स सरकारले एक–चीन नीतिप्रति आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ। तर, स्थानीय संचारमाध्यमहरूका अनुसार उसले यसबारे कुनै आधिकारिक वक्तव्य जारी नगर्ने बताएको छ। विभिन्न संचारमाध्यमका प्रश्नमा जवाफ दिँदै विदेश मन्त्रालयले ‘एक चीन’ नीतिमा माल्दिभ्स प्रतिबद्धत रहेकोमा जोड दिएको छ। तर, यस विषयमा आधिकारिक वक्तव्य जारी नगर्ने मन्त्रालयले जनाएको छ। हिन्द महासागर क्षेत्रमा भारतको प्रमुख छिमेकी…
ताइवान खाडीमा चीन र ताइवानी जलसेनाका विमान आमने–सामने भएर बसेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार करिब १० चिनियाँ र ताइवानी जलसेनाका जहाज ताइवानको खाडीस्थित मध्यरेखामा आइतबार बिहान नजिकै देखिएका छन्। चीनले ताइवानलाई घेरेर अहिले सैन्य अभ्यास गरिरहेको छ। ताइवानले भने चीनको सैन्य अभ्यासको निरीक्षणको लागि पनि आफ्ना जहाज खटाएको छ। दुवै पक्ष अहिलेसम्म भने…
इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआइजे) बीच दोस्रो दिन पनि गोली हानाहान जारी छ। दुबैतर्फबाट गोली हानाहान हुँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा ६ बालबालिका र २ महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा जनाइएको छ। इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा…
पिपुल्स पावर कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ। कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। योमध्ये १ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले…
नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ५ सय र चाँदीमा प्रतितोला १५ रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ तोकिएको छ। गत साताको शुक्रबार छापावाल सुन…
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पोखरेलले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी सार्वजनिक गरे। उनले आफ्ना प्रतिबद्धतासहित उम्मेदवारी सार्वजनिक गरेका हुन्। संघमा सबै पोखरेलीको साझा घरका रुपमा विकास गर्ने गरी आफूले काम गर्ने उनको प्रतिबद्धता छ। संपूर्ण उद्योगी, व्यवसायीलाई समेटेर आफूले संघको नेतृत्व गर्ने पोखरेलको…
भदौको दोस्रो हप्तादेखि मालेपाटन आडौं खुला तीज गीत प्रतियोगिता तथा महिला खेलकुद प्रतियोगिता हुने भएको छ। पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको सूर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं सस्करणको खुला तीज गीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको हो। कोभिडका कारण २ वर्ष स्थगित रहेको प्रतियोगिता यस वर्ष संचालन गरिने सूर्यचन्द्र…