
२ दिन अघि मात्रै माध्यामिक शिक्षा परीषद कक्षा १० (एसईइ) २०७८ को परीक्षा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एसईई २०७८ को परीक्षामा प्राप्तांक (ग्रेड) चित्त नबुझे पुनर्योग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त…
सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बलमा रिक्त प्राविधिक समूह (स्वास्थ्यतर्फ) खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। आज (शुक्रबार) देखि भदौ १२ गतेसम्म आवेदन दिन सकिने प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ। प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) का लागि आवेदन…
राष्ट्रियसभाले नागरिकता ऐनको संशोधन विधेयक पारित गरेको छ। राष्ट्रियसभाको बिहीबार बसेकोे दोस्रो बैठकले प्रतिनिधिसभाबाट पारित भएर आएको विधेयक बहुमत ले पारित गरेको हो। राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरुको प्रश्नको जवाफ दिएका थिए। त्यसपछि बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ बहुमतले पारित गरेको हो। यसअघि, साउन ६ गते प्रतिनिधिसभाले यो विधेयक पारित गरेको…
सुनचाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ८ सय रुपैयाँका दरले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ छ।…
सयपत्री हाइड्रोपावर लिमिटेडले भोलि (शुक्रवार, साउन १३ गते)देखि आइपीओ निष्कासन गर्दैछ। कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो। यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१…
नेपाल धितोपत्र बोर्डले थप २ वटा कम्पनीलाई साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति दिएको छ। त्यस्तै, एक कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ। बोर्डले ९ साउनमा इस्टन हाइड्रोवार कम्पनी र १० साउनमा खप्तड लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो। इस्टन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि समेत गरी प्रतिकित्ता…
नेपाल टेलिकमले एसईईका विद्यार्थीहरूका लागि एसईई अफरसहितको नि:शुल्क सिम कार्ड उपलब्ध गराउँदैछ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट नि:शुल्क उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा अफरहरू उपलब्ध गराउने व्यवस्था गरिएको छ। नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, १ प्रति फोटो…
गृह मन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आम नागरिकमा अनुरोध गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गरी पछिल्लो समयमा भ्रमण भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको…
वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका आदिवासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा ‘आदिवासी महोत्सव–२०२२’ कार्यक्रम गर्ने भएको छ। महोत्सव अगस्टको १४ तारिकका दिन दुबई शहरस्थित बरदुबईको क्लब एभरेष्टमा हुनेछ। नेपाली दूतावास अबुधावीका राजदूत कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यमा महोत्सव हुने बताइएको छ। कार्यक्रममा आदिवासी जनजातिहरुको पुरातात्विक महत्व बोकेको…
संयुक्त अरब इमिरेट्स (यूएई) मा एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता हुने भएको छ। श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता युएईमा आयोजना हुने भएको हो। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप युएईमा स्थानान्तरण गरेको हो। टी–२० फम्र्याटमा आयोजना हुने एसिया कप निर्धारित समय अगस्ट…