Author Archive »

नेप्सेमा दोहोरो अंकले उच्च वृद्धि

कारोबारको पहिलो दिन आज (आइतबार) नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से आज ५४ दशमलव ५८ अंकले बढेर २ हजार १ सय ९५ दशमलव १० विन्दुमा पुगेको हो। आज फाइनान्स बाहेक सबै उपसमुहको शेयर उकालो लागेको छ । आज २ सय २० वटा कम्पनीको १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता…

अर्थमन्त्री शर्माले लिए शपथ

अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज (आइतबार) साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन्। चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि छानबिनको लागि २२ असारमा संसदीय समिति गठन भएको थियो। शर्माले त्यसै…

सुन चाँदीको मूल्य दिन प्रति दिन बढ्दै

सुन चाँदीको मूल्य दिनप्रति दिन बढ्न थालेको छ। हप्ताको पहिलो दिन आज (आइतबार) तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ। २ दिनअघि मात्रै (शुक्रबार) सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको थियो। यस्तै, चाँदीको भाउ पनि लगातार बढ्न थालेको छ। तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा…

प्रहरीका १३ जना एसपीको काज सरुवा, ४ जिल्लाका प्रमुख फेरिए

नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ। ४ जिल्लाका इन्चार्ज फेरिएका छन्। ज्ञानेन्द्रप्रसाद फुयाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा गरिएको छ। सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटका रमेश पण्डितलाई पठाइएको छ। सीआइबीमा कार्यरत श्यामकुमार महतोलाई ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा सरुवा गरिएको छ। सर्लाहीमा विवादित भएर तानिएका कृष्ण प्रसाईलाई…

खोटाङ भूकम्प : २ घर भत्किए, १७ घर चर्किए

खोटाङको साकेला गाउँपालिका ५ मात्तिमबिर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले ३ घर भत्किनुका साथै १७ घर चर्किएको जनाइएको छ। भूकम्पले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गंगा राई र हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको हो। भूकम्पले मात्तिमबिर्तामा १७ घर चर्किएको विवरण प्राप्त भएको खोटाङ जिल्ला प्रशासनले बताएको छ। प्रशासनका अनुसार…

खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गयो

पोखरा आसपासका क्षेत्रमा आज (आइतबार) बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो। राजधानी काठमाण्डौं उपत्यकामा पनि भूकम्पको ठूलो धक्का महसुर गरिएको समाचारहरुमा जनाइएको छ। खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा…

प्रेस सेन्टरमा पदाधिकारीको टुंगो, उपाध्यक्षमा २० र सचिवमा मात्रै २७ जना

महाधिवेशन भएको ९ महिनापछि प्रेस सेन्टरमा जिम्मेवारी बाँडफाँड गरिएको छ। नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको हिजो र आज काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले ६१ जनाको जम्बो पदाधिकारी चयन गरेको हो। जसमध्ये जम्बो २० जना उपाध्यक्षमा र २७ जना सचिव, १ महासचिव र १० जना उपमहासचिवमा चयन भएका छन्। महाधिवेशन भएको ९ महिनापछि…

एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। ‘सी’ वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्। राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको अन्नपूर्णलाई जानकारी दिएका हुन्।  

पोखराको पीसीएममा शिक्षक र कर्मचारीबीच मैत्रीपूर्ण फुटसल

पोखरा कलेज अफ म्यानेजमेन्टमा कार्यरत शिक्षक तथा कर्मचारीहरुबीच फुटसल प्रतियोगिता भएको छ। पोखरा फुटसल अरिना, गैरापाटनमा सम्पन्न प्रतियोगितामा प्रथम, दृतिय र तृतिय स्थान हासिल गर्ने टिमहरुलाई पुरस्कार समेत वितरण गरिएको छ। कलेजको प्राचार्य लिना नेगी श्रेष्ठ र निर्देशक प्राञ्जल कायस्थले मेडल र पुरस्कार प्रदान गरे। प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीमा राजकिरण छत्कुली, सर्वाधिक गोलकर्तामा निकेश कर्मचार्य र…

युआरएल स्याङ्जामा ट्राफिकको सित्तैमा मधुमेह परीक्षण

युआरएल स्याङ्जाले जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जामा कार्यरत ट्राफिक प्रहरीको सित्तैमा मधुमेह परीक्षण गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख मीनबहादुर क्षेत्रीसहित त्यहाँ कार्यरत सबै ट्राफिकको मधुमेह जाँच गरिएको युआरएल स्याङ्जाका ल्याब इन्चार्ज भूपेन्द्र रेग्मीले जानकारी दिएका छन्। युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक, चाउथे र शिशुवाबाट सेवा दिइरहेको छ। युआरएलले पोखराबाहिर लमजुङको…