
ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको फाइनलमा स्थान बनाएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो। योसँगै ललितपुर लगातार दोस्रो पटक एनएसएलको फाइनलमा प्रवेश गरेको हो। अघिल्लो सिजन फाइनलमा धनगढीलाई नै हराउँदै ललितपुर च्याम्पियन बनेको थियो। ललितपुरलाई जीत दिलाउन केरभेन्स बेलफोर्ट र…
आइसीसी यु–१९ विश्वकप एशिया छनौटको चौथो तथा अन्तिम खेल रद्द हुँदा नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको छ। काठमाण्डौंको जोरपाटीस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा आज (शनिबार) विहान हुने तय भएको घरेलु टोली नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल रद्द भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो। यससँगै, अफगानिस्तानले विश्वकपमा स्थान बनाएको छ। वर्षाका कारण खेल…
कमला पन्थी, संचारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छिन्। संचारिका समूहको नवौं महाधिवेशनले पन्थीलाई अध्यक्षमा निर्वाचित गरेको हो। महाधिवेशनको निर्वाचनमा पन्थीले १४९ मत ल्याएर निर्वाचित बनेकी हुन्। अध्यक्षकी अर्की प्रत्यासी पवित्रा सुनाले ८७ मत ल्याइन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला १२८ मतसहित निर्वाचित बनिन्। उपाध्यक्षकी अर्की प्रतिस्पर्धी लोग्सरी कुँवरले १०० मत…
गण्डकी हिरोज, दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लबस्तरीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। भदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सीइसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी हिरोज च्याम्पियन बनेको हो। च्याम्पियन गण्डकीले १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।…
नेपाल सुपर लिगको तेस्रो संस्करणमा चितवन एफसी पनि प्लेअफमा स्थान बनाएको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको लिगको अन्तिम खेलमा धनगढी एफसीमाथि ३–१ को जीत निकाल्दै चितवनले प्ले–अफमा स्थानमा बनाएको हो। एफसी चितवन पहिलो पटक प्ले–अफमा पुगेको हो। यसअघिका दुवै संस्करणमा चितवन समूह चरणबाटै बाहिरिएको थियो। यो जीतपछि १० अंकसहित चितवन तेस्रो हुँदै प्ले–अफमा पुगेको…
झापा एफसी, नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताअन्तर्गत ललितपुर सिटी एफसीसँग बराबरी खेलेसँगै झापा बाहिरिएको हो। काठमाण्डौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा झापा र ललितपुरको टोलिले १–१ को खेल बराबरीमा सकिएको थियो। यस खेलसँगै ६ खेलबाट १२ अंक जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ। जीतविहीन बनेको झापाले समान खेलबाट ५ अंकका…
आइसीसी यु–१९ को विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो जीत निकालेको छ। काठमाण्डौंको जोरपाटीस्थित तल्लो मूलपानी मैदानमा आज (बुधबार) भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो। हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर १२ ओभर ३ बलमै भेट्टायो। नेपालका शाहिल पटेलले सर्वाधिक ४२ रन बनाए। कप्तान नरेन भट्टले ३९ रन थपे। निरजकुमार यादवले…
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्स प्ले–अफमा पुगेको छ। बुटवल लुम्बिनी एफसीलाई हराएसँगै पोखरा थन्डर्स प्ले–अफमा पुगेको हो। लिग चरणको अन्तिम खेलमा जीत निकाल्दै पोखरा एनएसएलको प्ले–अफमा प्रवेश गरेको हो। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (मंगलबार) भएको खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो। पोखराले ६ खेलबाट ८ अंक जोडेको छ। पराजित बुटवल भने…
अब, सामाजिक सुरक्षा योजनामा अस्थायी, करार कर्मचारीहरु सहभागी हुन पाउने अवसर उपलब्ध हुँदैछ। सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका हुन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ। सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय…
धनगढी एफसी नेपाल सुपर लिगको क्वालिफायरमा प्रवेश गरेको छ। झापा एफसीलाई १–० ले पराजित गर्दैै धनगढी १ खेल बाँकी छँदै क्वालिफायरमा प्रवेश गरेको हो। प्रतियोगिताको लिगचरण अन्तर्गतको ५ खेलबाट धनगढी ११ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान ११ अंक नै भएको ललितपुर सिटी एफसी दोस्रो स्थानमा छ। अब क्वालिफायर १ मा धनगढी र ललितपुर खेल्ने…