Author Archive »

पोखरामा आज गठबन्धनको संयुक्त कार्यकर्ता भेला

पोखरामा आज (शुक्रबार) सत्ता गठबन्धनको संयुक्त कार्यकर्ता भेला हुँदैछ। भेलामा गठबन्धन दलका नेताहरुले कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालले प्रशिक्षण दिने कार्यक्रम तयार भएको काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताएका छन्। पोखरा सभागृहको हलमा शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई…

सकियो नवौं राष्ट्रिय खेलकुद, दशौं राष्ट्रिय खेलकुद कर्णालीमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। औपचारिक रुपमा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म संचालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भब्य रुपमा सफलताका साथ सम्पन्न भएको छ। गण्डकी प्रदेशका ८ जिल्लामा आयोजना गरिएको नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गरेका हुन्। अब, दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।…

नवौं राष्ट्रिय खेलकुद: ३७१ पदकसहित आर्मी च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय आर्मी च्याम्पियन बनेको छ। आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्य गरी कूल ३७१ पदक जित्दै राष्ट्रिय खेलकुदमा च्याम्पियन बन्न सफल भएको हो। अर्को विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ६५ स्वर्ण, ७२ रजत ८२ कास्य पदकसहित कूल २१९ पदक जित्दै दोस्रो स्थानमा रह्यो। त्यस्तै, अर्को विभागीय नेपाल पुलिस…

राष्ट्रिय खेलकुद: सडनडेथमा आर्मीलाई हराउँदै पुरुष फुटबलमा एपीएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा विभागीय एपीएफ क्लबले आर्मीलाई सडनडेथमा हराउँदै स्वर्ण पदक जितेको छ। आर्मीले रजत पदकमा चित्त बुझायो। गण्डकी प्रदेशले कास्य पदक पायो। पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको थियो। ३० मिनेटको अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा…

राष्ट्रिय खेलकुद: कबड्डीमा महिला/पुरुष दुबैतर्फ आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ। बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो। पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लवले उपविजेता बन्दै रजत पदकमा चित्त बुझाए। प्रतियोगितामा पुरुषतर्फ…

राष्ट्रिय खेलकुद: जुडोमा आर्मी टिम च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लव च्याम्पियन बनेको छ। आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्यम्पीयन भएको हो। आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ स्वर्ण पदक दिलाए भने पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते। टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ। नेपाल पुलिस क्लवले पुरुषतर्फ ४ र महिलातर्फ…

राष्ट्रिय खेलकुद: उसुमा सेनालाई १२, सशस्त्रलाई ९ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत उसु खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरी बलको एपीएफ क्लवका खेलाडी हाबी भएका छन्। आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ। विभागीय पुलिसले १ स्वर्ण, ३ रजत र ९ कास्की पदक…

राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपीएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितमा सशस्त्र प्रहरी बलको एपीएफले स्वर्ण जितेको छ। वालिङ खेल मैदानमा आज (बिहिबार) भएको फाइनल खेलमा अर्को विभागीय नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो। खेलको १० औँ मिनेटमा एपीएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेर टोलीलाई अगाडी बढाएकी थिइन्। खेलकोे ५२ मिनेटमा सावित्राले…

राष्ट्रिय खेलकुद: पुरुष हक्कीमा आर्मीलाई स्वर्ण, गण्डकीलाई कास्य

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीको फाइनलमा विभागीय नेपाल आर्मी विजयी भएको छ। हेम्जाको गौरीशंकर खेलमैदानमा विहीबार सम्पन्न फाइनलको टाइब्रेकरमा नेपाल आर्मी २–१ गोल अन्तरले विजयी भएको हो। खेल अवधिभर कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइबे्रकरमा आर्मीका रोशन चौधरी र प्रदीप राजवंशीले गोल गरे। यता, नेपाल पुलिसको तर्फबाट नविन…

राष्ट्रिय खेलकुद: पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्क्वास खेलमा पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ। पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा विहीबार सम्पन्न फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिन्हालाई ११–८, ११–६ र ११–८ अंकले पछि पार्दै ३–० को सोझो सेटमा पराजित गर्दा गण्डकीका दीपक थापाले वागमतीका अमिर ब्लोनलाई ११–७, १३–११ र ११–३ अंकले पछि…