Author Archive »

‘प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छ’

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गंभीर बन्नुपर्ने औंल्याएका छन्। आठौं राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको पूर्वसन्ध्यामा कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्कीले आयोजना गरेको ‘डिजिटल ट्रान्सफर्मेशन: साइबर सेक्युरिटी एण्ड एआई’ विषयक सेमिनारमा प्रमुख अतिथि रहेका भट्टले उल्लेख गरे, ‘प्रविधिको प्रयोग गर्दा साइबर सुरक्षाको खतरा पनि उत्तिकै छ।’ सूचना प्रविधिको…

फोनिज कास्कीले गर्‍यो, नयाँ वर्ष–२०८२ को शुभकामना आदान–प्रदान

नेपाल आदिवसी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाले नयाँ वर्ष–२०८२ को शुभकामना आदान–प्रदान तथा बधाई कार्यक्रम गरेको छ। फोनिज कास्कीको आयोजनामा आज (बुधबार) पोखरामा आयोजना गरिएको नयाँ वर्ष–२०८२ को अवसरमा ‘समावेशी लोकतनत्रको आधार, पूर्ण समाबेशी संचार’ विषयक शुभकामना आदान–प्रदान तथा बधाई कार्यक्रमको अवसरमा वक्ताहरुले आ–आफ्नो भनाइ राखे। शाखाका सल्लाहकार तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर…

नवौं पोखरा स्पोर्ट्स अवार्डका लागि ४ विद्यामा मनोनयन सार्वजनिक

‘नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ। बुधबार पोखराको लेकसाइडस्थित बुमर्‍याङ रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा स्पोर्ट्स अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलनमार्फत सार्वजनिक गरेको हो। अवार्ड अन्तरगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका मनोनयनमा…

पोखराका आयुष एनएसएलका ‘सर्वोत्कृष्ट खेलाडी’, प्रिसो ‘उत्कृष्ट गोलरक्षक’

पोखरा थन्डर्सका कप्तान आयुष घलान नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। यस सिजनको सुपर लिगमा सर्वोत्कृष्ट खेलाडी बनेसँगै आयुषले २ लाख ५० हजार पुरस्कार जितेका छन्। आयुषकै कप्तानीमा पोखरा थन्डर्सले यस सिजनको नेपाल सुपर लिग फुटबलको फाइनलसम्म यात्रा तय गरेको थियो। लिग चरणको सुरुवाती २ खेल हारेपनि कप्तान आयुषको…

ललितपुर सिटी एफसी, दोस्रो पटक नेपाल सुपर लिगको च्याम्पियन

ललितपुर सिटी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको च्याम्पियन बनेको छ। काठमाण्डौंको दशरथ रंगशालामा आज (शनिबार) भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले लगातार एनएसएलको उपाधि उठायो। यस सिजनको सुपर लिगमा ललितपुरले अपराजित रहँदै उपाधि जित्न सफल बन्यो। उपाधि विजेता ललितपुरले उपाधिसहित ८० लाख रुपैयाँ पुरस्कार…

‘डिजिटलीकरण युगको अग्रमोर्चामा सधैँ प्रेस सेन्टर नेपाल’

नेकपा माओबादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले प्रेस सेन्टर नेपाललाई डिजिटलीकरण युगको अग्रमोर्चामा रहँदै आएको बताएका छन्। प्रेस सेन्टर नेपालको नयाँ कार्यसमितिको सपथ ग्रहण र पद हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ‘प्रचण्ड’ ले भने, ‘वर्तमान समयको डिजिटलीकरण युगमा प्रेस सेन्टर नेपाल सधैँ अग्रमोर्चामा उभिएको छ।’ जनयुद्धको कठिन समयमा जनमुक्ति सेनाले निभाएको भूमिकालाई ‘प्रचण्ड’ ले स्मरण गरे। उनले शान्ति…

विभागीय डर्बीमा एपीएफ क्लब लुम्बिनी कपको च्याम्पियन

विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। अर्को विभागीय नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि उचाल्यो। इञ्जुरी समयमा गीता रानाको हेडर गोल नै एपीएफलाई बिजयी बनाउन सफल भयो। ८ टोली सहभागी प्रतियोगिताको विजेता एपीएफले ५…

‘नेपाली समाजले फोटो पत्रकारिताको महत्व बुझेको छ’

सभामुख देवराज घिमिरेले नेपाली समाजले फोटो पत्रकारिताको महत्व बुझेको बताएका छन्। राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले शनिवार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। सभामुख घिमिरेले भने, ‘मिडियाको महत्व नबुझ्ने समाजबाट अहिले फोटो पत्रकारिताको महत्व बुझ्ने ठाउँमा आइपुगेको छ।’ उनले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने…

यो वर्ष, ८ विधामा राष्ट्रिय फोटो पत्रकारिताको पुरस्कार वितरण

विभिन्न ८ विधामा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड वितरण गरिएको छ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपीजे) नेपालद्वारा आयोजित ‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ कार्यक्रममा उत्कृष्ट फोटो पत्रकारहरुलाई सम्मान गरिएको हो। ललितपुरमा आज (शनिबार) आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख देवराज घिमिरे र विशेष अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कालगायतले ८ विधामा उत्कृष्ट फोटो…

पोखरामा प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर हुँदै

पोखरामा भोलि (शनिबार) प्रतिरक्षा तथा बाल बाथरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम हुँदैछ। पोखरा महानगरपालिका–९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा उक्त कार्यक्रम हुने भएको हो। पोखरामा (शुक्रबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो। पोखरा–९, नयाँबजारस्थित (बृहस्पति पेट्रोल पम्प ठीक अगाडि) संचालनमा आउँदै…