
नेकपा एमालेले स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्री सचिवालय बैठकले ३ तहकै बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्। ७ भदौमा स्थायी स्थायी कमिटी, ९ भदौमा पोलिट्ब्युरो र १० र ११ भदौमा केन्द्रीय कमिटी बैठक बस्ने गरी बोलाइएको हो।
नेप्से परिसूचक आज (बिहीबार) पनि गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ विन्दूमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ। बिहीबार कारोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर १ अर्ब ७६ करोड…
म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका ५ लाखभन्दा बढी नेपाली पहिचानविहीन रहेका छन्। गैरआवासीय नेपाली संघ थाइल्यान्डका अध्यक्ष भबिन्द्र बस्नेतका अनुसार दोस्रो विश्वयुद्धमा सहभागी हुन ती ठाउँमा पुगेका नेपालीका सन्तान अहिले पहिचानको खोजीमा छन्। युद्धका बेला इस्ट इन्डिया कम्पनीले हजारौंको संख्यामा नेपालीलाई जापानविरुद्ध लड्न ती ठाउँमा लगेको थियो। युद्धपछि ती देशमा नेपाली बसोबास गर्न थालेको…
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको पाराग्लाइडिङलाई यथावत राख्न उपाय खोजिने प्रष्ट पारेका छन्। ‘पोखराको ब्राण्डका रुपमा रहेको पाराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल संचालनपछिसमेत कायमै राख्न उपाय खोजिनेछ,’ मन्त्री श्रेष्ठल भने । समाजवादी प्रेस संगठनले आज (बुधबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले विमानको सुरक्षामा कुनै असर नपर्ने गरी पाराग्लाइडिङ व्यवसायलाई कायमै…
धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। योमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको…
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलव ९१ अंकले ओरालो लागेर २ हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको हो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ६८ अंकले घटेर ३९५ दशमलव ७५ मा सीमित भएको छ। नेप्से परिसूचकको…
सुनचाँदी बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला २ सयले बढेर ९७ हजार १ सय तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन…
पोखरामा पनि आज (मंगलबार) २८ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाएका छन्। नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह–आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश आसपासका आदिवासीहरुले दिवस मनाएका हुन्। आज ११ बजे पोखराको चिप्लेढुंगाबाट सवै जनजातिले आ–आफ्नो जातीय मौलिक पोषाक र झाँकीसहित बिशाल र्याली निकालेर पोखरा रंगशाला अगाडीको नेपाल मगर संघको भवनमा…
आज अगष्ट ९ तारिक अर्थात २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस। आजको दिन नेपाल लगायत विश्वभर आदिवासी दिवस मनाइन्छ। हरेक वर्ष अगष्ट ९ तारिकका दिन यो दिवस मनाइँदै आएको छ । वर्ष सन् २०२२ को अन्तर्राष्ट्रिय आदिवासी दिवसका लागि ‘The Role of Indigenous Women in the Preservation and Transmission of Traditional Knowledge’ अर्थात ‘परम्परागत ज्ञान र…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन्। नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नरहेको बताए। मुख्यमन्त्री पोखरेलले संचारमाध्यममा आउने समाचारप्रति सरकारले सुझावका रुपमा लिएको तर सामाजिक सञ्जालमा गरिने केही टिकाटिप्पणी…