
सुनचाँदी बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन (बिहीबार) प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ छ। यसको मूल्य…
नेपालको महिला फिफा वरीयता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान तल झरेको हो । नयाँ वरीयतामा नेपाल १०२ औं स्थानमा छ। अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा छ। यस्तै, दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो…
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मिति घोषणा भएसँगै प्रहरी प्रधान कार्यालयले ४३ जना (प्रहरी नायब उपरीक्षक) डीएसपीको सरुवा गरेको छ। शुक्रबार बेलुका एक सूची सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक सरुवाबारे जानकारी दिइएको हो। सरकारले बिहीबार मात्रै निर्वाचन मिति घोषणा गरेको थियो। उक्त मितिअनुसार मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन सम्पन्न भइसक्नुपर्नेछ । (हेर्नुहोस,…
निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार साउन २२ गते देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ। ‘दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस…
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले चुनावअघि नै राजनीतिक दलको घोषणापत्रहरु आउनुपर्ने औंल्याएका छन्। चुनावअघि नै राजनीतिक दलहरुको घोषणपत्र सार्वजनिक हुनुपर्ने रोहितले उनको जिकिर थियो। पोखरामा आज (शुक्रबार) पत्रकारसँग भेटको क्रममा यस्तो बताएका हुन्। उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरुको घोषणपत्र सार्वजानिक गरेपछि मात्र जनताका मताधिकार सदुपयोगको िशुनिश्चित हुने उल्लेख…
स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्य ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको कारोबार तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ वृद्धि भएर ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने स्थिर रहेको…
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवालासँग पर्याप्त छलफल बिना नै ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को एनएसजेएफ एकेडेमीद्वारा बुधबार आयोजित स्पोर्टस् डाइलगको पहिलो श्रृंखलामा सदस्यसचिव घिसिङले यस्तो प्रतिक्रिया दिएका हुन्। त्रिपुरेश्वरस्थित मञ्चमा आयोजित उक्त कार्यक्रममा सदस्यसचिव घिसिङले ऐन निर्माण गर्दा प्रदेशले केन्द्रको ऐन अनुशरण नगर्नाले…
सरकारले सचिवहरुको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानेर जगेडामा राख्दै अन्य सचिवको सरुवा गरेको हो। महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ भने उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई तानिएको छ। साथै,…
प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका हुन्। नेपाल मतदाता अधिकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो…
नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ। निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले जनाएको हो। निगमले विज्ञप्ती जारी गर्दै पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ उल्लेख गरेको छ। इन्धन खरिद…