
साफ यु–२० वर्षमुनिको साफ च्याम्पियनसीपमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ। भुवनेश्वरको कालिंगा रंगशालामा भएको खेलमा नेपालले बंगलादेशसँग १/१ गोलको बराबरी खेलेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीबाट अवसर बनेपनि गोल भने हुन सकेन। दुवै गोल दोस्रो हाफमा संभव भएकमो थियो। खेलको ६३ औँ मिनेटमा बंगलादेशका मोहमद पियास अमहेद नोभाले…
तालबाराही माविमा स्तनपानसम्वन्धी शिक्षा र समर्थन कार्यक्रम सम्पन्न गरिएको छ। विश्व स्तनपान दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको जोन्टा क्लव अफ पोखराको आयोजनामा कार्यक्रम भएको हो। पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले कार्यक्रममा बोल्दै जोन्टा क्लवले समय सान्दर्भिक कार्य गरेको भन्दै अभियानको प्रसंसा गरे। भट्टराईले वडा भवन निर्माणको चरणमा रहेको जानकारी दिंदै अब बन्ने भवनमा सुरक्षित स्तनपानका…
पोखरा महानगरपालिका १ वडा कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको विभिन्न क्लब तथा विद्यालयलाई खेलकुद समाग्री प्रदान वितरण गरेको छ। सोमबार एक कार्यक्रमको आयोजना गर्दै पोखरा १ का वडाध्यक्ष साहरा प्रधानको नेतृत्वमा ६ वटा क्लब र ३ विद्यालयलाई खेलकुदको समाग्री सहयोग प्रदान गरेको हो। राष्ट्रिय उच्च मावि, सँस्कृत मावि र रत्न प्राविलाई भलिबल, बास्केटबल तथा…
लगातार अविरल वर्षाका कारण कास्कीको विभिन्न ठाउँहरुमा बाटो (सडक) हरु भासिन गई आवागमन अवरुद्ध बनेको छ। कास्कीको रुपा गाउँपालिका गैरीपोखरीस्थित बेगनास हुँदै लमजुङ भोर्लेटार जाने पक्की भित्री सडकखण्ड सोमबार बेलुकी ६ बजेतिर भासिन गई आवागमन अवरुद्ध बनेको कास्की प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त सडक खण्डमा अन्दाजी २५ मिटर लम्बाई अन्दाजी १.५ फिट तल सडक…
प्रहरी उपरीक्षक (एसपी) अजय केसीले कास्की प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन्। केसीले हिँजो सोमबारदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका हुन्। प्रहरी प्रमुखविहीन बनेको कास्कीको प्रहरी कमाण्ड सम्हाल्न काज सरुवामा एसपी केसी हिँजै मात्र कास्की (पोखरा) आइपुगेका हुन्। केही दिन अघि मात्र नेपाल प्रहरी प्रधान कार्यालयले ११ जना (एसपी) काज सरुवा गरेको थियो।…
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर र प्राविधिक शिक्षा आवश्यक रहेको औंल्याएका छन्। राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै पक्षले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने औंल्याए। उनले दक्ष जनशक्ति विदेशिने क्रम जारी रहेकाले त्यसलाई रोक्न राज्यले शिक्षा क्षेत्रमा सुधार सँगसँगै प्राविधिक ज्ञान, सीप र…
पोखरा–१६, बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविको हिरक जयन्ती अन्तर्गत पुरस्कार वितरण, सम्मान तथा बिदाई कार्यक्रममा सरिक भए। कार्यक्रममा मेयर आचार्यले अक्षयकोषदाता दुर्गा केसी थापा, मेहरमान थापा, भीमबहादुर थापा, प्रकाश अधिकारी/रमेश अधिकारी, एसईईका सर्वोत्कृष्ट विद्यार्थी सिन्धु लम्साल, आशिक गौतम, उत्कृष्ट विषयगत शिक्षक खेमराज पौडेल, महेन्द्रप्रसाद पौडेल, महेन्द्रमणि पौडेल, उत्कृष्ट कक्षा मोनिटर कक्षा ९ क की इन्दु लम्साल,…
गण्डकी प्रदेशमै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यामिक विद्यालयले आफ्नो हिरक जयन्ती मनाएको छ। ७५ वर्षअघि स्थापना भएको विद्यालयले आफ्नो हिरक जयन्ती मनाएको हो। हिरक जयन्तीको अवसरमा विद्यालयले पुरस्कार वितरण, सम्मान तथा बिदाई गरेको छ। विद्यालयको अक्षयकोषदाता, एसईई सर्वोत्कृष्ट विद्यार्र्थी, उत्कृष्ट विषयगत शिक्षक, उत्कृष्ट कक्षा मोनिटर र उत्कृष्ट अभिभावकलाई सम्मान गरेको हो।…
साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपालले आफ्नो तेस्रो खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको छ। भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको हो। पहिलो हाफ निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप ७ गोल खायो। भारतका लागि टाइसनले खेलको ३२ र ६६, पार्थिवले ५० र ५२, हिमांशुले…
राष्ट्रिय खेलकुद परिषद (राखेप)को आर्थिक वर्ष २०७९/०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको छ। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आज (आइतबार) बसेको ११३ औ राखेपको बोर्ड बैठकले बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको हो। बैठकले नवौं राष्ट्रिय खेलकुद, खेलाडीको पुरस्कार र भत्ता लगायत विभिन्न निर्णय समेत गरेको छ। बैठकले नवौं…