
गण्डकी प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै सदस्य रोशनबहादुर गाहा थापाले नवपरासीको बर्दाघाट सुस्ता पूर्वमा केही समययता नारायणी, लौकाहा, अरुण, विनय लगायतका खोलाका कारण पानीको बहाव बढेर खेत कटान गरेको औंल्याए। कटानका कारण भएको खेती र जमिन बचाउँदै पीडितलाई क्षतिपूर्ति र राहत व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। अर्का सदस्य आशा कोइरालाले तनहुँको दक्षिण पश्चिम ढोरबाराही मार्ग…
गण्डकी प्रदेशसभाको बैठकले गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ। बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य राजीव पहारी, मनकुमारी गुरुङ र गायत्री गुरुङले भाग लिए। विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा…
नवौँ राष्ट्रिय प्रतियोगितालाई केन्द्रमा राखेर आयोजना गरिएको बैठकले विभिन्न ५ बुँदे निर्णय पारित गरेको छ। सिंहदरबारस्थित मन्त्रालयको हलमा संचालन गरिएको बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रभावकारिताका लागि हरेक प्रदेशमा आवश्यकता र उपलब्धताका आधारमा प्रशिक्षक तथा जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि प्रदेशमा विनियोजित बजेट अपुग देखिएकाले प्रदेशको आवश्यकता…
नेपालमा बाघको संख्या बढेको छ। सन् २०१८ मा २ सय ३५ वटा बाघ रहेकोमा त्यसयता बढेर ३ सय ५५ पुगेको छ। पछिल्लो ४ वर्षमा १ सय २० वटा बाघ थपिएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणको तथ्याङ्क सार्वजनिक गर्दै बाघको संख्या ३ सय ५५ पुगेको जानकारी दिएका…
गण्डकी प्रदेशसभाको बैठकले प्रदेशसभा चौथो संशोधन नियमावली २०७९ बहुमतले पारित गरेको छ। बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन मस्यौदा पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो। चौथो संशोधन मस्यौदामाथिको छलफलमा सदस्य सरिता गुरुङ, विनोद केसी, पियारी थापा, धनमाया पोखरेल लामा र राजीव पहारीले बोलेका थिए। बैठकको…
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटाले नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्नेसम्बन्धी सम्झौता गरेको छ। एक समारोहमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङले उक्त सम्झौतामा हस्ताक्षर गरे। सम्झौता अनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहरुलाई एनसेलको सिम प्रयोग गरि…
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी श्रमिकका रूपमा काम गर्न थप १६९ जना प्रस्थान गरेका छन्। आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारी रोकिएको ६ महिनापछि १६९ नेपाली इजरायल प्रस्थान गरेका हुुन्। इजरायलमा देखिएको श्रम विवादको कूटनीतिक पहलपछि यो संख्यासहित इजरायल प्रवेश गर्ने नेपाली संख्या ४५५ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले…
सयपत्री हाइड्रोपावर लिमिटेडले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्कासन गरेको छ। कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गरेको हो। यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको…
बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ। नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म (४ हप्ता) को खेल प्रतियोगिताको क्रममा कतारले १ लाखभन्दा बढी आगन्तुकहरूको आशा गरेको छ। यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले…
चालु आर्थिक वर्ष २०७९/०८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयको भौतिक सुविधा विस्तारलगायतका कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वान गरिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इच्छुक सार्वजनिक विद्यालयलाई पालिकामार्फत प्रस्तावको पेस गर्न अनुरोध गरेको छ। तोकिएका प्राथमिकताका क्षेत्र र सर्तभित्र रहेर विद्यालयले साउन २९ भित्र सम्बन्धित पालिकामा प्रस्ताव पेस गर्नुपर्नेछ। विगतमा राष्ट्रपति…