
पोखरा । तीजको गीत ‘टिकटकमा’ को फिचरिङमा गायिका अनिता चलाउने, काउली बुढी र फुलन्देकी आमाले सेल्फी खिचेको तस्वीर बजारमा भाइरल बनेको छ । सुमधुर स्वरकी धनी गायिका अनिता चलाउनेको उक्त तीज गीत ‘टिकटकमा’ म्युजिक भिडियो हालैमात्र रिलिज गरिएको हो । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि अनिताले तीजको गीतलाई बजारमा आएकी हुन् । अनिताको स्वरमा रहेको…
पोखरा । हिमालय क्लव पोखरा १६, बाटुलेचौरले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पुरुष ह्याण्डबलतर्फ स्वर्ण र महिलातर्फ कास्य पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ । क्लबले एक कार्यक्रम आयोजना गरी खेलाडीहरुलाई सम्मान गरेको हो । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, कुमार खड्का, मेखलाल श्रेष्ठ, ईन्द्रधारा बिष्ट, नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ, क्लवका…
पोखरा । उपेन्द्र श्रेष्ठ र छबि सुवेदीको जोडीले पोखराको बगालेटोलस्थित सोंपाल तमु समाजमा आयोजित मिलिजुली कप मेन्स डबल्स ब्याडमिण्टन प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा शिव शर्मा र अमर महर्जनको जोडीलाई २१–१८ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपेन्द्र जोडीले उपाधि जितेको हो । प्रतियोगितामा नारायणहरि तिवारी र हेमकृष्ण श्रेष्ठ तथा दीपक मुल्मी र…
पोखरा । यस वर्षको तीजमा गायिका अम्बिका भण्डारीले ‘आँठा आँठा छेकेर’ बोलको गीत बजारमा ल्याएकी छन् । भण्डारीको लय, शब्द र स्वर रहेको गीतमा नृत्य भावना पन्त ‘सल्यानी’, कुलमाया क्षत्रीको छ । वर्षैपिच्छे नयाँ खालका तीज गीत ल्याउने भण्डारीको उक्त गीतलाई नमस्ते पोखराले हालैमात्र आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । गीतको भिडियो निर्देशन पोखराका…
पोखरा । गीतकार उमेस सिकेले रचना गरेको ‘मायालाई ढाकाको पछ्यौरी’ गीतको म्युजिक भिडियो विमोचन गरिएको छ । हार्मोनी: द मोडर्न सङस्ट्रेसेस अफ पोखराद्धारा शनिबार पोखरामा आयोजित कार्यक्रममा कवि तथा प्राज्ञ तीर्थ श्रेष्ठले म्युजिक भिडियोको विमोचन गरेका हुन् । पोखरेली गायक रामभक्त जोजिजूले गाएको गीतमा संगीतकार राजनराज सिवाकोटीले संगीत भरेका छन् । नेपाली सिने क्षेत्रकी चर्चित…
आयरल्यान्डसँगको एकमात्रै टेष्टमा घरेलु टोली इङ्ल्यान्ड १ सय ४३ रनले विजयी बनेको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १५ दशमलव ४ ओभरमा अल आउट हुँदै ३८ रनमा समेटिएको थियो । आयरल्यान्डका लागि ओपनर जेम्श म्याकुलमले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । आयरल्यान्डका १० ब्याट्सम्यानहरु दोहोरो अंकमा रन…
पोखरा । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी करातेको बन्द प्रशिक्षण सुरु भएको छ । बन्द प्रशिक्षणमा ८४ खेलाडी सहभागी छन् । प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पहिलो, दोश्रो र तेश्रो भएका खेलाडीलाई समावेश गरिएको हो । खेलाडीको अन्तिम चरणको छनोट ४५ दिनपछि हुनेछ । त्यसपछि पहिलो हुने…
पोखरा । नेपाली सुगम संगीतका गायक शिव परियारको ‘प्रेमको फूल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शिवको स्वरले भरिएको उक्त गीतलाई हालैमात्र सार्वजनिक गरिएको हो । प्रेममा धोका पाउँदाको पीडालाई गीतमा समेटिएको छ । आफूले माया गर्ने मान्छेले आँफैलाई घात गर्दाको कथालाई गीतमा प्रस्तुत गरिएको छ । ‘स्मृति’ एल्बममा समेटिएको उक्त गीतमा राजेश आचार्यको…
पोखरा । चलचित्र ‘साईनो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । चलचित्रको आइटम गीतमा अभिनेत्री नीता ढुंगाना, राज कुमार र राजा राजेन्द्रलाई फिचर्ड गरिएको छ । ‘क्या बात छ’ बोलको गीतमा यमन सुबेदीको शब्द, किरण भुषालको संगीत, मिना निरौलाको स्वर र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रमा नीता,…
पोखरा । त्रिकोणात्मक प्रेमकथामा आधारित नयाँ चलचित्र ‘रेनी’ ले ८ भदौ देखि प्रदर्शन मिति भेटाएको छ । यो चलचित्रको प्रदर्शन मितिसँगै फस्टलुकको रुपमा पोस्टर सार्वजनिक समेत गरिएको छ । यो फिल्म एक्सन, लभ र कमेडीका साथै सामाजिक सन्देशमूलक भएको निर्मात्री बिमला मल्लको दाबी छ । काठमाडौ उपत्यका तथा कुलेखानी खिचिएको यसको छायांकार जयराम थापा हुन्…