
सर्वोच्च अदालतले रवि लामिछानेको थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ। पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा आज (आइतबार) न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश जारी गरेको हो। सुप्रिम सहकारी बचत अपचलन मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि…
आइसीसी यु–१९ को विश्वकप एशिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। काठमाण्डौंको जोरपाटीस्थित मूलपानी क्रिकेट मैदानमा आज (आइतबार) भएको खेलमा नेपालले युएईलाई डीएलएस मेथडका आधारमा ५ रनले हराएको हो। नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको अवस्थामा खेल खराब प्रकाशका कारण रोकिएको हो। त्यसपछि, खेल सुरू हुन…
लक्की चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। लुम्बिनीमा सम्पन्न फोनिजको आठौं संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्। अध्यक्षका अर्का दावेदार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी अध्यक्षमा सर्वसम्मत् निर्वाचित भएका हुन्। चौधरी, गोरखापत्र अनलाइनका निमित्त सम्पादक पदमा कार्यरत छन्। धनगढी–५, कैलाली निवासी चौधरी विगत १६ वर्षदेखि…
४ देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ। हङकङको मिसन रोड क्रिकेट मैदानमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा १७१ रन बनाउँदा सबै विकेट गुमायो। नेपालका बसिर अहमदले सर्वाधिक ८० रन बनाए। नन्दन यादवले ३७ रन जोडे। नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको…
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी शीर्ष स्थानमा उक्लिएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) भएको दोश्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई हराएपछि ललितपुर लिगको शीर्ष स्थानमा उक्लिएको हो। ललितपुरले बुटवललाई २–० गोलले हराएको हो। ललितपुरका लागि अनन्त तामाङ र सन्तोष कार्कीले १/१ गोल गरे। २३ औं मिनेटमा अनन्तले गोल गर्दै ललितपुरलाई सुरुआती…
नेपाली काँग्रेस केन्द्रीय सदस्य उदयशम्शेर जबराले अन्य दक्षिण एशियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रहेको औंल्याएका छन्। नेपाल पत्रकार मञ्चको आज (शनिबार) ललितपुरमा आयोजित सातौँ महाधिवेशनको उदघाटन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका जबराले भने, ‘नेपाली मिडिया समाजका पहरेदारका रूपमा क्रियाशील रहेकोमा त्यसको सराहना गर्दछु।’ नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारको हकहितका लागि…
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पोखरा थन्डर्स र झापा एफसीले बराबरी खेलेका छन्। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा पोखरा थन्डोर्स र झापा एफसीले १–१ गोलको बराबरी खेल्दै समान १/१ अंक बाँडेका छन्। दुबै टोलीले दोस्रो हाफमा १–१ गोल गरेका हुन्। पोखराका लागि स्टेफेन समिर बिनोङले गोल गरे। झापाका लागि लाजार आर्सिकले गोल…
पर्यटकीय शहर पोखरामा २० औँ संस्करणको ‘फेवा नव वर्ष महोत्सव–२०८२’ सुरु भएको छ। होटल संघ पोखराले आयोजना गरेको ‘फेवा महोत्सव’ आगामी बैशाख १ गतेसम्म चल्नेछ। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा लेकसाइडस्थित अम्मोटमा महोत्सवको उद्घाटन गरेका हुन्। त्यसअघि, खहरे ड्यामसाइडबाट निकालिएको झाँकीसहितको र्याली महोत्सवस्थल अम्मोटमा पुगेको थियो। ‘फेवा महोत्सव’ अवधिभर पोखरामा आउने पर्यटकका लागि लक्षित…
४ देशीय टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन्। हङकङमा भइरहेको टी–२० श्रृंखलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज (शनिबार) नेपाल र घरेलु हङकङबीचको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे। नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो। लिग चरणको ३ खेलमा २ जीत र १ खेल नतिजाविहिन भएपछि नेपाल…
काठमाण्डौं, तीनकुनेको हिंसात्मक घटनापछि फरार रहेका राजावादी अभियन्ता दुर्गा प्रसाइँलाई प्रहरीले झापाको भद्रपुर नाकाबाट पक्राउ गरेको छ। नेपाल प्रहरीले प्रसाइँलाई नेपाल–भारतको सीमा नाकाबाट पक्राउ गरेको जनाएपनि यसअघि, भारतीय प्रहरीले प्रसाइँलाई आसामबाट पक्राउ गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रसाइँलाई भारतको आसाम राज्यस्थित धनसिरीपुर ठाडालाइन क्षेत्रबाट बिहीबार पक्राउ गरिएको हो। प्रसाइँलाई भारतको आसामस्थित एक नेपाली भाषीको…