Author Archive »

 पोखरामा प्रेस युनियन पदाधिकारीको सम्मान

नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पोखरामा सम्मान गरिएको छ। प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेललाई सम्मान गरेको हो। प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन्। सो अवसरमा युनियनका सदस्य हरि भट्टराईले रचना…

भूतपूर्व खेलाडी मञ्चमा आसन्न राष्ट्रिय खेलकुद प्रतियोगिताकै चर्चा

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चमा पुगेका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि पोखरा आइपुगेका घिसिङको सम्मानमा आयोजना गरेको कार्यक्रममा सोमबार उनी मञ्चमा पुगेकाम हुन्। मञ्चका पदाधिकारी तथा सदस्यहरुसँगको भेटघाटमा सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बारे छलफल गरे। उनले राष्ट्रिय खेलकुद…

निर्धारित समयमै राष्ट्रिय खेलकुद हुन्छ : सदस्यसचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले निर्धारित समयमै नवौं राष्ट्रिय खेलकुद हुने दाबी गरेका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्वाचनले प्रभाव नपार्ने सदस्य सचिव घिसिङको दाबी छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएकोले निर्वाचनले यसलाई प्रभाव नपार्ने प्रष्ट पारे।…

पदाधिकारी र सदस्यको सम्पत्ति विवरण बुझाउ : निर्वाचन आयोग

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। आयोगले १५ दिनभित्र आयोगमा सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो। आयोग पदाधिकारीको बैठकले सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो। आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलका केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्पत्ति विवरण बुझाउनु पर्नेछ। आयोगमा हाल १…

बैकिङ कसूर मुद्दा लागेकी दिक्षा निगालो घारीबाट पक्राउ

बैकिङ कसूर मुद्दामा बागलुङ ताराखोलाकी दिक्षा पुनलाई कास्कीबाट पक्राउ गरिएको छ। जिल्ला बागलुङ ताराखोला गाउँपालिका वडा नं. १ स्थायी घर भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ मिरुवा बस्ने वर्ष २७ की दिक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो। दिक्षाको खोजी तलासीमा रहेका प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बीरेठाँटीस्थित निगालो घारीमा लुकेर बसेको अवस्थामा शनिबार पक्राउ…

शिक्षक नियुक्ति नगर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहलाई शिक्षक नियुक्त नगर्न निर्देशन दिएको छ। केन्द्रले हालै सूचना जारी गरी चालू आर्थिक वर्षको बजेटमा विद्यालय शिक्षा क्षेत्र योजनातर्फ ससर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण भई स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी कार्यक्रम स्वीकृत भइसकेको हुँदा शिक्षक नियुक्त नगर्न भनेको हो। केन्द्रले गत आर्थिक वर्ष २०७८/७९ को…

साफ यु–१७ : बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट

अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यु–१७ फुटबल च्याम्पियनसीपको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट गरेको छ। प्रशिक्षक उर्जन श्रेष्ठले प्रारम्भिक छनोटमा रहेको ६० खेलाडीबाट ४५ जना छनोट गरेका हुन्। साफ यु–१७ च्याम्पियनसीपमा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा भारत र भुटान छन्। समूह…

खेलकुद पत्रकार मञ्च गण्डकीले खुलायो नयाँ सदस्यताको आवेदन

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरेको छ। मञ्चको हालै बसेको बैठकले गरेको निर्णयअनुसार साउन २१ गतेबाट नयाँ सदस्यता आवेदन खुल्ला गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्। मञ्चमा आबद्ध हुन चाहने गण्डकी प्रदेशभरीका खेल पत्रकारलाई समेट्ने उद्देश्यले सदस्यता आवेदन खुल्ला गरिएको पौडेलको भनाई छ। आवेदन फारम भाद्र ४ गतेसम्म…

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ। प्रतिनिधि सभाको आज (आइतवार)को बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो। छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए। सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको अर्काे…

नेप्से दोहोरो अंकले बढ्यो

साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक बढेको छ। नेप्से आज १०.२७ अंकले बढेर बन्द भएको छ। नेप्से ०.४९ प्रतिशतले बढेर २ हजार १२३.८२ बिन्दुमा पुगेको छ। आज दिनभर २१९ कम्पनीका ६१ लाख ६ हजार ५२१ कित्ता सेयर कारोबार भएको छ। आज २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँको कारोबार भएको…